Jump to content

Page:Shakuntala.pdf/316: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
<poem>
<poem>
खुल्यो फेरि आकाश नीलो उज्यालो ।
खुल्यो फेरि आकाश नीलो उज्यालो ।
सफा घोइएको कलनीलो बनेर ॥
::सफा धोइएको कलीलो बनेर ॥
तुवाँलो पखाली मुनामञ्जरीमा ।
तुवाँलो पखाली मुनामञ्जरीमा ।
हरा रञङ्ज ताजा रसीलो गरेर ॥
::हरा रङ्ग ताजा रसीलो गरेर ॥
{{pcn|(१)}}
{{pcn|(१)}}


हट्यो दुर फद्कारिई मेघमाला ।
हट्यो दूर फट्कारिई मेघमाला ।
सफा घामलाई कलीलो गरेर ॥
::सफा घामलाई कलीलो गरेर ॥
हवा शीतलो नन्छ अल्छी विलासी ।
हवा शीतलो बन्छ अल्छी विलासी ।
'कसो भो ?' भनी पालुवामा चुमेर ॥
::'कसो भो ?' भनी पालुवामा चुमेर ॥
{{pcn|(२)}}
{{pcn|(२)}}


कुनै घोइएको सफा चित्रतुल्य ।
कुनै धोइएको सफा चित्रतुल्य ।
भयो दृश्य त्यो रूप टबढ्कारिएर
::भयो दृश्य त्यो रूप टड्कारिएर
थिए शैल नाला सफा दूर-देखा ।
थिए शैल नाला सफा दूर-देखा ।
थिए सूर्य बिता उँचा साँझनेर ॥
::थिए सूर्य बित्ता उँचा साँझनेर ॥
{{pcn|(३)}}
{{pcn|(३)}}


कतै झल्किएका थिए बुँद झरझर्‌
कतै झल्किएका थिए बूँद झर्झर्‌
हरा पात हिल्दा फुटी रङ्ग धेर ॥
::हरा पात हिल्दा फुटी रङ्ग धेर ॥
मुना बालजस्ता नुहाएर नाच्थै
मुना बालजस्ता नुहाएर नाच्थे
थिए ती कलीला हरा रङ्गले'र ॥
::थिए ती कलीला हरा रङ्गले'र ॥
{{pcn|(४)}}
{{pcn|(४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:53, 30 May 2025

This page has been proofread
द्वाविंशतितम सर्ग

खुल्यो फेरि आकाश नीलो उज्यालो ।
सफा धोइएको कलीलो बनेर ॥
तुवाँलो पखाली मुनामञ्जरीमा ।
हरा रङ्ग ताजा रसीलो गरेर ॥
(१)

हट्यो दूर फट्कारिई मेघमाला ।
सफा घामलाई कलीलो गरेर ॥
हवा शीतलो बन्छ अल्छी विलासी ।
'कसो भो ?' भनी पालुवामा चुमेर ॥
(२)

कुनै धोइएको सफा चित्रतुल्य ।
भयो दृश्य त्यो रूप टड्कारिएर ॥
थिए शैल नाला सफा दूर-देखा ।
थिए सूर्य बित्ता उँचा साँझनेर ॥
(३)

कतै झल्किएका थिए बूँद झर्झर्‌ ।
हरा पात हिल्दा फुटी रङ्ग धेर ॥
मुना बालजस्ता नुहाएर नाच्थे ।
थिए ती कलीला हरा रङ्गले'र ॥
(४)