Page:Ritubichar.pdf/67: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
{{pcn|८}} | {{pcn|८}} | ||
हिमका बहुतै साना परमाणु हवा-भरी । | हिमका बहुतै साना परमाणु हवा-भरी । | ||
मिलेका छन् | मिलेका छन् करौँतीका तीखा दन्त-शिखा-सरी ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
Line 14: | Line 14: | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
रोमाञ्च शिशिरैमा | रोमाञ्च शिशिरैमा झैँ सर्वदा उठने भये । | ||
सब मानिस दुम्सी | सब मानिस दुम्सी झैँ काँटादार हुने थिये ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
Line 27: | Line 27: | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू । | हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू । | ||
अघिको आफनू चाल छोडिदिन्छ कठै! मुटू ॥ | अघिको आफनू चाल छोडिदिन्छ कठै ! मुटू ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
Line 34: | Line 34: | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
आयो शिशिर- | आयो शिशिर-भैँचालो कमाई लोक थर्थरी । | ||
सफा सु-घरका गाला चिरिये सब चर्चरी ? | सफा सु-घरका गाला चिरिये सब चर्चरी ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:16, 25 May 2025
This page has been validated
७
दुर्भाग्य-चक्रले तुल्य शरीरै चर्चरी चिरी ।
हावा शिशिरको घुम्छ लगातार सिरीसिरी ॥
८
हिमका बहुतै साना परमाणु हवा-भरी ।
मिलेका छन् करौँतीका तीखा दन्त-शिखा-सरी ॥
९
हुर्र-हुर्र चिसो हावा हुर्हुरायेर आउँछ ।
जुरुङ्ग भै सबै अङ्ग उसले जुर्जुराउँछ ॥
१०
रोमाञ्च शिशिरैमा झैँ सर्वदा उठने भये ।
सब मानिस दुम्सी झैँ काँटादार हुने थिये ॥
११
कडा बतासले जाडो जागेको छ घरी-घरी ।
जन-सङ्गतिले कच्चा योगीको वासना-सरी ॥
१२
भू-कम्प-कालको रङ्ग पापी शिशिर ल्याउँछ ।
बस्ताबस्तै पनी तेसै देह यो डग्डगाउँछ ॥
१३
हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू ।
अघिको आफनू चाल छोडिदिन्छ कठै ! मुटू ॥
१४
घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो गरी ।
भू-कम्प-कालमा अग्ला कौसी बुर्जाहरू-सरी ॥
१५
आयो शिशिर-भैँचालो कमाई लोक थर्थरी ।
सफा सु-घरका गाला चिरिये सब चर्चरी ?