Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/233: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(१६)}}
बाली वैश्वानर विरहको छट्पटीको कह्राई
::राखी उस्का उपर, घिउझैँ चित्त यो कट्कटाई ।
कस्का निम्ती किन छिनछिनै कल्पनाका बतासा
::हाल्छे झिक्छे मलिनवदना एकली यो दुराशा ??


{{pcn|(१७)}}
सम्झीसम्झीकन जुन महामञ्जु आलोक सत्ता
::कल्पेको छू पलपल कठै ! त्यो छ सारा बिपत्ता ।
उल्टो काला रजनिचरका पर्दछन्‌ मूर्ति देखा
::कस्तो कालो नियति-गतिको खेल वा कर्मरेखा ??
{{pcn|(१८)}}
कैले छाया घन-तिमिरमा भूतका भाँतिभाँति
::कैले भोको विकट नर-कङ्कालको चल्छ ताँती ।
कैले ऐँठी तन मन सबै अक्कडिन्छन्‌ पिचाश
::कैले चर्को श्रवण-पुटमा प्रेतको अट्टहास ॥
{{pcn|(१९)}}
देख्दा त्यस्ता रजनिचरका लास्य-लीला अनेक
::काँप्छन्‌ सारा अवयव कठै ! भाग्छ टाढा विवेक ।
शङ्का-सुर्तासहित भयको उग्र तूफान चल्छ
::जस्तै मेरो पलपल सबै जीवनी-शक्ति गल्छ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:40, 18 May 2025

This page has not been proofread

(१६)
बाली वैश्वानर विरहको छट्पटीको कह्राई
राखी उस्का उपर, घिउझैँ चित्त यो कट्कटाई ।
कस्का निम्ती किन छिनछिनै कल्पनाका बतासा
हाल्छे झिक्छे मलिनवदना एकली यो दुराशा ??

(१७)
सम्झीसम्झीकन जुन महामञ्जु आलोक सत्ता
कल्पेको छू पलपल कठै ! त्यो छ सारा बिपत्ता ।
उल्टो काला रजनिचरका पर्दछन्‌ मूर्ति देखा
कस्तो कालो नियति-गतिको खेल वा कर्मरेखा ??

(१८)
कैले छाया घन-तिमिरमा भूतका भाँतिभाँति
कैले भोको विकट नर-कङ्कालको चल्छ ताँती ।
कैले ऐँठी तन मन सबै अक्कडिन्छन्‌ पिचाश
कैले चर्को श्रवण-पुटमा प्रेतको अट्टहास ॥

(१९)
देख्दा त्यस्ता रजनिचरका लास्य-लीला अनेक
काँप्छन्‌ सारा अवयव कठै ! भाग्छ टाढा विवेक ।
शङ्का-सुर्तासहित भयको उग्र तूफान चल्छ
जस्तै मेरो पलपल सबै जीवनी-शक्ति गल्छ ॥