Page:Shakuntala.pdf/248: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मेरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा ! | |||
::जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥ | ::जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥ | ||
बाँडी मेरा सुख-दुख भरी भाव, सम्झे मलाई । | |||
::तिम्रो प्यारो दिलसँग | ::तिम्रो प्यारो दिलसँग रुँदै लिन्छु मैले बिदाइ ॥ | ||
{{pcn|(६७)}} | {{pcn|(६७)}} | ||
" | "बिर्सिन्छ्यौ के भनन पर भै कामिनी-कञ्ज शोभा ? | ||
::तिम्रो फुल्ला समय | ::तिम्रो फुल्ला समय सुखले गन्ध शृङ्गार पाई ॥ | ||
मस्ती मीठो पिककन | मस्ती मीठो पिककन हुँदा शब्दमा मस्त बन्दी । | ||
::रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥" | ::रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥" | ||
{{pcn|(६८)}} | {{pcn|(६८)}} | ||
"बढ्दै जाला | "बढ्दै जाला रस रँग यहाँ बागमा घाम पाई । | ||
::चढ्दै जाला तर शिशिरको | ::चढ्दै जाला तर शिशिरको श्वास मात्रै मलाई ॥ | ||
उड्दै जाला विहग सरका बासमा मस्त | उड्दै जाला विहग सरका बासमा मस्त बोली । | ||
::आजैसम्मन् सुख नजरमा, | ::आजैसम्मन् सुख नजरमा, दुःखको हुन्छ भोलि ॥ | ||
{{pcn|(६९)}} | {{pcn|(६९)}} | ||
बोली मीठा हृदय भरिने | बोली मीठा हृदय भरिने पङ्खले चारु गर्छन् । | ||
::आशा जस्ता | ::आशा जस्ता कुसुम ऋतुका शब्द झैं भै विचर्छन् ॥ | ||
न्यानो होला स्वर | न्यानो होला स्वर रँग घुसी बास पाई नवीन । | ||
::यौटी | ::यौटी दुःखी परतिर बसी खालि रौली मलीन ॥ | ||
{{pcn|(७०)}} | {{pcn|(७०)}} | ||
यस्तो प्यारो उपवन हरा एक | यस्तो प्यारो उपवन हरा एक यो स्वर्ग मेरो । | ||
::क्रीडाभूमि प्रकृति-सुखको दौलती | ::क्रीडाभूमि प्रकृति-सुखको दौलती दिव्य फेरि ॥ | ||
मेरो आफ्नो | मेरो आफ्नो तनुसँग सदा वृद्धि पाईरहेको । | ||
::बोल्दा चल्दा | ::बोल्दा चल्दा सुखमय सबै पर्ण पन्छी भएको ॥ | ||
{{pcn|(७१)}} | {{pcn|(७१)}} | ||
यो पन्नाका जगत, सुखको रत्न, सौगन्ध हीरा । | |||
::यो गानाको उपवन हरा, | ::यो गानाको उपवन हरा, गुञ्जिने पुष्पवाणी ॥ | ||
मीठो शोभा | मीठो शोभा बहुल रँगका, वायुको यो हवेली । | ||
::यो छाया यो छवि पर हुँदा दुःख | ::यो छाया यो छवि पर हुँदा दुःख झैं हुन्छ भोलि ॥ | ||
{{pcn|(७२)}} | {{pcn|(७२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:26, 18 May 2025
मेरा प्यारा सखि विपिनका वल्लरी वृक्ष सारा !
जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा ॥
बाँडी मेरा सुख-दुख भरी भाव, सम्झे मलाई ।
तिम्रो प्यारो दिलसँग रुँदै लिन्छु मैले बिदाइ ॥
(६७)
"बिर्सिन्छ्यौ के भनन पर भै कामिनी-कञ्ज शोभा ?
तिम्रो फुल्ला समय सुखले गन्ध शृङ्गार पाई ॥
मस्ती मीठो पिककन हुँदा शब्दमा मस्त बन्दी ।
रानी ह्वौली मधुर महिमा छर्न तिम्रो सुगन्धी ॥"
(६८)
"बढ्दै जाला रस रँग यहाँ बागमा घाम पाई ।
चढ्दै जाला तर शिशिरको श्वास मात्रै मलाई ॥
उड्दै जाला विहग सरका बासमा मस्त बोली ।
आजैसम्मन् सुख नजरमा, दुःखको हुन्छ भोलि ॥
(६९)
बोली मीठा हृदय भरिने पङ्खले चारु गर्छन् ।
आशा जस्ता कुसुम ऋतुका शब्द झैं भै विचर्छन् ॥
न्यानो होला स्वर रँग घुसी बास पाई नवीन ।
यौटी दुःखी परतिर बसी खालि रौली मलीन ॥
(७०)
यस्तो प्यारो उपवन हरा एक यो स्वर्ग मेरो ।
क्रीडाभूमि प्रकृति-सुखको दौलती दिव्य फेरि ॥
मेरो आफ्नो तनुसँग सदा वृद्धि पाईरहेको ।
बोल्दा चल्दा सुखमय सबै पर्ण पन्छी भएको ॥
(७१)
यो पन्नाका जगत, सुखको रत्न, सौगन्ध हीरा ।
यो गानाको उपवन हरा, गुञ्जिने पुष्पवाणी ॥
मीठो शोभा बहुल रँगका, वायुको यो हवेली ।
यो छाया यो छवि पर हुँदा दुःख झैं हुन्छ भोलि ॥
(७२)