Page:Shakuntala.pdf/234: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
आत्मा लगेर परदेश प्रकाशभित्र । | आत्मा लगेर परदेश प्रकाशभित्र । | ||
ती देख्दछिन् प्रिय सजीव गरेर राजा ॥ | ::ती देख्दछिन् प्रिय सजीव गरेर राजा ॥ | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
देखिन् बडो महल, बाग विचित्र झल्ल । | देखिन् बडो महल, बाग विचित्र झल्ल । | ||
कारीगरी मधुर मन्दिर | ::कारीगरी मधुर मन्दिर देवका झैं ॥ | ||
जोडेर मन्दिर अनेक बने समान । | जोडेर मन्दिर अनेक बने समान । | ||
::बुट्टा अनेक रँग-शिल्पित, स्वर्णचूड ॥ | |||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
शूगा रटेर पिँजरा सुनका खुलेका । | |||
बत्ती सुवाससित झल्मल झैं बनेका ॥ | ::बत्ती सुवाससित झल्मल झैं बनेका ॥ | ||
माछा सुवर्णरँग पुष्करिणी सिँगार । | माछा सुवर्णरँग पुष्करिणी सिँगार । | ||
::गद्दी रहेछ अनि बल्न दुवै तयार ॥ | |||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
माला | माला धरी विजयको तरवारसाथ । | ||
श्रीपेच धप्धप मनोहर बीच माथ ॥ | ::श्रीपेच धप्धप मनोहर बीच माथ ॥ | ||
राजा | राजा प्रसन्न-मुख सुस्त नजीक आई । | ||
भन्छन् 'अहो ! बहुत काम भई मलाई ॥ | ::भन्छन् 'अहो ! बहुत काम भई मलाई ॥ | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
बिर्सेछु धेर दिनसम्म नमान दिक्क ।' | |||
::रूँ रूँ भएछ तब घुँक्क गरेर सम्झी ॥ | |||
लामो वियोग अघिको, दिल आर्त बन्दा । | लामो वियोग अघिको, दिल आर्त बन्दा । | ||
फर्किन् फरक्क दृग अञ्चलले पुछेर ॥ | ::फर्किन् फरक्क दृग अञ्चलले पुछेर ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
आफ्नो दशा हृदयको त्यसरी बताई । | |||
::'के के भयो त्यस जगत्तिर' झैं भनेर ॥ | |||
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी । | खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी । | ||
आँखा जलैजल बनीकन झर्र झर्दिन् ॥ | ::आँखा जलैजल बनीकन झर्र झर्दिन् ॥ | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
ती भूपले 'अन नमानन दुःख प्यारी ! | ती भूपले 'अन नमानन दुःख प्यारी ! | ||
माफी दिए मकन | ::माफी दिए मकन क्रूर भएछु भारी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 15:24, 18 May 2025
आत्मा लगेर परदेश प्रकाशभित्र ।
ती देख्दछिन् प्रिय सजीव गरेर राजा ॥
(४६)
देखिन् बडो महल, बाग विचित्र झल्ल ।
कारीगरी मधुर मन्दिर देवका झैं ॥
जोडेर मन्दिर अनेक बने समान ।
बुट्टा अनेक रँग-शिल्पित, स्वर्णचूड ॥
(४७)
शूगा रटेर पिँजरा सुनका खुलेका ।
बत्ती सुवाससित झल्मल झैं बनेका ॥
माछा सुवर्णरँग पुष्करिणी सिँगार ।
गद्दी रहेछ अनि बल्न दुवै तयार ॥
(४८)
माला धरी विजयको तरवारसाथ ।
श्रीपेच धप्धप मनोहर बीच माथ ॥
राजा प्रसन्न-मुख सुस्त नजीक आई ।
भन्छन् 'अहो ! बहुत काम भई मलाई ॥
(४९)
बिर्सेछु धेर दिनसम्म नमान दिक्क ।'
रूँ रूँ भएछ तब घुँक्क गरेर सम्झी ॥
लामो वियोग अघिको, दिल आर्त बन्दा ।
फर्किन् फरक्क दृग अञ्चलले पुछेर ॥
(५०)
आफ्नो दशा हृदयको त्यसरी बताई ।
'के के भयो त्यस जगत्तिर' झैं भनेर ॥
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी ।
आँखा जलैजल बनीकन झर्र झर्दिन् ॥
(५१)
ती भूपले 'अन नमानन दुःख प्यारी !
माफी दिए मकन क्रूर भएछु भारी ॥