Page:Shakuntala.pdf/212: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
उषाका | उषाका झ्यालैमा दिनकर गई स्वर्ण करले । | ||
त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥ | ::त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥ | ||
बने पोका राम्रा जलद रँगका व्योमतलमा । | बने पोका राम्रा जलद रँगका व्योमतलमा । | ||
गवैया | ::गवैया पङ्खीका हृदय पनि पारी छिरबिर ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
सुनौला भै जाई किसलयकलेजी परि मुना । | सुनौला भै जाई किसलयकलेजी परि मुना । | ||
हरीया भै | ::हरीया भै नाच्छन् धवल रँग चम्पा हुन गई ॥ | ||
जपा रातो, राम्री | जपा रातो, राम्री जुइ कमल सेतो कनकको । | ||
बने चम्पा राम्रा गगनरस | ::बने चम्पा राम्रा गगनरस इन्दीवर बन्यो ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा । | छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा । | ||
चली जिस्की बस्ने युवति | ::चली जिस्की बस्ने युवति कुसुमी हेर नखरै ॥ | ||
यसो छल्दै | यसो छल्दै बङ्गी मृदुमय तरङ्गी रँगरँग । | ||
बने चाला | ::बने चाला बैंसे सहृदय हिली चारु विनता ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
कुनै भो भो नाई | कुनै भो भो नाई अब रँग पुग्यो भन्न सरस । | ||
नुही ढल्की बङ्गी छुनुमुनु गरी छन् मृदु रस ॥ | ::नुही ढल्की बङ्गी छुनुमुनु गरी छन् मृदु रस ॥ | ||
गठीला छातीमा मदन-रँगले छुन्छ छविला । | |||
चरा बाजा | ::चरा बाजा डोल्छन् लहर रँगमा नाच्दछ खुला ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको । | छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको । | ||
कुनै घुम्टो लिन्छन् अलि अलि खुला छन् अन कुनै ॥ | ::कुनै घुम्टो लिन्छन् अलि अलि खुला छन् अन कुनै ॥ | ||
कुनै लुक्छन् झाडीतिर मुख दिई केसर रँग । | |||
::प्रसन्ना भै लिन्छन् प्रियतम खुशाऊँसरिसँग ॥ | |||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
यस्तो | यस्तो ढङ्ग भयो बिहा विपिनका राजा बने सूर्य झैं । | ||
मानो लाज बनेर बादल उषा जस्ती बनिन् ती बधू ॥ | ::मानो लाज बनेर बादल उषा जस्ती बनिन् ती बधू ॥ | ||
छोटो | छोटो रङ्ग गुलाबकी सरसरी आएर वैलीकन । | ||
घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥ | ::घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:06, 16 May 2025
उषाका झ्यालैमा दिनकर गई स्वर्ण करले ।
त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥
बने पोका राम्रा जलद रँगका व्योमतलमा ।
गवैया पङ्खीका हृदय पनि पारी छिरबिर ॥
(२९)
सुनौला भै जाई किसलयकलेजी परि मुना ।
हरीया भै नाच्छन् धवल रँग चम्पा हुन गई ॥
जपा रातो, राम्री जुइ कमल सेतो कनकको ।
बने चम्पा राम्रा गगनरस इन्दीवर बन्यो ॥
(३०)
छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा ।
चली जिस्की बस्ने युवति कुसुमी हेर नखरै ॥
यसो छल्दै बङ्गी मृदुमय तरङ्गी रँगरँग ।
बने चाला बैंसे सहृदय हिली चारु विनता ॥
(३१)
कुनै भो भो नाई अब रँग पुग्यो भन्न सरस ।
नुही ढल्की बङ्गी छुनुमुनु गरी छन् मृदु रस ॥
गठीला छातीमा मदन-रँगले छुन्छ छविला ।
चरा बाजा डोल्छन् लहर रँगमा नाच्दछ खुला ॥
(३२)
छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको ।
कुनै घुम्टो लिन्छन् अलि अलि खुला छन् अन कुनै ॥
कुनै लुक्छन् झाडीतिर मुख दिई केसर रँग ।
प्रसन्ना भै लिन्छन् प्रियतम खुशाऊँसरिसँग ॥
(३३)
यस्तो ढङ्ग भयो बिहा विपिनका राजा बने सूर्य झैं ।
मानो लाज बनेर बादल उषा जस्ती बनिन् ती बधू ॥
छोटो रङ्ग गुलाबकी सरसरी आएर वैलीकन ।
घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥
(३४)