Page:Lalitya bhag 1 ra 2.pdf/164: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३२)}} ठाडो गरी शिर शिखाबलको बथान ::गर्दै सकौतुक सबैतिर दृष्टि-दान । खोजी गरूँ मिहिरमण्डलको भनेर ::लाग्यो कि ? हेरन ठुलो रुखमा चढेर ॥ {{pcn|(३३)}} पारी सबै गगनमण्डल नाट्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 17: | Line 17: | ||
::झल्काउने रवि महाकवि झैँ यथार्थ । | ::झल्काउने रवि महाकवि झैँ यथार्थ । | ||
बत्तीहरू घरघरै अब सोहि काम | बत्तीहरू घरघरै अब सोहि काम | ||
::गर्छौँ भनी जलिरहेछन धूमधाम ॥ | ::गर्छौँ भनी जलिरहेछन धूमधाम ॥<ref>यो कविता १९८० सालमा नेपाली चौथो पुस्तकमा छाप्नलाई लेखिएको हो । -लेखक</ref> | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 08:31, 17 May 2025
This page has not been proofread
(३२)
ठाडो गरी शिर शिखाबलको बथान
गर्दै सकौतुक सबैतिर दृष्टि-दान ।
खोजी गरूँ मिहिरमण्डलको भनेर
लाग्यो कि ? हेरन ठुलो रुखमा चढेर ॥
(३३)
पारी सबै गगनमण्डल नाट्यशाला
नक्षत्र-हार पहिरीकन रात्रि-बाला ।
आँटी अवश्य अब खेलन केहि काल
पर्दा गिर्यो तिरमिरे छविको विशाल ॥
(३४)
एकै थिए अघि अनन्त सबै पदार्थ
झल्काउने रवि महाकवि झैँ यथार्थ ।
बत्तीहरू घरघरै अब सोहि काम
गर्छौँ भनी जलिरहेछन धूमधाम ॥[1]
- ↑ यो कविता १९८० सालमा नेपाली चौथो पुस्तकमा छाप्नलाई लेखिएको हो । -लेखक