Jump to content

Page:Laxmi nibandhasangraha.pdf/130: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "महत्त्व, यिनैहरूको तमाशा न हो । जति हेस्यो उति जल्तु । जब जागरण नै विषाद र उन्माद छ तब सुषुप्त नै आनन्द र विवेकवाद हो ।' हामी यी कुरा त्यस बेला बुझ्दछौँ जब सिमलको तकियामा शिर अडाएर ती..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
महत्त्व, यिनैहरूको तमाशा न हो । जति हेस्यो उति जल्तु । जब जागरण
महत्त्व, यिनैहरूको तमाशा न हो । जति हेर्यो उति जल्नु । जब जागरण
 
नै विषाद र उन्माद छ तब सुषुप्त नै आनन्द र विवेकवाद हो ।'
नै विषाद र उन्माद छ तब सुषुप्त नै आनन्द र विवेकवाद हो ।'
हामी यी कुरा त्यस बेला बुझ्दछौँ जब सिमलको तकियामा शिर
अडाएर तीन हात बित्तालाई दिउंसैको उज्यालोमा नरम सेतो तन्ना


हामी यी कुरा त्यस बेला बुझ्दछौं जब सिमलको तकियामा शिर
अडाएर तीन हात बित्तालाई दिउँसैको उज्यालोमा नरम सेतो तन्ना
कसिएको बिछ्यौनामाथि लम्पसारको विलासमा चङ्गा बनाउँछौं,
कसिएको बिछ्यौनामाथि लम्पसारको विलासमा चङ्गा बनाउँछौं,
'आलसपनको मोहन-बनमा' भन्ने कविता स्फुरण हँदा म कुम्भकर्णको
'आलसपनको मोहन-वनमा' भन्ने कविता स्फुरण हुँदा म कुम्भकर्णको
चेला थिएँ र संसारको कटु कार्यक्रमलाई मीठो हँस्सी उडाउँदै बादल-
चेला थिएँ र संसारको कटु कार्यक्रमलाई मीठो हँस्सी उडाउँदै बादल-
 
बिछ्यौने बनेको थिएँ । र त्यस बेला मैले बुझें कुम्भकर्णले किन निद्राको
बिछ्यौने बनेको थिएँ । र त्यस बेला मैले बुझेँ कुम्भकर्णले किन निद्राको
वरदान मागे ।स्वानुभवमा नअडेको कविताले सजीवता लिन सक्तिन र
 
बरदान मागे ।स्वानुभवमा नअडेको कविताले सजीवता लिन सक्तिनर
जब अनेक विचित्र चरित्रका दृष्टान्त पाउँछु तब अनुकरणद्वारा तिनलाई
जब अनेक विचित्र चरित्रका दृष्टान्त पाउँछु तब अनुकरणद्वारा तिनलाई
बुझाउने गर्दछु र शायद पाठकलाई पनि मेरो अनुगमन गरेर त्यस्तै
बुझाउने गर्दछु, र शायद पाठकलाई पनि मेरो अनुगमन गरेर त्यस्तै
 
अवस्थामा यो प्रबन्ध हेर्नु ज्यादै नै लाभकारी होला भन्ने मेरो क्षुद्र
अवस्थामा यो प्रबन्ध हेर्नु ज्यादै नै लाभकारी होला भन्ने मेरो क्षुद्र
राय छ।
राय छ।
संसार गोडामा पाङ्ग्रा लगाएर गुडिरहेको थियो, जस्तो लादिएका
संसार गोडामा पाङ्ग्रा लगाएर गुडिरहेको थियो, जस्तो लादिएका
बयलगाडीहरू मध्याहनको धूपमा हिंड्दछन्‌ । म सुतुवालाई न शिरमा
बयलगाडीहरू मध्याहनको धूपमा हिंड्दछन्‌ । म सुतुवालाई न शिरमा
जाँतो थियो न पयरहरूमा ढिकीच्याउँ ! मेरो श्वास आँधी बनेको थिएन,
जाँतो थियो न पयरहरूमा ढिकीच्याउँ ! मेरो श्वास आँधी बनेको थिएन,
मेरा गाला फलाम झैं राहा बनेर तातेका थिएनन्‌, बाबा आदमउपरको
मेरा गाला फलाम झैं राहा बनेर तातेका थिएनन्‌, बाबा आदमउपरको
 
शाप आँखीभौंमा थिएन । कुकुरको झैं जिभ्रो चलाउनको परिश्रम मलाई
शाप आँखीभौंमा थिएन । कुक्रको झैँ जिभ्रो चलाउनको परिश्रम मलाई
 
पर्दैनथ्यो । यो संसार त्यत्तिको विलासभवन अरू बेलामा हुन सक्तैन,
पर्दैनथ्यो । यो संसार त्यत्तिको विलासभवन अरू बेलामा हुन सक्तैन,
जत्तिको आफ्नो एकान्त कोठरीमा ? पयरमा खुम्च्याइ थिएन, मनले
जत्तिको आफ्नो एकान्त कोठरीमा ? पयरमा खुम्च्याइ थिएन, मनले
बादशाहको अदब मान्दैनथ्यो । म कलमले नलेख्ने कवि जस्तो थिएँ,
बादशाहको अदब मान्दैनथ्यो । म कलमले नलेख्ने कवि जस्तो थिएँ,
अक्षर घृणा गर्ने लेखक जस्तो तर्कुले जीवन बोल्दैनथ्यो, खालि झन्झफन
अक्षर घृणा गर्ने लेखक जस्तो तर्कुले जीवन बोल्दैनथ्यो, खालि झन्झन
गर्दथ्यो । वाह विलास, इन्द्र पनि त्यस बेला हिँडिरहेकै हुँदाहुन्‌ ! तर मेरी
गर्दथ्यो । वाह विलास, इन्द्र पनि त्यस बेला हिंडिरहेकै हुँदाहुन्‌ ! तर मेरी
कल्पना त्यस ठाउँमा सुत्थी जहाँ शकुन्तलाले प्रेमको विलास र विषाद
कल्पना त्यस ठाउँमा सुत्थी जहाँ शकुन्तलाले प्रेमको विलास र विषाद
दुवैबाट हृदयमा अनौठा भाव पाइन्‌ । म भन्न सक्तिनँ नयाँ मुनामा हो
दुवैबाट हृदयमा अनौठा भाव पाइन्‌ । म भन्न सक्तिनँ नयाँ मुनामा हो
कि फूलको शय्यामा हो । त्यसै बेला नीदनजीक हुँदा मबाट नलेखिएका
कि फूलको शय्यामा हो । त्यसै बेला नीदनजीक हुँदा मबाट नलेखिएका
 
कवितामध्ये एउटा स्फुरण भयो, मन अचेत र विचेतको दोसाँधमा स्वयं
कवितामध्ये एउटा स्फुरण भयो, मन अचेत र बिचेतको दोसाँधमा स्वयं
 
गीत गाउन लाग्यो:-
गीत गाउन लाग्यो:-
 
<blockquote><b>
“अलसपनाको मोहन वनमा,
<poem>
 
"अलसपनाको मोहन वनमा,
रुनुझुनु रुनुझुनु जीवनसार !
रुनुझुनु रुनुझुनु जीवनसार !
नसाहरूमा मधुर नशाको,
नसाहरूमा मधुर नशाको,
 
</poem>
कुम्भकर्ण/१२१
</b></blockquote>

Latest revision as of 18:35, 25 February 2025

This page has been proofread

महत्त्व, यिनैहरूको तमाशा न हो । जति हेर्यो उति जल्नु । जब जागरण नै विषाद र उन्माद छ तब सुषुप्त नै आनन्द र विवेकवाद हो ।'

हामी यी कुरा त्यस बेला बुझ्दछौं जब सिमलको तकियामा शिर अडाएर तीन हात बित्तालाई दिउँसैको उज्यालोमा नरम सेतो तन्ना कसिएको बिछ्यौनामाथि लम्पसारको विलासमा चङ्गा बनाउँछौं, 'आलसपनको मोहन-वनमा' भन्ने कविता स्फुरण हुँदा म कुम्भकर्णको चेला थिएँ र संसारको कटु कार्यक्रमलाई मीठो हँस्सी उडाउँदै बादल- बिछ्यौने बनेको थिएँ । र त्यस बेला मैले बुझें कुम्भकर्णले किन निद्राको वरदान मागे ।स्वानुभवमा नअडेको कविताले सजीवता लिन सक्तिन र जब अनेक विचित्र चरित्रका दृष्टान्त पाउँछु तब अनुकरणद्वारा तिनलाई बुझाउने गर्दछु, र शायद पाठकलाई पनि मेरो अनुगमन गरेर त्यस्तै अवस्थामा यो प्रबन्ध हेर्नु ज्यादै नै लाभकारी होला भन्ने मेरो क्षुद्र राय छ।

संसार गोडामा पाङ्ग्रा लगाएर गुडिरहेको थियो, जस्तो लादिएका बयलगाडीहरू मध्याहनको धूपमा हिंड्दछन्‌ । म सुतुवालाई न शिरमा जाँतो थियो न पयरहरूमा ढिकीच्याउँ ! मेरो श्वास आँधी बनेको थिएन, मेरा गाला फलाम झैं राहा बनेर तातेका थिएनन्‌, बाबा आदमउपरको शाप आँखीभौंमा थिएन । कुकुरको झैं जिभ्रो चलाउनको परिश्रम मलाई पर्दैनथ्यो । यो संसार त्यत्तिको विलासभवन अरू बेलामा हुन सक्तैन, जत्तिको आफ्नो एकान्त कोठरीमा ? पयरमा खुम्च्याइ थिएन, मनले बादशाहको अदब मान्दैनथ्यो । म कलमले नलेख्ने कवि जस्तो थिएँ, अक्षर घृणा गर्ने लेखक जस्तो तर्कुले जीवन बोल्दैनथ्यो, खालि झन्झन गर्दथ्यो । वाह विलास, इन्द्र पनि त्यस बेला हिंडिरहेकै हुँदाहुन्‌ ! तर मेरी कल्पना त्यस ठाउँमा सुत्थी जहाँ शकुन्तलाले प्रेमको विलास र विषाद दुवैबाट हृदयमा अनौठा भाव पाइन्‌ । म भन्न सक्तिनँ नयाँ मुनामा हो कि फूलको शय्यामा हो । त्यसै बेला नीदनजीक हुँदा मबाट नलेखिएका कवितामध्ये एउटा स्फुरण भयो, मन अचेत र विचेतको दोसाँधमा स्वयं गीत गाउन लाग्यो:-

"अलसपनाको मोहन वनमा,
रुनुझुनु रुनुझुनु जीवनसार !
नसाहरूमा मधुर नशाको,