Jump to content

Page:Laxmi nibandhasangraha.pdf/129: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कुम्भकर्ण संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग वरदान माग्दा निद्रा मागेको कुरा देखेजस..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कुम्भकर्ण
{{x-larger|'''कुम्भकर्ण'''}}
 
संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको
संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको
उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग
उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग
वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ
वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ
छाडेर अँध्यारोको संसारमा राज्य माग्ने 'प्लूटो' नामक रोमन देवता थिए
छाडेर अँध्यारोको संसारमा राज्य माग्ने 'प्लूटो' नामक रोमन देवता थिए
सधैँ अँध्यारो गुफामा जगल्टा फिंजाएर बस्न चाहने देवी 'विषादिनी'
सधैं अँध्यारो गुफामा जगल्टा फिंजाएर बस्न चाहने देवी 'विषादिनी'
थिइन्‌ । तर उनीहरू निद्राको आनन्द हरहमेशा गर्दैनथे । उनीहरूलाई
थिइन्‌ । तर उनीहरू निद्राको आनन्द हरहमेशा गर्दैनथे । उनीहरूलाई
पनि कर्तव्यको बोझा वा विषादको जाग्राम थियो ।तर निद्राको पूर्ण
पनि कर्तव्यको बोझा वा विषादको जाग्राम थियो । तर निद्राको पूर्ण
तबरका उपासक हाम्रा घनघोर सुताहा कुम्भकर्ण थिए । उनले समयद्वारा
तवरका उपासक हाम्रा घनघोर सुताहा कुम्भकर्ण थिए । उनले समयद्वारा
मूर्खता मागेनन्‌, उनलाई अरू वरदानभन्दा निद्रा नै सबभन्दा गहकिलो
मूर्खता मागेनन्‌, उनलाई अरू वरदानभन्दा निद्रा नै सबभन्दा गहकिलो
र खँदिलो लाग्यो ।
र खँदिलो लाग्यो ।


हामी अनुमान गर्न सक्तछौंँ कुन कारण कस्तो समझले कुम्भकर्ण
हामी अनुमान गर्न सक्तछौं कुन कारण कस्तो समझले कुम्भकर्ण
वीरले निद्रालाई यस्तो मूल्यवान्‌ ठाने । विशेष गरेर यो हाम्रो बीसौं
वीरले निद्रालाई यस्तो मूल्यवान्‌ ठाने । विशेष गरेर यो हाम्रो बीसौं
शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको
शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको
फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन्‌ । आधुनिक
फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन्‌ । आधुनिक
आँखा टट्टाइरहेछन्‌, अङ्गहरू ध्यार्रघुर्र र संघर्षहरूले धर्किरहेछन्‌, र निरर्थक
आँखा टट्टाइरहेछन्‌, अङ्गहरू घ्यार्रघुर्र र संघर्षहरूले थर्किरहेछन्‌, र निरर्थक
 
अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्‌, दृश्यहरू नक्कलीपनाले
अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्‌, दृश्यहरू नक्कलीपनाले
भझिलमिलाउँछन्‌ र तिर्मिराउँछन्‌, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले
झिलमिलाउँछन्‌ र तिर्मिराउँछन्‌, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले
हामी अन्धा बनिरहेछौं र बेफुर्सतीको निसास्सिँदो हडबड हाम्रो जीवन
हामी अन्धा बनिरहेछौं र बेफुर्सतीको निसास्सिंदो हडबड हाम्रो जीवन
छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र
छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र
कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन्‌ ।
कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन्‌ ।
कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्‌- 'यो संसार सुखको
स्वरूप कहाँ छ र ? जति हेत्यो उति दर्शन न हो । यता चिल्छ, उता


कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्‌– 'यो संसार सुखको
स्वरूप कहाँ छ र ? जति हेर्यो उति दर्शन न हो । यता चिल्छ, उता
पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता
पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता
मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे
मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे
१२०/लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 18:16, 25 February 2025

This page has been proofread

कुम्भकर्ण

संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग वरदान माग्दा निद्रा मागेको कुरा देखेजस्तो लाग्दैन । उज्यालोको दुनियाँ छाडेर अँध्यारोको संसारमा राज्य माग्ने 'प्लूटो' नामक रोमन देवता थिए र सधैं अँध्यारो गुफामा जगल्टा फिंजाएर बस्न चाहने देवी 'विषादिनी' थिइन्‌ । तर उनीहरू निद्राको आनन्द हरहमेशा गर्दैनथे । उनीहरूलाई पनि कर्तव्यको बोझा वा विषादको जाग्राम थियो । तर निद्राको पूर्ण तवरका उपासक हाम्रा घनघोर सुताहा कुम्भकर्ण थिए । उनले समयद्वारा मूर्खता मागेनन्‌, उनलाई अरू वरदानभन्दा निद्रा नै सबभन्दा गहकिलो र खँदिलो लाग्यो ।

हामी अनुमान गर्न सक्तछौं कुन कारण कस्तो समझले कुम्भकर्ण वीरले निद्रालाई यस्तो मूल्यवान्‌ ठाने । विशेष गरेर यो हाम्रो बीसौं शताब्दीमा जब डेभिज जस्ता कविहरू एक-एक क्षणको जनावरको फुरसतउपर आँसु र उत्सुकता भरिएका कविता लेख्तछन्‌ । आधुनिक आँखा टट्टाइरहेछन्‌, अङ्गहरू घ्यार्रघुर्र र संघर्षहरूले थर्किरहेछन्‌, र निरर्थक अति परिश्रममा कृत्रिमताले कूँजा बनिरहेछन्‌, दृश्यहरू नक्कलीपनाले झिलमिलाउँछन्‌ र तिर्मिराउँछन्‌, रातमा सूर्यभन्दा आँखाफोर उज्यालोले हामी अन्धा बनिरहेछौं र बेफुर्सतीको निसास्सिंदो हडबड हाम्रो जीवन छ । यसकारण बीसौं शताब्दीले कुम्भकर्णको तत्त्वको जत्तिको प्रशंसा र कदर गर्न सक्तछ अरू शताब्दीहरूले त्यत्तिको गर्न सकेनन्‌ ।

कुम्भकर्णले शायद यस्तो शोच गरे होलान्‌– 'यो संसार सुखको स्वरूप कहाँ छ र ? जति हेर्यो उति दर्शन न हो । यता चिल्छ, उता पोल्छ, अनि अर्कोतिर ठुङ्छ, सब स्वार्थको प्रदर्शनी मात्र न हो । रित्ता मुस्कान, बेकम्मा कुरा, कर्तव्यको बन्धन, बहीखाता खुद्रे मिजास, बोक्रे