Page:Laxmi nibandhasangraha.pdf/98: Difference between revisions
→Not proofread: Created page with "हामीले बेत खायौं, गधाको उपाधि पायौं र थुकियौं; तर हाम्रा गुरुजीले हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर ! मलाई..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हामीले बेत खायौं, गधाको उपाधि पायौं र थुकियौं; तर हाम्रा गुरुजीले | हामीले बेत खायौं, गधाको उपाधि पायौं र थुकियौं; तर हाम्रा गुरुजीले | ||
हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त | हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त | ||
हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर ! | हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर ! | ||
मलाई यस्तो लाग्दछ कि मानवजाति संसारभरको अन्धो र | मलाई यस्तो लाग्दछ कि मानवजाति संसारभरको अन्धो र | ||
अभागी जाति हो। ऊ ज्ञान खोज्दछ र हरहमेशा अज्ञानमा रहन्छ र | |||
अभागी जाति | साधारण विवेक छाडेर कुकुरकै पुच्छर सोझ्याउने काममा लाग्दछ । | ||
साधारण विवेक छाडेर | |||
मानिसले ज्ञानको वृक्षको तीतो फल चाखेर धूर्तता जान्यो, तर के | मानिसले ज्ञानको वृक्षको तीतो फल चाखेर धूर्तता जान्यो, तर के | ||
फाइदा भयो ? हामी अन्तःकरणको टुङ्गाइमा हरहमेशा रहन्छौं भने | फाइदा भयो ? हामी अन्तःकरणको टुङ्गाइमा हरहमेशा रहन्छौं भने | ||
अन्तःकरण पाउनु नै कर्तव्याकर्तव्यको नाटीकुटी बढाउनु नै के हाम्रो | अन्तःकरण पाउनु नै कर्तव्याकर्तव्यको नाटीकुटी बढाउनु नै के हाम्रो | ||
भस्माभुटीको चिह्न होइन ? घाँस खानेले प्रकृतिको पथ छोडेन, तर | भस्माभुटीको चिह्न होइन ? घाँस खानेले प्रकृतिको पथ छोडेन, तर | ||
अन्न खाने पाप र धर्मका उपर रौंकेलाइ गर्दा-गर्दै अधमुण्टो लागेर | अन्न खाने पाप र धर्मका उपर रौंकेलाइ गर्दा-गर्दै अधमुण्टो लागेर | ||
नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा | नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा | ||
चक्र घुमिरहेछ । तर निरुत्तरदायित्वको मजा चाख्ने बुद्धिमान् आनन्दसँग | चक्र घुमिरहेछ । तर निरुत्तरदायित्वको मजा चाख्ने बुद्धिमान् आनन्दसँग | ||
झोक्रिएर बीचबीचमा मानवजातिका सभ्यतालाई हँस्सी उडाउने 'ही | |||
ही ह ह ।' को शब्दको स्वतन्त्र उद्गार गरिरहेछ । उसलाई यमराजले | ही ह ह ।' को शब्दको स्वतन्त्र उद्गार गरिरहेछ । उसलाई यमराजले | ||
दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोध्ने कुरा छैनन् । | दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोध्ने कुरा छैनन् । | ||
तर को बुद्धिमान् ? दुनियाँ मगजमा बोझा बोक्ने र सहज बुद्धि त्यागेर | |||
तर को बुद्धिमान् ? दुनियाँ मगजमा | अन्तःकरणको दर्शन स्वीकार गर्ने मानव कि निरुत्तरदायी संतोषमा | ||
बेदर्शनी अन्तःकरणशून्यताको वरदान प्रकृति र परमेश्वरसँग माग्ने, | |||
बेदर्शनी | |||
हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक ! हामी असन्तुष्ट विद्यार्थीहरू | हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक ! हामी असन्तुष्ट विद्यार्थीहरू | ||
गुरुजीसँग नम्र प्रश्न गर्दछौं | गुरुजीसँग नम्र प्रश्न गर्दछौं–हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको | ||
तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान् ?के त्यो दार्शनिक होइन | तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान् ? के त्यो दार्शनिक होइन | ||
जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन, | जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन, | ||
जो प्रकृतिको नदेखिने औंलाको इशाराले | जो प्रकृतिको नदेखिने औंलाको इशाराले हिंड्न जान्दछ र शिरमा भैंचाले | ||
धरापको चक्कर नराखेर रौरव र गौरव दुवैबाट बच्तछ । | धरापको चक्कर नराखेर रौरव र गौरव दुवैबाट बच्तछ । | ||
{{nop}} | |||
Latest revision as of 15:20, 16 February 2025
हामीले बेत खायौं, गधाको उपाधि पायौं र थुकियौं; तर हाम्रा गुरुजीले हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर !
मलाई यस्तो लाग्दछ कि मानवजाति संसारभरको अन्धो र अभागी जाति हो। ऊ ज्ञान खोज्दछ र हरहमेशा अज्ञानमा रहन्छ र साधारण विवेक छाडेर कुकुरकै पुच्छर सोझ्याउने काममा लाग्दछ । मानिसले ज्ञानको वृक्षको तीतो फल चाखेर धूर्तता जान्यो, तर के फाइदा भयो ? हामी अन्तःकरणको टुङ्गाइमा हरहमेशा रहन्छौं भने अन्तःकरण पाउनु नै कर्तव्याकर्तव्यको नाटीकुटी बढाउनु नै के हाम्रो भस्माभुटीको चिह्न होइन ? घाँस खानेले प्रकृतिको पथ छोडेन, तर अन्न खाने पाप र धर्मका उपर रौंकेलाइ गर्दा-गर्दै अधमुण्टो लागेर नरकमा हामफाल्दो छ । संसारमा धनको लोभ गर्ने मानिसको शिरमा चक्र घुमिरहेछ । तर निरुत्तरदायित्वको मजा चाख्ने बुद्धिमान् आनन्दसँग झोक्रिएर बीचबीचमा मानवजातिका सभ्यतालाई हँस्सी उडाउने 'ही ही ह ह ।' को शब्दको स्वतन्त्र उद्गार गरिरहेछ । उसलाई यमराजले दण्ड दिने बाटो छैन, चित्रगुप्तले बहीखाता पल्टाएर सोध्ने कुरा छैनन् । तर को बुद्धिमान् ? दुनियाँ मगजमा बोझा बोक्ने र सहज बुद्धि त्यागेर अन्तःकरणको दर्शन स्वीकार गर्ने मानव कि निरुत्तरदायी संतोषमा बेदर्शनी अन्तःकरणशून्यताको वरदान प्रकृति र परमेश्वरसँग माग्ने, हाम्रा बुद्धू ठानिएका चारखुट्टे दार्शनिक ! हामी असन्तुष्ट विद्यार्थीहरू गुरुजीसँग नम्र प्रश्न गर्दछौं–हाम्रो मानव नाटीकुटी र अनन्त वेदनाको तीनपुछ्रे शास्त्र गधाभन्दा कति उपर होलान् ? के त्यो दार्शनिक होइन जो मानवसेवा गर्दछ, तर पछिलाई कुमारीचोकको बहीखाता राख्तैन, जो प्रकृतिको नदेखिने औंलाको इशाराले हिंड्न जान्दछ र शिरमा भैंचाले धरापको चक्कर नराखेर रौरव र गौरव दुवैबाट बच्तछ ।