Page:Laxmi nibandhasangraha.pdf/97: Difference between revisions
→Not proofread: Created page with "धर्ममा जत्तिकै क्षुद्व र पतित जन्तुहरूउपर अबहेलनाको दृष्टि देखिए पनि म जान्दछु कि हाम्रा क्रषिहरू हृदयशून्य थिएनन् र कृष्णजी जस्ताको वाक्यमा गधा, बाहुन, कक्र, चाण्डाल, कुन्नि के..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
धर्ममा जत्तिकै क्षुद्व र पतित जन्तुहरूउपर | धर्ममा जत्तिकै क्षुद्व र पतित जन्तुहरूउपर अवहेलनाको दृष्टि देखिए पनि | ||
म जान्दछु कि हाम्रा | म जान्दछु कि हाम्रा ऋषिहरू हृदयशून्य थिएनन् र कृष्णजी जस्ताको | ||
वाक्यमा गधा, बाहुन, | वाक्यमा गधा, बाहुन, कुकुर, चाण्डाल, कुन्नि के के हुन् समता राख्छन् | ||
रे भन्ने पाउँदा मलाई गधाको उपर सानो व्याख्यान | रे भन्ने पाउँदा मलाई गधाको उपर सानो व्याख्यान छाँट्न आश्वासन | ||
मिल्यो, | मिल्यो, सनातनधर्मउपर श्रद्धा प्रादुर्भाव भएर । | ||
म सोच्तछु कि हामी चलाक हुन खोज्ने मान्छेहरू के वास्तवमा | म सोच्तछु कि हामी चलाक हुन खोज्ने मान्छेहरू के वास्तवमा | ||
चलाक छौँ र ? बुद्धिमत्तामा दावा राख्न चाहनेहरू वास्तवमा बुद्धिमान् | |||
चलाक छौँ र | |||
छन् त ? मानवमगजको चातुरी बेकाममा खेर गएजस्तो लाग्छ र | छन् त ? मानवमगजको चातुरी बेकाममा खेर गएजस्तो लाग्छ र | ||
दुनियाँमा सच्चा गधा (मानव-प्रयोगको अर्थमा) तिनीहरू नै हुन्छन् जो | दुनियाँमा सच्चा गधा (मानव-प्रयोगको अर्थमा) तिनीहरू नै हुन्छन् जो | ||
आफूलाई ज्यादा बुद्धिमान् ठान्दछन् । सभ्यताको दौडधूपले मनुष्यलाई | आफूलाई ज्यादा बुद्धिमान् ठान्दछन् । सभ्यताको दौडधूपले मनुष्यलाई | ||
चौपायाभन्दा तल | चौपायाभन्दा तल गिराएजस्तो प्रतीत हुन्छ र प्राकृतिक अवस्थाबाट | ||
कृत्रिममा पदार्पण गरेर चक्कराउनु नै सभ्य जनावरहरूको बुद्धिमत्ता | कृत्रिममा पदार्पण गरेर चक्कराउनु नै सभ्य जनावरहरूको बुद्धिमत्ता | ||
ठहर्याइन्छ । सभ्य संस्थाहरूको कारीगरीले मानव-बुद्धि हरहमेशा महती | |||
समस्या उठाएर चक्करमा परेझैं हरहमेशा देखिइरहेकै छ र हामी | |||
समस्या उठाएर चक्करमा | जातिनाशका त्रासहरूमा आइपुगिसक्यौं । जब गधाहरूको नैसर्गिक बुद्धि | ||
जातिनाशका त्रासहरूमा आइपुगिसक्यौं । जब | |||
ठेगानामा रहेर आनन्दसँग आफ्नो क्रिया गर्दै छ, तब हामी गधाहरूभन्दा | ठेगानामा रहेर आनन्दसँग आफ्नो क्रिया गर्दै छ, तब हामी गधाहरूभन्दा | ||
कति बुद्धिका कक्षामाथि चढ्यौं भन्ने विषय विचार गर्दा, मलाई ती | कति बुद्धिका कक्षामाथि चढ्यौं भन्ने विषय विचार गर्दा, मलाई ती | ||
गाली गरिने नामका | गाली गरिने नामका चौपायाहरूअगाडि घमण्डको ठाडो शिर | ||
झुकाउनैपर्दछ । | झुकाउनैपर्दछ । | ||
गधा गुरु मानेको भए मेरो दुनियाँमा यत्रो आत्मपतन हुने थिएन; | गधा गुरु मानेको भए मेरो दुनियाँमा यत्रो आत्मपतन हुने थिएन; | ||
तर मेरो गुरुजीले मलाई यस्ता शिक्षाहरू दिनुभयो, जसले अनन्तको | तर मेरो गुरुजीले मलाई यस्ता शिक्षाहरू दिनुभयो, जसले अनन्तको | ||
मगजमा बोझा पर्दछ र मानवजाति भूलभुलैयाहरूको अँधेरी चक्करमा | मगजमा बोझा पर्दछ र मानवजाति भूलभुलैयाहरूको अँधेरी चक्करमा | ||
घुम्दै हराउँछ । रौंचिरा भेदहरूले बाँध लगाइएका राम्रा शास्त्रहरूले | |||
घुम्दै हराउँछ । रौंचिरा भेदहरूले बाँध लगाइएका | |||
मान्छेलाई आखिरमा बेकम्मा बनाउँदा रहेछन् भन्ने कुरा त्यस बेला मैले | मान्छेलाई आखिरमा बेकम्मा बनाउँदा रहेछन् भन्ने कुरा त्यस बेला मैले | ||
बुझेँ, जब तिर्मिराउँदा आँखाहरू अन्धा भएर काला अक्षरका अत्याचारमा | बुझेँ, जब तिर्मिराउँदा आँखाहरू अन्धा भएर काला अक्षरका अत्याचारमा | ||
मानवआत्मा प्राकृत सत्यको अभावले संकुचित हुन लाग्यो । मानवदर्शनहरू | |||
मानवआत्मा प्राकृत सत्यको अभावले | |||
भुमरी खेल्दैछन् तर प्रकृतिको सीधा सत्य ताजा हावामा झल्किरहेछ । | भुमरी खेल्दैछन् तर प्रकृतिको सीधा सत्य ताजा हावामा झल्किरहेछ । | ||
मैले गुणन र भागहारले के पाएँ जब म पढाइ र अन्वेषणको पुछारमा | मैले गुणन र भागहारले के पाएँ जब म पढाइ र अन्वेषणको पुछारमा | ||
खालि शून्यता र अन्धकारको कालो कुइरो मात्र पाउँछु ! मलाई यस्तो | खालि शून्यता र अन्धकारको कालो कुइरो मात्र पाउँछु ! मलाई यस्तो | ||
लाग्यो कि संसार | लाग्यो कि संसार नबुझ्नु नै ज्यादा हो र विद्वत्ता, पाण्डित्य भनेको त्यस | ||
मूर्खताको नाम हो, जसले खालि शब्दाडम्बरको तुरही दुनियाँमा बजाउँछ । | मूर्खताको नाम हो, जसले खालि शब्दाडम्बरको तुरही दुनियाँमा बजाउँछ । | ||
Latest revision as of 15:07, 16 February 2025
धर्ममा जत्तिकै क्षुद्व र पतित जन्तुहरूउपर अवहेलनाको दृष्टि देखिए पनि म जान्दछु कि हाम्रा ऋषिहरू हृदयशून्य थिएनन् र कृष्णजी जस्ताको वाक्यमा गधा, बाहुन, कुकुर, चाण्डाल, कुन्नि के के हुन् समता राख्छन् रे भन्ने पाउँदा मलाई गधाको उपर सानो व्याख्यान छाँट्न आश्वासन मिल्यो, सनातनधर्मउपर श्रद्धा प्रादुर्भाव भएर ।
म सोच्तछु कि हामी चलाक हुन खोज्ने मान्छेहरू के वास्तवमा चलाक छौँ र ? बुद्धिमत्तामा दावा राख्न चाहनेहरू वास्तवमा बुद्धिमान् छन् त ? मानवमगजको चातुरी बेकाममा खेर गएजस्तो लाग्छ र दुनियाँमा सच्चा गधा (मानव-प्रयोगको अर्थमा) तिनीहरू नै हुन्छन् जो आफूलाई ज्यादा बुद्धिमान् ठान्दछन् । सभ्यताको दौडधूपले मनुष्यलाई चौपायाभन्दा तल गिराएजस्तो प्रतीत हुन्छ र प्राकृतिक अवस्थाबाट कृत्रिममा पदार्पण गरेर चक्कराउनु नै सभ्य जनावरहरूको बुद्धिमत्ता ठहर्याइन्छ । सभ्य संस्थाहरूको कारीगरीले मानव-बुद्धि हरहमेशा महती समस्या उठाएर चक्करमा परेझैं हरहमेशा देखिइरहेकै छ र हामी जातिनाशका त्रासहरूमा आइपुगिसक्यौं । जब गधाहरूको नैसर्गिक बुद्धि ठेगानामा रहेर आनन्दसँग आफ्नो क्रिया गर्दै छ, तब हामी गधाहरूभन्दा कति बुद्धिका कक्षामाथि चढ्यौं भन्ने विषय विचार गर्दा, मलाई ती गाली गरिने नामका चौपायाहरूअगाडि घमण्डको ठाडो शिर झुकाउनैपर्दछ ।
गधा गुरु मानेको भए मेरो दुनियाँमा यत्रो आत्मपतन हुने थिएन; तर मेरो गुरुजीले मलाई यस्ता शिक्षाहरू दिनुभयो, जसले अनन्तको मगजमा बोझा पर्दछ र मानवजाति भूलभुलैयाहरूको अँधेरी चक्करमा घुम्दै हराउँछ । रौंचिरा भेदहरूले बाँध लगाइएका राम्रा शास्त्रहरूले मान्छेलाई आखिरमा बेकम्मा बनाउँदा रहेछन् भन्ने कुरा त्यस बेला मैले बुझेँ, जब तिर्मिराउँदा आँखाहरू अन्धा भएर काला अक्षरका अत्याचारमा मानवआत्मा प्राकृत सत्यको अभावले संकुचित हुन लाग्यो । मानवदर्शनहरू भुमरी खेल्दैछन् तर प्रकृतिको सीधा सत्य ताजा हावामा झल्किरहेछ । मैले गुणन र भागहारले के पाएँ जब म पढाइ र अन्वेषणको पुछारमा खालि शून्यता र अन्धकारको कालो कुइरो मात्र पाउँछु ! मलाई यस्तो लाग्यो कि संसार नबुझ्नु नै ज्यादा हो र विद्वत्ता, पाण्डित्य भनेको त्यस मूर्खताको नाम हो, जसले खालि शब्दाडम्बरको तुरही दुनियाँमा बजाउँछ ।