Page:Shakuntala.pdf/162: Difference between revisions
Appearance
No edit summary |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
सब प्रेम हो, बुझ सुन्दरी । | सब प्रेम हो, बुझ सुन्दरी । | ||
::ध्वनिमा छ जो मुरली भरी ॥" | |||
यति | यति बातले अलि जिल्ल ती । | ||
अरु | ::अरु प्रश्न गर्न विचार्दथिन् ॥ | ||
तब | तब झट् झल्याँस्स बनी उठिन् । | ||
::जब मिर्मिरे नभ भो अलि ॥ | |||
अब प्रातले वनपातमा । | |||
मधुर प्रवात | ::मधुर प्रवात उठाउँछ ॥ | ||
रवि दूर भै छवि | रवि दूर भै छवि मिर्मिरे । | ||
'दिन' सूचना दिन आउँछ ॥ | ::'दिन' सूचना दिन आउँछ ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
मधु शीतको लहरीसरि । | |||
तुहिन-प्रभावित मिर्मिरी ॥ | ::तुहिन-प्रभावित मिर्मिरी ॥ | ||
बिउँझी हवा अचली चली । | |||
गति | ::गति मन्द ली लहराउँछ ॥ | ||
अलि सिर्सिरी हलुका गरी । | अलि सिर्सिरी हलुका गरी । | ||
मञ्जरी | ::मृदु मञ्जरी ऊ रसाउँछ ॥ | ||
अनि मिर्मिरे-पनको | अनि मिर्मिरे-पनको टुना । | ||
सपना किनार सुहाउँछ ॥ | ::सपना किनार सुहाउँछ ॥ | ||
पहिला चरा वन-नीडमा । | पहिला चरा वन-नीडमा । | ||
सपना-पुछार कराउँछ ॥ | ::सपना-पुछार कराउँछ ॥ | ||
क्षितिज प्रभा-पट पूर्वको । | क्षितिज प्रभा-पट पूर्वको । | ||
नव | ::नव आशतुल्य रछाउँछ ॥ | ||
कुइरो बनी कण शीतको | |||
तल टप्किँदै फुल लाउँछ ॥ | ::तल टप्किँदै फुल लाउँछ ॥ | ||
अन | अन कृष्णता पछि रूपले । | ||
रँग | ::रँग राग धेर समाउँछ ॥ | ||
मृदु तारका नभ-नीलिमा । | |||
मधुरो गरी मुसकाउँछ ॥ | ::मधुरो गरी मुसकाउँछ ॥ | ||
अलि सर्सरे वनका मुना । | अलि सर्सरे वनका मुना । | ||
पहिलो प्रभा झलकाउँछ ॥ | ::पहिलो प्रभा झलकाउँछ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 10:13, 2 May 2025
This page has been proofread
सब प्रेम हो, बुझ सुन्दरी ।
ध्वनिमा छ जो मुरली भरी ॥"
यति बातले अलि जिल्ल ती ।
अरु प्रश्न गर्न विचार्दथिन् ॥
तब झट् झल्याँस्स बनी उठिन् ।
जब मिर्मिरे नभ भो अलि ॥
अब प्रातले वनपातमा ।
मधुर प्रवात उठाउँछ ॥
रवि दूर भै छवि मिर्मिरे ।
'दिन' सूचना दिन आउँछ ॥
(३८)
मधु शीतको लहरीसरि ।
तुहिन-प्रभावित मिर्मिरी ॥
बिउँझी हवा अचली चली ।
गति मन्द ली लहराउँछ ॥
अलि सिर्सिरी हलुका गरी ।
मृदु मञ्जरी ऊ रसाउँछ ॥
अनि मिर्मिरे-पनको टुना ।
सपना किनार सुहाउँछ ॥
पहिला चरा वन-नीडमा ।
सपना-पुछार कराउँछ ॥
क्षितिज प्रभा-पट पूर्वको ।
नव आशतुल्य रछाउँछ ॥
कुइरो बनी कण शीतको
तल टप्किँदै फुल लाउँछ ॥
अन कृष्णता पछि रूपले ।
रँग राग धेर समाउँछ ॥
मृदु तारका नभ-नीलिमा ।
मधुरो गरी मुसकाउँछ ॥
अलि सर्सरे वनका मुना ।
पहिलो प्रभा झलकाउँछ ॥