Page:Shakuntala.pdf/348: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अझ माथि रहेकै छ जहाँबाट लिई कर । | |||
हामी फुल्छौं र फल्दा छौं पाउँछौं दिव्य स्न्दर ॥ | |||
पूर्णता अझ पाइन्न स्वर्गमा पनि सुन्दर । | |||
ब्रह्माको वासना एक बाँकी नै छ अगोचर ॥ | |||
हजाराँ चन्द्रमा निस्की हाँसेको छ नभस्तल । | |||
सपना झैं बनाएर प्रेमको स्वर्ग मञ्जुल ॥ | |||
तर ती चन्द्रमा यौटै ब्रह्मा-भास्कर-रश्मिले । | |||
प्रतिभासित छन् सारा स्वर्ग राम्रो तुल्याउन ॥" | |||
{{pcn|(१६२)}} | |||
हेरे दुष्यन्तले माथि विष्णुका मुसकान झैं । | |||
सुधा-रश्मि हजाराँमा पुष्पको दिव्य बाग झैं ॥ | |||
विचित्र व्योमको बल्दो सपनामय आकृति । | |||
झझल्ल झल्ल झल्केका चन्द्रमाहरुका गति ॥ | |||
शान्त आनन्दका ज्योति मुस्कुराहट मौन झैं । | |||
जीवनी-शक्ति पीयूष छर्दथे शीत रश्मिले ॥ | |||
व्योमको तर्फ फर्केर इच्छा गर्दा मनोहर । | |||
अनुसारी झरी ज्योति, फुल्ने फल्ने सबैतिर ॥ | |||
{{pcn|(१६३)}} | |||
शान्तिको सूचना दिव्य जस्तो त्यो वायुमण्डल । | |||
पियो जत्ति हुने उति तृप्त-आनन्द शीतल ॥ | |||
आत्माले दिव्य आनन्द यही हो भन्दथ्यो त्यहाँ । | |||
सत्यचेती होश पनि बन्थ्यो गद्गद नै जहाँ ॥ | |||
नसामा चल्दथे नाला कल्कलाई मिही ध्वनि । | |||
शिरा शिराभरि 'राम' अभिराम जगाउँदै ॥ | |||
प्रशंसातुल्य आनन्द, आनन्दरसरि तारिफ । | |||
तारीफ झैं भजनको प्राकृतध्वनि मञ्जुल ॥ | |||
सङ्गीतमय भै चल्दा बीन झैं दिव्य जीवनी । | |||
हर्षोत्फुल्न बनी यूँथ्यो सच्चिदानन्दको ध्वनि ॥ | |||
निर्मलाएर आए झैं हृद्व्योमी शारदीयता । | |||
बन्थ्यो प्रभा-पटलले गोल आनन्द झैं सफा ॥ | |||
पृथिवी नफिरूँ जस्तो, नसम्झू झैं अरू करा । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 07:23, 31 May 2025
अझ माथि रहेकै छ जहाँबाट लिई कर ।
हामी फुल्छौं र फल्दा छौं पाउँछौं दिव्य स्न्दर ॥
पूर्णता अझ पाइन्न स्वर्गमा पनि सुन्दर ।
ब्रह्माको वासना एक बाँकी नै छ अगोचर ॥
हजाराँ चन्द्रमा निस्की हाँसेको छ नभस्तल ।
सपना झैं बनाएर प्रेमको स्वर्ग मञ्जुल ॥
तर ती चन्द्रमा यौटै ब्रह्मा-भास्कर-रश्मिले ।
प्रतिभासित छन् सारा स्वर्ग राम्रो तुल्याउन ॥"
(१६२)
हेरे दुष्यन्तले माथि विष्णुका मुसकान झैं ।
सुधा-रश्मि हजाराँमा पुष्पको दिव्य बाग झैं ॥
विचित्र व्योमको बल्दो सपनामय आकृति ।
झझल्ल झल्ल झल्केका चन्द्रमाहरुका गति ॥
शान्त आनन्दका ज्योति मुस्कुराहट मौन झैं ।
जीवनी-शक्ति पीयूष छर्दथे शीत रश्मिले ॥
व्योमको तर्फ फर्केर इच्छा गर्दा मनोहर ।
अनुसारी झरी ज्योति, फुल्ने फल्ने सबैतिर ॥
(१६३)
शान्तिको सूचना दिव्य जस्तो त्यो वायुमण्डल ।
पियो जत्ति हुने उति तृप्त-आनन्द शीतल ॥
आत्माले दिव्य आनन्द यही हो भन्दथ्यो त्यहाँ ।
सत्यचेती होश पनि बन्थ्यो गद्गद नै जहाँ ॥
नसामा चल्दथे नाला कल्कलाई मिही ध्वनि ।
शिरा शिराभरि 'राम' अभिराम जगाउँदै ॥
प्रशंसातुल्य आनन्द, आनन्दरसरि तारिफ ।
तारीफ झैं भजनको प्राकृतध्वनि मञ्जुल ॥
सङ्गीतमय भै चल्दा बीन झैं दिव्य जीवनी ।
हर्षोत्फुल्न बनी यूँथ्यो सच्चिदानन्दको ध्वनि ॥
निर्मलाएर आए झैं हृद्व्योमी शारदीयता ।
बन्थ्यो प्रभा-पटलले गोल आनन्द झैं सफा ॥
पृथिवी नफिरूँ जस्तो, नसम्झू झैं अरू करा ।