Page:Shakuntala.pdf/328: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ती हुन्छन् फूलजस्ता रँग रँग मधुरा दूर साना सफेद । | |||
::बाटाका बीच उड्दो तरुलहर नजीकै हरा झारजस्ता ॥ | |||
सानो राम्रो सिँगारे घरसरि पुतलीको सफा चारु चट्ट । | |||
::मिर्मीरे स्वर्णछाना निकट अनि खुला टाउको झैं फुलेका ॥ | |||
{{pcn|(११)}} | |||
हेर्छन् दृष्यन्त राजा तलतिर पृथिवी शैलवाली वसन्ती । | |||
::काला काला र कोरेसरि जमिनहरू रङ्गका चारु पाटा ॥ | |||
सेता धर्का नदीका सिलमिल हरिया वृक्ष काला बनेका । | |||
::छाना छाना उठेका गजुरहरु तिखा सानु टुप्पा सियाका ॥ | |||
{{pcn|(१२)}} | |||
नीलो नीलो हुँदै गो रँग परपर भै रूप सारा गुमेर । | |||
::नीलो नीलो फिका क्यै सुमधुर कुइरो पातलो बेर्हिए झैं ॥ | |||
आयो चाँडै तहालू जलद अब बनी पातलो हुस्सुतुल्य । | |||
::भेट्थ्यो त्यो यान ऊँचा अब घनतलका पातला जाल चल्दा ॥ | |||
{{pcn|(१३)}} | |||
चीसो निक्कै हुनाले नृपवर अलि क्यै खुम्चिएका समान । | |||
::देखी हाँसेर भन्छन् नृपवर सुर ती "स्वर्गमा नै हुँदैन ॥ | |||
हामीमा गर्मि-सर्दी हृदयसित मिली आउँछन् उष्ण भाव । | |||
::ठण्डा होला निकै नै नृपवर प्रभुमा उच्चताको प्रभाव ॥ | |||
{{pcn|(१४)}} | |||
बोले यी मिष्ठवाणी जब सुरपतिका यानका हाँकले ती । | |||
::राजाले अस्त्र आफ्नो 'हृदनल'<ref>काल्पनिक अग्न्यस्त्र ।</ref> महिमासाथ गर्छन् प्रयोग ॥ | |||
झिल्क्यो आगो भिभिल्भिल् झलललल घुम्यो, यानको चारतर्फ । | |||
::साना सेता रँगीला रँगविरँग लियो राप नै नागबेली ॥ | |||
{{pcn|(१५)}} | |||
गर्मी चढ्दै गयो झन् क्षणभर सुर ती रापले ताप पारी । | |||
::गर्माएका हुँदामा हँसमुख अब छन् भूप दुष्यन्त भारी ॥ | |||
"मेरो यो अस्त्र यौटा 'हृदनल' कहिने एक यो हो बिजूली । | |||
::मेघारूढा भवानीसँग वर पहिले पाइएको खुशीमा ॥" | |||
{{pcn|(१६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:31, 30 May 2025
ती हुन्छन् फूलजस्ता रँग रँग मधुरा दूर साना सफेद ।
बाटाका बीच उड्दो तरुलहर नजीकै हरा झारजस्ता ॥
सानो राम्रो सिँगारे घरसरि पुतलीको सफा चारु चट्ट ।
मिर्मीरे स्वर्णछाना निकट अनि खुला टाउको झैं फुलेका ॥
(११)
हेर्छन् दृष्यन्त राजा तलतिर पृथिवी शैलवाली वसन्ती ।
काला काला र कोरेसरि जमिनहरू रङ्गका चारु पाटा ॥
सेता धर्का नदीका सिलमिल हरिया वृक्ष काला बनेका ।
छाना छाना उठेका गजुरहरु तिखा सानु टुप्पा सियाका ॥
(१२)
नीलो नीलो हुँदै गो रँग परपर भै रूप सारा गुमेर ।
नीलो नीलो फिका क्यै सुमधुर कुइरो पातलो बेर्हिए झैं ॥
आयो चाँडै तहालू जलद अब बनी पातलो हुस्सुतुल्य ।
भेट्थ्यो त्यो यान ऊँचा अब घनतलका पातला जाल चल्दा ॥
(१३)
चीसो निक्कै हुनाले नृपवर अलि क्यै खुम्चिएका समान ।
देखी हाँसेर भन्छन् नृपवर सुर ती "स्वर्गमा नै हुँदैन ॥
हामीमा गर्मि-सर्दी हृदयसित मिली आउँछन् उष्ण भाव ।
ठण्डा होला निकै नै नृपवर प्रभुमा उच्चताको प्रभाव ॥
(१४)
बोले यी मिष्ठवाणी जब सुरपतिका यानका हाँकले ती ।
राजाले अस्त्र आफ्नो 'हृदनल'[1] महिमासाथ गर्छन् प्रयोग ॥
झिल्क्यो आगो भिभिल्भिल् झलललल घुम्यो, यानको चारतर्फ ।
साना सेता रँगीला रँगविरँग लियो राप नै नागबेली ॥
(१५)
गर्मी चढ्दै गयो झन् क्षणभर सुर ती रापले ताप पारी ।
गर्माएका हुँदामा हँसमुख अब छन् भूप दुष्यन्त भारी ॥
"मेरो यो अस्त्र यौटा 'हृदनल' कहिने एक यो हो बिजूली ।
मेघारूढा भवानीसँग वर पहिले पाइएको खुशीमा ॥"
(१६)
- ↑ काल्पनिक अग्न्यस्त्र ।