Page:Shakuntala.pdf/320: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मीठा कोमल शाब्दले नजरले बोल्दा भिजेका बडा । | |||
::काँपेका दिलले चरीसरि कुनै वर्षा बिजूली अघि ॥ | |||
रुन्थिन् लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो । | |||
::पैह्लेका मृदु बात ली विपिनका वासन्तिका माधुरी ॥ | |||
{{pcn|(२३)}} | |||
यौटा आँसु गडेर गोल लव झैं गाला छुँदो लर्बरी । | |||
::टप्कूँ टप्कूँ गरेर त्यो अडिरह्यो दुःखै थियो माधुरी ॥ | |||
त्यो घुँक्का कति कष्टले शरमले निल्थिन् तिनी ओठले । | |||
::मीठा बात सुनाउँदै शिव कठै ! मूर्छा हुँदै चोटले ॥ | |||
{{pcn|(२४)}} | |||
त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले रूँदा । | |||
::यस्तो घोर भएर विप्लव त्यसै स्वर्गै वहाँ वर्षिंदा ॥ | |||
केही सम्झिनँ ! सम्झना ! किन थिइस् मूर्छा बनी शून्यता ? | |||
::हा प्यारी ! बिचरी चरी झरझरी रुन्थिन् गइन् ती कता ॥ | |||
{{pcn|(२५)}} | |||
हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल । | |||
::आशाले विरही थियो हृदय क्या भाषा लिँदो मञ्जुल ॥ | |||
को होलिन् ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी । | |||
::कालो बादलमा विलीन अब छन् विश्वै अँध्यारो बनी ॥ | |||
{{pcn|(२६)}} | |||
तारा आँसु भएर आज निशिमा नीलो बनाई मुख । | |||
::चम्के ती जलबिन्दु दीर्घनयनीका नानिका सम्मुख ॥ | |||
कोही छैन ? कहाँ गइन् खबर क्यै ल्याईदिने सत्वर । | |||
::पानी झील बनेर थाप्छु उरमा ती आँसु रात्रीभर ॥ | |||
{{pcn|(२७)}} | |||
भेटेदेखि बताइदेऊ जन हो ! दुष्यन्त राजाकन । | |||
::साह्रै दुःख छ नींदशून्य पछुतो जल्दो छ सुक्दै मन ॥ | |||
हा ! हा ! दिव्य शकुन्तले ! नजर भो झल्का मिले एक नै । | |||
::मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥ | |||
{{pcn|(२८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:17, 30 May 2025
मीठा कोमल शाब्दले नजरले बोल्दा भिजेका बडा ।
काँपेका दिलले चरीसरि कुनै वर्षा बिजूली अघि ॥
रुन्थिन् लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो ।
पैह्लेका मृदु बात ली विपिनका वासन्तिका माधुरी ॥
(२३)
यौटा आँसु गडेर गोल लव झैं गाला छुँदो लर्बरी ।
टप्कूँ टप्कूँ गरेर त्यो अडिरह्यो दुःखै थियो माधुरी ॥
त्यो घुँक्का कति कष्टले शरमले निल्थिन् तिनी ओठले ।
मीठा बात सुनाउँदै शिव कठै ! मूर्छा हुँदै चोटले ॥
(२४)
त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले रूँदा ।
यस्तो घोर भएर विप्लव त्यसै स्वर्गै वहाँ वर्षिंदा ॥
केही सम्झिनँ ! सम्झना ! किन थिइस् मूर्छा बनी शून्यता ?
हा प्यारी ! बिचरी चरी झरझरी रुन्थिन् गइन् ती कता ॥
(२५)
हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल ।
आशाले विरही थियो हृदय क्या भाषा लिँदो मञ्जुल ॥
को होलिन् ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी ।
कालो बादलमा विलीन अब छन् विश्वै अँध्यारो बनी ॥
(२६)
तारा आँसु भएर आज निशिमा नीलो बनाई मुख ।
चम्के ती जलबिन्दु दीर्घनयनीका नानिका सम्मुख ॥
कोही छैन ? कहाँ गइन् खबर क्यै ल्याईदिने सत्वर ।
पानी झील बनेर थाप्छु उरमा ती आँसु रात्रीभर ॥
(२७)
भेटेदेखि बताइदेऊ जन हो ! दुष्यन्त राजाकन ।
साह्रै दुःख छ नींदशून्य पछुतो जल्दो छ सुक्दै मन ॥
हा ! हा ! दिव्य शकुन्तले ! नजर भो झल्का मिले एक नै ।
मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥
(२८)