Jump to content

Page:Shakuntala.pdf/299: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
"म ब्यूँझै नै बस्थें निशिभर उठीदेउन प्रिय !"
::भनी बिन्ती गर्ने तर उ छ त्यहाँ मूर्छित दुख ॥
यसो खोली हेर्दा पलक नचिनी बन्द छ त्यसै ।
::नबुझ्ने के ठुँग्थे त्यसकन दशादुष्ट विहग ॥
{{pcn|(१४२)}}


हरे ! यस्तो तिम्रो गति करुण यो सोच्दछु जब ।
::शशी मेघाच्छन्ना प्रकृति मुख सम्झन्छु म तब ॥
फुलेथ्यो ढुङ्गो नै पनि अघि जहाँ निभ्दछ छवि ।
::लिपेका स्वप्ना झैं मलिन जगतै देख्दछ कवि ॥
{{pcn|(१४३)}}
सधैं रूँ रूँ लाग्थ्यो निकट नहुँदा प्रेम प्रभुको ।
::हजारौं इच्छाका मृदुल लहरी श्वासहरुको ॥
तिमी छोडी रुन्थ्यौ खबर दिलका पत्रविनुका ।
::बढाई हावामा तर अब उनैमा यवनिका ॥
{{pcn|(१४४)}}
रहे ! साना साना मृदुल जलदानाहरु बनी ।
::उठे मीठा नाना हृदय रहने भाव नभनी ॥
भनूँला जो भन्थ्यो कति कति कुरा छेड रसिला ।
::बिलाए, झस्केका विहगसरि पर्दा शिर शिला ॥
{{pcn|(१४५)}}
"त्यसै बिर्सी बस्ने मकन दिल क्या कोमल" भनी ।
::भनूँला झैं लाग्थ्यो रिससित उचाली गह पनि ॥
"हरे त्यस्तो ढुङ्गो हुनु ? दिल रुवाई यति दिन ।"
::भनूँला झैं लाग्थ्यो कति सब कुरा पाइ मिलन ॥
अडी छाती रूँला रस विरहको दीर्घ वनको ।
::तिनै मोती जस्ता जलहरु सिँगारी नयनको ॥
यही भेटी मेरी भनिकन चढाएँ, छ बदला ।
::भनी ल्यूँला मीठो वचन कर लाईकन गला ॥
भनी सोच्थ्यो जो जो गृहसरसता चाख मधुर ।
::बनी रानी सानी उपवन चहारेर रहर ॥
पुर्‍याई आनन्दी हुदयसँग खेलाइ प्रहर ।
::रहूँला भन्ने ती मृदुलपन हुन्छन्‌ थरहर ॥
{{pcn|(१४६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 10:34, 28 May 2025

This page has been proofread

"म ब्यूँझै नै बस्थें निशिभर उठीदेउन प्रिय !"
भनी बिन्ती गर्ने तर उ छ त्यहाँ मूर्छित दुख ॥
यसो खोली हेर्दा पलक नचिनी बन्द छ त्यसै ।
नबुझ्ने के ठुँग्थे त्यसकन दशादुष्ट विहग ॥
(१४२)

हरे ! यस्तो तिम्रो गति करुण यो सोच्दछु जब ।
शशी मेघाच्छन्ना प्रकृति मुख सम्झन्छु म तब ॥
फुलेथ्यो ढुङ्गो नै पनि अघि जहाँ निभ्दछ छवि ।
लिपेका स्वप्ना झैं मलिन जगतै देख्दछ कवि ॥
(१४३)

सधैं रूँ रूँ लाग्थ्यो निकट नहुँदा प्रेम प्रभुको ।
हजारौं इच्छाका मृदुल लहरी श्वासहरुको ॥
तिमी छोडी रुन्थ्यौ खबर दिलका पत्रविनुका ।
बढाई हावामा तर अब उनैमा यवनिका ॥
(१४४)

रहे ! साना साना मृदुल जलदानाहरु बनी ।
उठे मीठा नाना हृदय रहने भाव नभनी ॥
भनूँला जो भन्थ्यो कति कति कुरा छेड रसिला ।
बिलाए, झस्केका विहगसरि पर्दा शिर शिला ॥
(१४५)

"त्यसै बिर्सी बस्ने मकन दिल क्या कोमल" भनी ।
भनूँला झैं लाग्थ्यो रिससित उचाली गह पनि ॥
"हरे त्यस्तो ढुङ्गो हुनु ? दिल रुवाई यति दिन ।"
भनूँला झैं लाग्थ्यो कति सब कुरा पाइ मिलन ॥
अडी छाती रूँला रस विरहको दीर्घ वनको ।
तिनै मोती जस्ता जलहरु सिँगारी नयनको ॥
यही भेटी मेरी भनिकन चढाएँ, छ बदला ।
भनी ल्यूँला मीठो वचन कर लाईकन गला ॥
भनी सोच्थ्यो जो जो गृहसरसता चाख मधुर ।
बनी रानी सानी उपवन चहारेर रहर ॥
पुर्‍याई आनन्दी हुदयसँग खेलाइ प्रहर ।
रहूँला भन्ने ती मृदुलपन हुन्छन्‌ थरहर ॥
(१४६)