Jump to content

Page:Ek chihan.pdf/109: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हर्षनारानतिर हेरेर माहिला तामाङले फेरि भने- "छोरी केही नजानेकी सिधासाधा छ, विराएकोमा माफ गरी तालिम गर्नुहोला ।"
हर्ष नारानतिर हेरेर माहिला तामाङले फेरि भने– "छोरी केही नजानेकी  
सिधासाधा छ, बिराएकोमा माफ गरी तालिम गर्नु होला ।"


पुननारानले हाँसेर भने- "केही धन्दा नमान्नुहोला, हामी छोरी  
पुन नारानले हाँसेर भने– "केही धन्दा नमान्नु होला, हामी छोरी  
सम्झनेछौं ।"
सम्झने छौँ ।"


बिदा भएर पुतलीहरू जान खोजे अनि रुँदै पुतलीकी आमाले भनिन्-
बिदा भएर पुतलीहरू जान खोजे अनि रुँदै पुतलीकी आमाले भनिन्–
"पर्सि आऊ त है नानी !"
"पर्सि आऊ त है नानी !"


पुतलीले रुँदै स्वीकृतिसूचक टाउको हल्लाइन् ।
पुतलीले रुँदै स्वीकृति सूचक टाउको हल्लाइन् ।


माहिला तामाङले गहभरि आँसु गरी पुननारानसित विनीत भएर  
माहिला तामाङले गहभरि आँसु गरी पुन नारानसित विनीत भएर  
भने- "पर्सि पठाइदिनुहोला ।"
भने– "पर्सि पठाइ दिनु होला ।"


"हवस् ।" नम्रता साथ पुननारानले भने ।
"हवस् ।" नम्रता साथ पुन नारानले भने ।


हर्षनारानको घरमा नयाँ दुलहीका निम्ति सबै जना भारी उत्कण्ठा
हर्ष नारानको घरमा नयाँ दुलहीका निम्ति सबै जना भारी उत्कण्ठा
साथ बाटो पर्खिरहेका छन् ।
साथ बाटो पर्खि रहेका छन् ।


नयाँ दुलही घरमुनि आइपुगिन् । "ईः । डोको बोक्ने पखिनी पो  
नयाँ दुलही घरमुनि आइ पुगिन् । "यीः ! डोको बोक्ने पखिनी पो  
रहिछ । नयाँ दुलही भएर पनि डोको बोकी हँसिया समाएर आउने  
रहिछ । नयाँ दुलही भएर पनि डोको बोकी हँसिया समाएर आउने कस्ती
गरिबकी छोरी रहिछ ।" झ्यालमा बस्ने छिमेकी आइमाईहरूबीच कुरा  
गरिबकी छोरी रहिछ ।" झ्यालमा बस्ने छिमेकी आइमाईहरूका बीचमा कुरा  
चल्न थाल्यो । कसैले "छिः । कस्ती ल्याएको नि, ल्याएपछि अलि गतिली त  
चल्न थाल्यो । कसैले "छिः । कस्ती ल्याएको नि, ल्याएपछि अलि गतिली त  
ल्याउनुपर्छ, कस्ती पखिनी ।" पनि भने ।
ल्याउनु पर्छ, कस्ती पखिनी ।" पनि भने ।


नयाँ दुलही गृहप्रवेश गरेको दिन भएकाले सानोतिनो रूपमा भए  
नयाँ दुलहीले प्रवेश गरेको दिन भएको हुनाले सानोतिनो रूपमा भए  
पनि हर्षनारानको घरमा आज भोज गरिएको थियो । भातको सट्टा चिउरा,  
पनि हर्ष नारानको घरमा आज भोज गरिएको थियो । भातको सट्टा चिउरा,  
अलिकति मासु र तीन-तीन थोक तरकारीहरू पनि थिए, जाँडरक्सी पनि केही  
अलिकति मासु र तीन तीन थोक तरकारीहरू पनि थिए, जाँड रक्सी पनि केही  
मात्रामा थियो । यी सबैका निम्ति शिवनारानले दश रुपियाँ सापट लिनुपरेको
मात्रामा थियो । यी सबैका निम्ति शिव नारानले दश रुपियाँ सापट लिनु परेको
थियो । परिवारका सबै मानिसहरूको प्रसन्नता र नाचगान, ख्यालठट्टा देखेर  
थियो । परिवारका सबै मानिसहरूको प्रसन्नता र नाचगान, ख्यालठट्टा देखेर  
पुतली पनि निकै प्रसन्न र प्रभावित भइन् ।
पुतली पनि निकै प्रसन्न र प्रभावित भइन् ।


करिब रातको दश बजिसक्यो, अलि अबेर भइसकेकाले शिव
करिब रातको दश बजि सक्यो, अलि अबेर भइ सकेकाले शिव
नारानले आजको रमाइलो भङ्ग गर्नुपर्यो, किनभने उनलाई खेतमा सुत्न  
नारानले आजको रमाइलो भङ्ग गर्नु पर्‍यो, किनभने उनलाई खेतमा सुत्न  
जान निकै अबेर भइसकेको थियो ।
जान निकै अबेर भइ सकेको थियो ।


हर्षनारानको कोठामा आज बत्ती नभए पनि उज्यालो हाँसिरहेको
हर्ष नारानको कोठामा आज बत्ती नभएर पनि उज्यालो हाँसि रहेको
छ, केही नभएर पनि परिपूर्णता देखा परिरहेछ । कोठामा गएर ढोका बन्द
छ, केही नभएर पनि परिपूर्ण देखा परि रहेको छ । कोठामा गएर ढोका बन्द

Latest revision as of 22:42, 23 June 2025

This page has been proofread

हर्ष नारानतिर हेरेर माहिला तामाङले फेरि भने– "छोरी केही नजानेकी सिधासाधा छ, बिराएकोमा माफ गरी तालिम गर्नु होला ।"

पुन नारानले हाँसेर भने– "केही धन्दा नमान्नु होला, हामी छोरी सम्झने छौँ ।"

बिदा भएर पुतलीहरू जान खोजे अनि रुँदै पुतलीकी आमाले भनिन्– "पर्सि आऊ त है नानी !"

पुतलीले रुँदै स्वीकृति सूचक टाउको हल्लाइन् ।

माहिला तामाङले गहभरि आँसु गरी पुन नारानसित विनीत भएर भने– "पर्सि पठाइ दिनु होला ।"

"हवस् ।" नम्रता साथ पुन नारानले भने ।

हर्ष नारानको घरमा नयाँ दुलहीका निम्ति सबै जना भारी उत्कण्ठा साथ बाटो पर्खि रहेका छन् ।

नयाँ दुलही घरमुनि आइ पुगिन् । "यीः ! डोको बोक्ने पखिनी पो रहिछ । नयाँ दुलही भएर पनि डोको बोकी हँसिया समाएर आउने कस्ती गरिबकी छोरी रहिछ ।" झ्यालमा बस्ने छिमेकी आइमाईहरूका बीचमा कुरा चल्न थाल्यो । कसैले "छिः । कस्ती ल्याएको नि, ल्याएपछि अलि गतिली त ल्याउनु पर्छ, कस्ती पखिनी ।" पनि भने ।

नयाँ दुलहीले प्रवेश गरेको दिन भएको हुनाले सानोतिनो रूपमा भए पनि हर्ष नारानको घरमा आज भोज गरिएको थियो । भातको सट्टा चिउरा, अलिकति मासु र तीन तीन थोक तरकारीहरू पनि थिए, जाँड रक्सी पनि केही मात्रामा थियो । यी सबैका निम्ति शिव नारानले दश रुपियाँ सापट लिनु परेको थियो । परिवारका सबै मानिसहरूको प्रसन्नता र नाचगान, ख्यालठट्टा देखेर पुतली पनि निकै प्रसन्न र प्रभावित भइन् ।

करिब रातको दश बजि सक्यो, अलि अबेर भइ सकेकाले शिव नारानले आजको रमाइलो भङ्ग गर्नु पर्‍यो, किनभने उनलाई खेतमा सुत्न जान निकै अबेर भइ सकेको थियो ।

हर्ष नारानको कोठामा आज बत्ती नभएर पनि उज्यालो हाँसि रहेको छ, केही नभएर पनि परिपूर्ण देखा परि रहेको छ । कोठामा गएर ढोका बन्द