Jump to content

Page:Ek chihan.pdf/95: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{left|{{larger|'''पच्चीस'''}}}}
{{left|{{larger|'''पच्चीस'''}}}}


शिवनारान आज साबिक समयमा खेतमा गए । आजदेखि उनले  
शिव नारान आज साबिक झैँ समयमा खेतमा गए । आजदेखि उनले  
नानीथकुंलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका  
नानीथकुँलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका  
लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त  
लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त  
पनि शिवनारानले गरे । खास गरेर शिवनारानको कोठाको एक परिवार  
पनि शिव नारानले गरे । खास गरेर शिव नारानको कोठाको एक परिवार  
खेतैमा बस्न थाल्यो । नानीथकुं पुननारानकी स्वास्नी, अनि उनका दुई  
खेतैमा बस्न थाल्यो । नानीथकुँ पुन नारानकी स्वास्नी, अनि उनका दुई  
केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे ।
केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे ।


शिवनारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै  
शिव नारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै  
उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर  
उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर  
कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।
कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।


आज पनि हाकुमाया निदाउन निदाउन खोजिरहेकी थिइन्, शिव
आज पनि हाकुमाया निदाउन निदाउन खोजि रहेकी थिइन्, शिव
नारानले ठट्टा गर्दै भने- "छि: कति सुत्नुपर्ने मानिस ! एकछिन ठट्टा त  
नारानले ठट्टा गर्दै भने– "छिः कति सुत्नु पर्ने मानिस ! एक छिन ठट्टा त  
गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइरहेको यो कोठामा  
गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइ रहेको यो कोठामा  
आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपयो भने मलाई  
आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपर्‍यो भने मलाई  
शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपिराखेको जस्तो लाग्छ ।"
शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपि राखेको जस्तो लाग्छ ।"


"छि: बुढो भएर पनि कति ठट्टा गर्नुपर्ने !" हाकुमाया मुसुक्क हाँसिन्
"छिः बुढो भइ सकेर पनि कति ठट्टा गर्नु पर्ने अझ !" मुसुक्क हाँसेर
हाकुमायाले भनिन् ।  


"तिम्रो यौवनमा खेलिरहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका  
"तिम्रो यौवनमा खेलि रहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका  
परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो  
परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो  
भन्छ्यौ ?" शिवनारानले पनि हाँसेर भने ।
भन्छ्यौ ?" शिव नारानले पनि हाँसेर भने ।
{{nop}}
{{nop}}

Latest revision as of 15:52, 23 June 2025

This page has been proofread
पच्चीस

शिव नारान आज साबिक झैँ समयमा खेतमा गए । आजदेखि उनले नानीथकुँलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिव नारानले गरे । खास गरेर शिव नारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्यो । नानीथकुँ र पुन नारानकी स्वास्नी, अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे ।

शिव नारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।

आज पनि हाकुमाया निदाउन निदाउन खोजि रहेकी थिइन्, शिव नारानले ठट्टा गर्दै भने– "छिः कति सुत्नु पर्ने मानिस ! एक छिन ठट्टा त गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइ रहेको यो कोठामा आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपर्‍यो भने मलाई शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपि राखेको जस्तो लाग्छ ।"

"छिः बुढो भइ सकेर पनि कति ठट्टा गर्नु पर्ने अझ !" मुसुक्क हाँसेर हाकुमायाले भनिन् ।

"तिम्रो यौवनमा खेलि रहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो भन्छ्यौ ?" शिव नारानले पनि हाँसेर भने ।