Page:Ek chihan.pdf/78: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{left|{{larger|'''बाइस'''}}}} | {{left|{{larger|'''बाइस'''}}}} | ||
आफ्नो खेतको काममा अलमलिँदा पनि | आफ्नो खेतको काममा अलमलिँदा पनि शिव नारानले नानीथकुँ र | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादमाथि उठेर रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि | ||
मनमा | मनमा झनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिव नारान पाँच बज्दा नबज्दै | ||
घर फर्केका थिए । आज पनि आफ्नै घरबाट | घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्त प्रसाद फर्कंदै गरेको देख्ता | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादलाई समातेर निमोठि हालूँ जस्तो उनलाई भयो । डाक्टर | ||
गोदत्त प्रसादलाई पनि एकाएक शिव नारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो | |||
भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर | भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर | ||
एकदम | एकदम अतासिइ सकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव | ||
गरी | गरी शिव नारानसँग भने– "किन हँ, निकै चाँडै फर्क्यौ नि शिव नारान ? तिम्रो | ||
खेतमा रोपाईं सिद्धियो ?" | खेतमा रोपाईं सिद्धियो ?" | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादले पनि बोलि दिँदा त शिव नारान झन् रिसले | ||
भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि | भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि | ||
क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता | क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता | ||
'नमस्ते' सम्म पनि गरेका थिएनन् । | |||
उनी सरासर | उनी सरासर तान कोठामा गए । झन् नानीथकुँलाई नदेख्ता उनको | ||
रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ | रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिव नारानले क्रुद्ध | ||
भावमा | भावमा भने– "नानीथकुँ खोइ नि ?" | ||
"कपाल दुखेर कोठामा | "कपाल दुखेर कोठामा पल्टि रहेकी छ ।" स्वाभाविक स्वरमा | ||
लतमायाले भनिन् । | लतमायाले भनिन् । | ||
"तपाईं छोरीको रखवारी | "तपाईं छोरीको रखवारी भइ रहनु भएको हो कि कुटुनी ? घरमा | ||
गुन्डा नाचेर | गुन्डा नाचेर गइ सक्यो, तपाईं छोरीलाई कपाल दुखि रहेको छ भनी यहाँ सुति |
Latest revision as of 22:26, 22 June 2025
आफ्नो खेतको काममा अलमलिँदा पनि शिव नारानले नानीथकुँ र डाक्टर गोदत्त प्रसादमाथि उठेर रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा झनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिव नारान पाँच बज्दा नबज्दै घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्त प्रसाद फर्कंदै गरेको देख्ता डाक्टर गोदत्त प्रसादलाई समातेर निमोठि हालूँ जस्तो उनलाई भयो । डाक्टर गोदत्त प्रसादलाई पनि एकाएक शिव नारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर एकदम अतासिइ सकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव गरी शिव नारानसँग भने– "किन हँ, निकै चाँडै फर्क्यौ नि शिव नारान ? तिम्रो खेतमा रोपाईं सिद्धियो ?"
डाक्टर गोदत्त प्रसादले पनि बोलि दिँदा त शिव नारान झन् रिसले भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता 'नमस्ते' सम्म पनि गरेका थिएनन् ।
उनी सरासर तान कोठामा गए । झन् नानीथकुँलाई नदेख्ता उनको रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिव नारानले क्रुद्ध भावमा भने– "नानीथकुँ खोइ नि ?"
"कपाल दुखेर कोठामा पल्टि रहेकी छ ।" स्वाभाविक स्वरमा लतमायाले भनिन् ।
"तपाईं छोरीको रखवारी भइ रहनु भएको हो कि कुटुनी ? घरमा गुन्डा नाचेर गइ सक्यो, तपाईं छोरीलाई कपाल दुखि रहेको छ भनी यहाँ सुति