Jump to content

Page:Shakuntala.pdf/264: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
यानभित्र पस्दछिन्‌ र ।
::"दूर छैन भो बढूँ त !
दूर छैन ! दिव्य ध्येय ।
::नन्दनैसमान दृश्य ॥
देखियो त एक बार !
::राजधाम त्यो अपार ॥
राज्य यो बडो उदार ।
::यो हरा भरा प्रकाश ॥
बीच सान्ध्य कान्ति खास ।
::तुल्य राज्य गर्न पाऊ ।
आउ पुत्रि ! आउ आऊ ॥"
{{pcn|(२२)}}


शीघ्र शीघ्र चल्छ यान ।
::राजधामतर्फ जान ॥
मिर्मिरि बनेर दृश्य ।
::हेर्दछन्‌ सबै वितान ॥
शान्त मौन मिर्मिरे छ ।
::एक तारका अगाडि ॥
व्योम हुन्छ फेरि श्याम ।
::वारिवाह वैलिजान्छ ॥
सुस्त सुस्त भै विलीन ।
::मार्ग बन्छ क्यै मलीन ॥
{{pcn|(२३)}}
"आज छैन सम्झना कि" भन्छ भित्र कल्पना ।
::स्वप्नततुल्य वैलिजान्छ मेघमाथि सम्झना ॥
ती बिदाइ स्वर्गतर्फ ती दिनेश जो गए ।
::दूर अन्य दृश्यभित्र के मलाई बिर्सिए ?
{{pcn|(२४)}}
शैलवासिनी समान साँझका झलकमा ।
::शीत शीत पक्ष्ममाथि ली वियोगिनी थिएँ ॥
फुस्रिएर अन्धकार छाउँथ्यो दिशा दश ।
::एक अंश नै मिलेन अन्धकारको वश ॥
एक पुष्प नै खिलेन दुःखले निसास्सिएँ ।
{{pcn|(२५)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:36, 24 May 2025

This page has been proofread

यानभित्र पस्दछिन्‌ र ।
"दूर छैन भो बढूँ त !
दूर छैन ! दिव्य ध्येय ।
नन्दनैसमान दृश्य ॥
देखियो त एक बार !
राजधाम त्यो अपार ॥
राज्य यो बडो उदार ।
यो हरा भरा प्रकाश ॥
बीच सान्ध्य कान्ति खास ।
तुल्य राज्य गर्न पाऊ ।
आउ पुत्रि ! आउ आऊ ॥"
(२२)

शीघ्र शीघ्र चल्छ यान ।
राजधामतर्फ जान ॥
मिर्मिरि बनेर दृश्य ।
हेर्दछन्‌ सबै वितान ॥
शान्त मौन मिर्मिरे छ ।
एक तारका अगाडि ॥
व्योम हुन्छ फेरि श्याम ।
वारिवाह वैलिजान्छ ॥
सुस्त सुस्त भै विलीन ।
मार्ग बन्छ क्यै मलीन ॥
(२३)

"आज छैन सम्झना कि" भन्छ भित्र कल्पना ।
स्वप्नततुल्य वैलिजान्छ मेघमाथि सम्झना ॥
ती बिदाइ स्वर्गतर्फ ती दिनेश जो गए ।
दूर अन्य दृश्यभित्र के मलाई बिर्सिए ?
(२४)

शैलवासिनी समान साँझका झलकमा ।
शीत शीत पक्ष्ममाथि ली वियोगिनी थिएँ ॥
फुस्रिएर अन्धकार छाउँथ्यो दिशा दश ।
एक अंश नै मिलेन अन्धकारको वश ॥
एक पुष्प नै खिलेन दुःखले निसास्सिएँ ।
(२५)