Jump to content

Page:Shakuntala.pdf/247: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
जान्छिन्‌ ओर्ली उपवन भजी सम्झनाले मिहीन ।
::देख्छिन्‌ यौटा मृदुल बिरुवा वैलिएको मलीन ॥
"दुःखी प्यारी सखि पर हने त्रासले आज दीन ।
::कल्ले देला जल ? नजरले सम्झनाको मिहीन ॥"
भन्दै आँखा टलपल हँदा कोमला हातबाट ।
::दिन्छिन्‌ आशा "हृदयसँगमै छौं" भनी प्रेमसाथ ॥
{{pcn|(६१)}}


हाँस्छन्‌ भन्थे अघि तरु लता आज छन्‌ क्या उदास ।
::चीसो चीसो छ अब वनमा घाममा नै बतास ॥
गाँसी मेरा हृदयसँगमा, प्रेमको वृक्ष वल्ली ।
::स्वर्गै देख्थें कुसुमित यहाँ स्वप्नको भै विकास ॥
{{pcn|(६२)}}
"मेरा प्यारा सखि सब रहे प्रेमका रूप नाना ।
::खेल्थें डुल्थें यिनसँग कुरा गर्दथें साथ बढ्थें ॥
पढ्थें पाना कुसुमहरुमा, सुन्दथें मिष्ट गाना ।
::दाना दाना हृदय चुहुँदै हुन्छु आजै रवाना ॥
{{pcn|(६३)}}
मेरो क्रीडावन समयले दूर राख्ला मबाट ।
::सग्लै बन्ला हृदयपटमा चित्र यो प्रेमसाथ ॥
सम्झी सम्झी मनमन सदा कल्पिंदी प्रेमकुञ्ज ।
::डुल्दै डुल्दै गहभर हुँदै छर्कुला रोज रोज ॥
{{pcn|(६४)}}
वल्ली फुल्ली पिकहरु यहाँ फूल डाक्लान्‌ रँगीन ।
::हल्ली हल्ली मलयतरुमा नृत्य गर्लान्‌ नवीन ॥
चिल्ली खुल्ली मधुर मुखकी मञ्जरी मञ्जु फेरि ।
::वल्ली वल्ली विहगहरुले गान गर्दा वसन्ती ॥
{{pcn|(६५)}}
चीसो बन्दै हृदय तर हा ! आँसुले सम्झिनेछु ।
::न्यानो पाई स्फुट-अधरमा कोपिला फैलिनेछ ॥
खुम्ची खुम्ची हुदय तर यो शीतदाना लिनेछ ।
::आशा फुल्ली वनभर यहाँ दुःख मेरो हुनेछ ॥
{{pcn|(६६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:18, 18 May 2025

This page has been proofread

जान्छिन्‌ ओर्ली उपवन भजी सम्झनाले मिहीन ।
देख्छिन्‌ यौटा मृदुल बिरुवा वैलिएको मलीन ॥
"दुःखी प्यारी सखि पर हने त्रासले आज दीन ।
कल्ले देला जल ? नजरले सम्झनाको मिहीन ॥"
भन्दै आँखा टलपल हँदा कोमला हातबाट ।
दिन्छिन्‌ आशा "हृदयसँगमै छौं" भनी प्रेमसाथ ॥
(६१)

हाँस्छन्‌ भन्थे अघि तरु लता आज छन्‌ क्या उदास ।
चीसो चीसो छ अब वनमा घाममा नै बतास ॥
गाँसी मेरा हृदयसँगमा, प्रेमको वृक्ष वल्ली ।
स्वर्गै देख्थें कुसुमित यहाँ स्वप्नको भै विकास ॥
(६२)

"मेरा प्यारा सखि सब रहे प्रेमका रूप नाना ।
खेल्थें डुल्थें यिनसँग कुरा गर्दथें साथ बढ्थें ॥
पढ्थें पाना कुसुमहरुमा, सुन्दथें मिष्ट गाना ।
दाना दाना हृदय चुहुँदै हुन्छु आजै रवाना ॥
(६३)

मेरो क्रीडावन समयले दूर राख्ला मबाट ।
सग्लै बन्ला हृदयपटमा चित्र यो प्रेमसाथ ॥
सम्झी सम्झी मनमन सदा कल्पिंदी प्रेमकुञ्ज ।
डुल्दै डुल्दै गहभर हुँदै छर्कुला रोज रोज ॥
(६४)

वल्ली फुल्ली पिकहरु यहाँ फूल डाक्लान्‌ रँगीन ।
हल्ली हल्ली मलयतरुमा नृत्य गर्लान्‌ नवीन ॥
चिल्ली खुल्ली मधुर मुखकी मञ्जरी मञ्जु फेरि ।
वल्ली वल्ली विहगहरुले गान गर्दा वसन्ती ॥
(६५)

चीसो बन्दै हृदय तर हा ! आँसुले सम्झिनेछु ।
न्यानो पाई स्फुट-अधरमा कोपिला फैलिनेछ ॥
खुम्ची खुम्ची हुदय तर यो शीतदाना लिनेछ ।
आशा फुल्ली वनभर यहाँ दुःख मेरो हुनेछ ॥
(६६)