Page:Shakuntala.pdf/212: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
उषाका झ्यालैमा दिनकर गई स्वर्ण करले । | |||
::त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥ | |||
बने पोका राम्रा जलद रँगका व्योमतलमा । | |||
::गवैया पङ्खीका हृदय पनि पारी छिरबिर ॥ | |||
{{pcn|(२९)}} | |||
सुनौला भै जाई किसलयकलेजी परि मुना । | |||
::हरीया भै नाच्छन् धवल रँग चम्पा हुन गई ॥ | |||
जपा रातो, राम्री जुइ कमल सेतो कनकको । | |||
::बने चम्पा राम्रा गगनरस इन्दीवर बन्यो ॥ | |||
{{pcn|(३०)}} | |||
छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा । | |||
::चली जिस्की बस्ने युवति कुसुमी हेर नखरै ॥ | |||
यसो छल्दै बङ्गी मृदुमय तरङ्गी रँगरँग । | |||
::बने चाला बैंसे सहृदय हिली चारु विनता ॥ | |||
{{pcn|(३१)}} | |||
कुनै भो भो नाई अब रँग पुग्यो भन्न सरस । | |||
::नुही ढल्की बङ्गी छुनुमुनु गरी छन् मृदु रस ॥ | |||
गठीला छातीमा मदन-रँगले छुन्छ छविला । | |||
::चरा बाजा डोल्छन् लहर रँगमा नाच्दछ खुला ॥ | |||
{{pcn|(३२)}} | |||
छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको । | |||
::कुनै घुम्टो लिन्छन् अलि अलि खुला छन् अन कुनै ॥ | |||
कुनै लुक्छन् झाडीतिर मुख दिई केसर रँग । | |||
::प्रसन्ना भै लिन्छन् प्रियतम खुशाऊँसरिसँग ॥ | |||
{{pcn|(३३)}} | |||
यस्तो ढङ्ग भयो बिहा विपिनका राजा बने सूर्य झैं । | |||
::मानो लाज बनेर बादल उषा जस्ती बनिन् ती बधू ॥ | |||
छोटो रङ्ग गुलाबकी सरसरी आएर वैलीकन । | |||
::घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥ | |||
{{pcn|(३४)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:06, 16 May 2025
उषाका झ्यालैमा दिनकर गई स्वर्ण करले ।
त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥
बने पोका राम्रा जलद रँगका व्योमतलमा ।
गवैया पङ्खीका हृदय पनि पारी छिरबिर ॥
(२९)
सुनौला भै जाई किसलयकलेजी परि मुना ।
हरीया भै नाच्छन् धवल रँग चम्पा हुन गई ॥
जपा रातो, राम्री जुइ कमल सेतो कनकको ।
बने चम्पा राम्रा गगनरस इन्दीवर बन्यो ॥
(३०)
छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा ।
चली जिस्की बस्ने युवति कुसुमी हेर नखरै ॥
यसो छल्दै बङ्गी मृदुमय तरङ्गी रँगरँग ।
बने चाला बैंसे सहृदय हिली चारु विनता ॥
(३१)
कुनै भो भो नाई अब रँग पुग्यो भन्न सरस ।
नुही ढल्की बङ्गी छुनुमुनु गरी छन् मृदु रस ॥
गठीला छातीमा मदन-रँगले छुन्छ छविला ।
चरा बाजा डोल्छन् लहर रँगमा नाच्दछ खुला ॥
(३२)
छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको ।
कुनै घुम्टो लिन्छन् अलि अलि खुला छन् अन कुनै ॥
कुनै लुक्छन् झाडीतिर मुख दिई केसर रँग ।
प्रसन्ना भै लिन्छन् प्रियतम खुशाऊँसरिसँग ॥
(३३)
यस्तो ढङ्ग भयो बिहा विपिनका राजा बने सूर्य झैं ।
मानो लाज बनेर बादल उषा जस्ती बनिन् ती बधू ॥
छोटो रङ्ग गुलाबकी सरसरी आएर वैलीकन ।
घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥
(३४)