Page:Laxmi nibandhasangraha.pdf/35: Difference between revisions
→Not proofread: Created page with "चरा मोहनी बोल्थे । जत्ति देखे, उत्ति लेखे । स्वानुभवको आनन्द स्वतः उद्गारित हुन्छ । उनी आधुनिक कवि झैं कवि हुन बालाजू गएका थिएनन्, तर बालाजूमा आइपुग्दा कवि बनेका थिए। त्यस ठाउँले..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
चरा मोहनी बोल्थे । जत्ति देखे, उत्ति लेखे । स्वानुभवको आनन्द स्वतः | चरा मोहनी बोल्थे । जत्ति देखे, उत्ति लेखे । स्वानुभवको आनन्द स्वतः | ||
उद्गारित हुन्छ । उनी आधुनिक कवि झैं कवि हुन बालाजू गएका | उद्गारित हुन्छ । उनी आधुनिक कवि झैं कवि हुन बालाजू गएका | ||
थिएनन्, तर बालाजूमा आइपुग्दा कवि बनेका थिए । त्यस ठाउँले | |||
थिएनन्, तर बालाजूमा आइपुग्दा कवि बनेका | |||
उनलाई छोएको थियो । उनी एकछिन इन्द्र बने । अनि लेखिदिए । | उनलाई छोएको थियो । उनी एकछिन इन्द्र बने । अनि लेखिदिए । | ||
उनको 'कान्तिपुरी' मधुरताको सानो झिलिमिली खानी छ, तर त्यो | उनको 'कान्तिपुरी' मधुरताको सानो झिलिमिली खानी छ, तर त्यो | ||
झिलिमिली सत्यबाट निस्कन्छ, यथार्थ रूप धारण गरेर । हाम्रो राजधानी | झिलिमिली सत्यबाट निस्कन्छ, यथार्थ रूप धारण गरेर । हाम्रो राजधानी | ||
उनलाई कान्तिकी पुरी जस्तो लाग्यो, जस्तो कहिले-कहीं हामीहरू | |||
उनलाई कान्तिकी पुरी जस्तो लाग्यो, जस्तो कहिले- | |||
बिहान-बेलुका पहाडचुलीमा देख्छौं । उनी नेपाली स्त्री-पुरुष देखेर हार्दिक | बिहान-बेलुका पहाडचुलीमा देख्छौं । उनी नेपाली स्त्री-पुरुष देखेर हार्दिक | ||
प्रेमको कवितात्मक प्रशंसा लेख्तछन् । | प्रेमको कवितात्मक प्रशंसा लेख्तछन् । | ||
Line 16: | Line 11: | ||
गुनकेशरी लाएका अप्सरा र राम्रा रमाइला बन्धुहरूले सुन्दर | गुनकेशरी लाएका अप्सरा र राम्रा रमाइला बन्धुहरूले सुन्दर | ||
सानी अमरावती पृथ्वीमा खडा हुन्छिन् । हामी त्यो कविता पढ्नासाथ | सानी अमरावती पृथ्वीमा खडा हुन्छिन् । हामी त्यो कविता पढ्नासाथ | ||
बुझ्दछौं–कति सरलतासँग उनी कान्तिपुरीको हृदयनजीकै पुगे । | |||
आजकालका कविहरू पनि लेख्छन्–विशाल विस्तार र अलङ्गारसँग । | |||
आजकालका कविहरू पनि लेख्छन् | |||
कोही-कोही छानबीनको अलौकिक चात्री चाहन्छन्, तर हृदयले पाएका | कोही-कोही छानबीनको अलौकिक चात्री चाहन्छन्, तर हृदयले पाएका | ||
झल्काहरू त्यसै सुन्दर छन्, सचेत रोजाइको जरूरतै छैन । कवितामा | झल्काहरू त्यसै सुन्दर छन्, सचेत रोजाइको जरूरतै छैन । कवितामा | ||
गहिराइ केही छैन जस्तो छ, तर नेपाली नालाहरूमा कसले सागरको | गहिराइ केही छैन जस्तो छ, तर नेपाली नालाहरूमा कसले सागरको | ||
गहिराइ देखेन ? गहिराइ नखोज्नेहरूले खाल्टा बनाए । उनकी कविता | गहिराइ देखेन ? गहिराइ नखोज्नेहरूले खाल्टा बनाए । उनकी कविता | ||
सरल भएर झल्किन्छिन् । नेपाली पहाडमा उदाउने घाममा, गम्भीरको | सरल भएर झल्किन्छिन् । नेपाली पहाडमा उदाउने घाममा, गम्भीरको | ||
मौन लिन चाहन्नन्, तर कलकल बोल्दछिन् । झल्किन्छ हामी भन्न | मौन लिन चाहन्नन्, तर कलकल बोल्दछिन् । झल्किन्छ हामी भन्न | ||
सक्तैनौं, तर त्यहाँ सत्य र सत्यको मोहनी छ । उनका धेरै फुटकर | सक्तैनौं, तर त्यहाँ सत्य र सत्यको मोहनी छ । उनका धेरै फुटकर | ||
कविताहरू हामी पाउन्नौं, तर अर्को एउटा यो सम्झना आउँछ, जहाँ | कविताहरू हामी पाउन्नौं, तर अर्को एउटा यो सम्झना आउँछ, जहाँ | ||
आँसु हाँस्तछ र बिन्तीपत्र लेख्तछ । मलाई उनी प्यारा छन्, मेरा निम्ति | आँसु हाँस्तछ र बिन्तीपत्र लेख्तछ । मलाई उनी प्यारा छन्, मेरा निम्ति | ||
नेपाली साहित्यको इतिहासमा उनी सर्वश्रेष्ठ पुरुष छन् । | नेपाली साहित्यको इतिहासमा उनी सर्वश्रेष्ठ पुरुष छन् । | ||
{{nop}} | |||
Latest revision as of 14:36, 3 February 2025
चरा मोहनी बोल्थे । जत्ति देखे, उत्ति लेखे । स्वानुभवको आनन्द स्वतः उद्गारित हुन्छ । उनी आधुनिक कवि झैं कवि हुन बालाजू गएका थिएनन्, तर बालाजूमा आइपुग्दा कवि बनेका थिए । त्यस ठाउँले उनलाई छोएको थियो । उनी एकछिन इन्द्र बने । अनि लेखिदिए । उनको 'कान्तिपुरी' मधुरताको सानो झिलिमिली खानी छ, तर त्यो झिलिमिली सत्यबाट निस्कन्छ, यथार्थ रूप धारण गरेर । हाम्रो राजधानी उनलाई कान्तिकी पुरी जस्तो लाग्यो, जस्तो कहिले-कहीं हामीहरू बिहान-बेलुका पहाडचुलीमा देख्छौं । उनी नेपाली स्त्री-पुरुष देखेर हार्दिक प्रेमको कवितात्मक प्रशंसा लेख्तछन् ।
गुनकेशरी लाएका अप्सरा र राम्रा रमाइला बन्धुहरूले सुन्दर सानी अमरावती पृथ्वीमा खडा हुन्छिन् । हामी त्यो कविता पढ्नासाथ बुझ्दछौं–कति सरलतासँग उनी कान्तिपुरीको हृदयनजीकै पुगे । आजकालका कविहरू पनि लेख्छन्–विशाल विस्तार र अलङ्गारसँग । कोही-कोही छानबीनको अलौकिक चात्री चाहन्छन्, तर हृदयले पाएका झल्काहरू त्यसै सुन्दर छन्, सचेत रोजाइको जरूरतै छैन । कवितामा गहिराइ केही छैन जस्तो छ, तर नेपाली नालाहरूमा कसले सागरको गहिराइ देखेन ? गहिराइ नखोज्नेहरूले खाल्टा बनाए । उनकी कविता सरल भएर झल्किन्छिन् । नेपाली पहाडमा उदाउने घाममा, गम्भीरको मौन लिन चाहन्नन्, तर कलकल बोल्दछिन् । झल्किन्छ हामी भन्न सक्तैनौं, तर त्यहाँ सत्य र सत्यको मोहनी छ । उनका धेरै फुटकर कविताहरू हामी पाउन्नौं, तर अर्को एउटा यो सम्झना आउँछ, जहाँ आँसु हाँस्तछ र बिन्तीपत्र लेख्तछ । मलाई उनी प्यारा छन्, मेरा निम्ति नेपाली साहित्यको इतिहासमा उनी सर्वश्रेष्ठ पुरुष छन् ।