Page:Mhendu.pdf/20: Difference between revisions
Page status | Page status | ||
- | + | Validated |
Latest revision as of 17:43, 3 May 2025
हात्ती लच्किँदा
कुक्कुर भुक्दछन् !
छुच्चा आँखाले
दोष नै ढुक्दछन् !
[१७]
हाम्रो नेपालमा
हेलाँ जाल छैन ।
थोरै छुच्चा छन् !
बाङ्गो चाल छैन ॥
हीरा हीरा छन्
थोत्रो माल छैन ॥
[१८]
हामी सबैलाई
प्रेमले अँगाल्छौँ ।
सारा संसारको
प्रीति सँगाल्छौँ !
[१९]
चौडा दिल हाम्रो
पहाड नाघ्दछ ।
सागर पारी गै
संसार ढाक्दछ ॥
प्रेमको ध्वनिले
प्रेमलाई डाक्दछ
ध्रुव ध्रुवलाई
भाइ राख्दछ ॥
[२०]
प्रेमको राजमा
कालले हार्दछ ।
जति चौडा दिल
उति अमृत जून
शान्ति झार्दछ !
"हेला गर्नेले
स्वर्ग बार्दछ !
गङ्गाजल झैँ छन्
शिवमन्दिरमा !
पूर्णिमाका दिन
सब दिल सुन्दरमा ॥
[२१]
बूढी आइमाइलाई
आमै भन्दछन् ।
बैंसकी सेर्पेनी
दिदी गन्दछन् ।
सेर्पा दाजुभाइ
आफु भन्दछन् ।
[२२]
सत्य बस्दछ
ओठमा सजिलो ।
फूल झैँ दिल खुल्छन्
बासले हँसिलो
नेपाल प्रेमले छ
आँखा रसिलो ॥
[२३]
छुच्चा वार वारमा
नेपाल अड्दैन ।
निन्दा अरूको
दिलमा चढ्दैन !