Page:Mhendu.pdf/15: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 27: | Line 27: | ||
::हेर्दछु जलले गिरि, वन घेरो ! | ::हेर्दछु जलले गिरि, वन घेरो ! | ||
अरूले रोक्छन् दिल यो मेरो" | अरूले रोक्छन् दिल यो मेरो" | ||
::भन्दै मानो रुन्छिन् ' | ::भन्दै मानो रुन्छिन् 'हेन्दु' | ||
::रुन्छिन्, रुन्छिन् | ::रुन्छिन्, रुन्छिन् | ||
::सब स्वर हुन्छिन् | ::सब स्वर हुन्छिन् |
Latest revision as of 17:17, 3 May 2025
[१]
यात्री बनेँ गोसाईंथान
सारा सुनेँ निर्झर गान ।
सात झर्नाको वीणा रुनझुन
चाँदी रङ्गमा झर्दा जुनजुन ॥
[२]
यस्तो मीठो गाना मैले
दिनमा पहिले सुनिनँ कहिले !
सारा झरझर गह्वर गुञ्जन
कुँज्छन् कूजन पन्छी रुन्छन् !
नाला-बाला बेल्छन् गुनगुन
झल्की झर्छन् जूनका कनकन
बोल्दा संसार लिन्छन् स्पन्दन
झर्छन् सारा सुरका नन्दन
मधुर देशका अधखुल झनझन ।
सकल मिलीकन स्वरमा रुन्छन्
भर्दै दिलमा अविदित रुन्झुन
[३]
"पर पर बन्ने भाग्य छ मेरो
हेर्दछु जलले गिरि, वन घेरो !
अरूले रोक्छन् दिल यो मेरो"
भन्दै मानो रुन्छिन् 'हेन्दु'
रुन्छिन्, रुन्छिन्
सब स्वर हुन्छिन्
जङ्गल भरभर
पर्वत भरभर
जलस्वर, स्वर जल
झार्छिन् धुन्छिन् ।
सारा प्यारा दिल दिल दिल !
[४]
बरबर हुन्छिन् बरबर हुन्छिन्
मानो वर्षा बादल बन्छिन् ।
स्मृतिमा बिजुली झिलझिल झिल
मानो भन्छिन् गुम्बु गुम्बु !
सागर मेरो दिलको अंबु !
ढाकी सारा पर्वत पाखा
झर्दछ बन्दै जल जल जल
यो हो मेरो संकेत भाषा
[५]
यो हो मेरो आँसु आशा
ध्वनिले बुझ्ने मासा मासा
झल्कोस् दिलमा झल झल झल !
भेट्ने आशा पाई निराशा
रोइरहेकी पल पल पल !
[६]
के भन्छिन् ती छैन नि थाहा ।
भन्दछ "गुञ्जु" दिलको राहा
पन्छी बोली बोल्न खोज्छे
झाङ्झुप्पामा चुलबुल चाहा !
[७]
झल्कन्छन् के के मनमा झल्का
स्वर्ग र पृथ्वी झिल्का मिल्का ।