Page:Mhendu.pdf/28: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
प्रेमको देशमा कर छैन | |||
::मानिस जलका बल हुन् ती । | |||
{{pcn|[३२]}} | |||
मेरो माटो देखेर | |||
::सिँगारेका बोलाउने | |||
आत्मा मेरो नजानी | |||
::तीखो धारले पोलाउने ! | |||
बुझ्ने मलाई पारी आ । | |||
::अर्को जनम खेलाउने । | |||
{{pcn|[३३]}} | |||
विन्ति वीरहो ! नलड | |||
::ढुङ्गे दिलले नभिड । | |||
माटोबाट बीउ चढ्छ | |||
::नरम सुनफूल चूलीमा | |||
शान्तिको बाटो किरणमा | |||
::कलिलो नै ईश्वर हो ! | |||
धर्म्म हो आँसु रातीमा । | |||
::आँसु आँसु रोएर | |||
विन्ति छ मेरो छातीमा ॥ | |||
{{pcn|[३४]}} | |||
राङ्जा भन्छ "छोड्दैन ! | |||
::आज यो मुख नै मोड्दैन ! | |||
आ लड् आ भिड् ! भिड्दैन ? | |||
अझ त चीसो रगतको | |||
::तेरो टाउको गिँड्दैन । | |||
थरथर सिङ् हे छेरुवा | |||
::कानलाई लाजले छेड्दैन ? | |||
{{pcn|[३५]}} | |||
म्हेन्दु भन्छिन् रिसलाली | |||
::आँधिकी रुँदी फूल डाली । | |||
"लड्छौ अझ राङ्जाजी | |||
::शरम धरम सब फाली ?" | |||
{{pcn|[३६]}} | |||
"हे वीर । हेर हेर एक फेरा | |||
::चाँदी चूली घनेरा । | |||
आज जूनमा क्या बोल्छ | |||
::शान्तिमा प्रेमको हिउँ डेरा ! | |||
{{pcn|[३७]}} | |||
"नरममा जून लाग्यो | |||
::अँधेरीको गुन भाग्यो । | |||
सेतो शान्ति झै जाग्यो | |||
::परमेश्वरको प्रेम लाग्यो ॥ | |||
{{pcn|[३८]}} | |||
जसले प्रेमले बनायो | |||
::रेखा चिन्दै रँगायो । | |||
यौटा फूलको नसालाई | |||
::लाखौं छिनो लगायो ॥ | |||
{{pcn|[३९]}} | |||
शरम छैन के तेरो ? | |||
::माटो लान्छस् यो मेरो | |||
मुटुमा मेरो चोटलाई ? | |||
::काटे काट् लौ राङ्जाजी | |||
गर्दन मेरो छिनेर | |||
::लैजा बरु मलाई ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:13, 3 May 2025
प्रेमको देशमा कर छैन
मानिस जलका बल हुन् ती ।
[३२]
मेरो माटो देखेर
सिँगारेका बोलाउने
आत्मा मेरो नजानी
तीखो धारले पोलाउने !
बुझ्ने मलाई पारी आ ।
अर्को जनम खेलाउने ।
[३३]
विन्ति वीरहो ! नलड
ढुङ्गे दिलले नभिड ।
माटोबाट बीउ चढ्छ
नरम सुनफूल चूलीमा
शान्तिको बाटो किरणमा
कलिलो नै ईश्वर हो !
धर्म्म हो आँसु रातीमा ।
आँसु आँसु रोएर
विन्ति छ मेरो छातीमा ॥
[३४]
राङ्जा भन्छ "छोड्दैन !
आज यो मुख नै मोड्दैन !
आ लड् आ भिड् ! भिड्दैन ?
अझ त चीसो रगतको
तेरो टाउको गिँड्दैन ।
थरथर सिङ् हे छेरुवा
कानलाई लाजले छेड्दैन ?
[३५]
म्हेन्दु भन्छिन् रिसलाली
आँधिकी रुँदी फूल डाली ।
"लड्छौ अझ राङ्जाजी
शरम धरम सब फाली ?"
[३६]
"हे वीर । हेर हेर एक फेरा
चाँदी चूली घनेरा ।
आज जूनमा क्या बोल्छ
शान्तिमा प्रेमको हिउँ डेरा !
[३७]
"नरममा जून लाग्यो
अँधेरीको गुन भाग्यो ।
सेतो शान्ति झै जाग्यो
परमेश्वरको प्रेम लाग्यो ॥
[३८]
जसले प्रेमले बनायो
रेखा चिन्दै रँगायो ।
यौटा फूलको नसालाई
लाखौं छिनो लगायो ॥
[३९]
शरम छैन के तेरो ?
माटो लान्छस् यो मेरो
मुटुमा मेरो चोटलाई ?
काटे काट् लौ राङ्जाजी
गर्दन मेरो छिनेर
लैजा बरु मलाई !