Jump to content

Page:Mhendu.pdf/17: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}"
 
Prty (talk | contribs)
 
(3 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|[१३]}}
आफ्नोभन्दा तामाङ्‌ बोली
::बैंस मधुरका लाली खोली !
अधर गुलाबी बोली बोली
::भन्दछ यौटै मानव मानव
एकै सूतको कञ्चन चोली ।


{{pcn|[१४]}}
सुन्दा 'म्हेन्दु' गाना इन्दु
::छुन्छिन्‌ इन्दीवरका विन्दु
झर्छन्‌ तारा पृथ्वी जलमा
::बन्छन्‌ द्यौता मानव बन्धु !
गाँसी नाला सारालाई
::लिन्छन्‌ छातीमाथि सिन्धु ।
परमेश्वरले आफ्नो मूर्ति
::छाया झार्छन्‌ मानव दिलमा
गाँसिन्छन्‌ सब देश र रीति
::माला बन्दै रङ्गी फूलमा ॥
{{pcn|[१५]}}
भाषा घुम्छन्‌, जाति मिल्छन्‌
::यौटै रूखमा हाँगा फुल्छन्‌ !
देव र देवी पन्छी डुल्छन्‌ !
::एकै ज्योति फूलमा फुल्छिन्‌ ॥
{{pcn|[१६]}}
जानें मैले प्रेमले खोले
::सिर्जन कुञ्जी परमेश्वरले
एकै दिलले हाँसी बोले
::त्यसमा रँगरँग भिन्दै घोले
धेर दिशामा लहरी डोले
::शवल बनेका पन्छी बोले ।
{{pcn|[१७]}}
हेलम्बुमा कान्तिपुरी छन्‌
::कान्तिपुरीमा भोट भरी छन्‌
फूल अनेकन बोटभरी छन्‌
::कमलहरूमा दिव्य गुलाफ ।
एक छ फुल्दो, फल्दो, बल्दो,
::एक अनेकन लहरी चल्दो
आखिर सारा रँगहरू मिल्छन्‌
::आखिर सब स्वर मुटुमा मिल्छन्‌
प्रेम प्रेरणा सुन्दर राहा
::ब्रह्म अनेक छ एक मिलाप ॥
{{pcn|[१८]}}
सुनयुग हाम्रा नभमा फुल्छन्‌
::मनका सपना बादल झुल्छन्‌ ।
उदयहरूले नवी उछल्छन्‌
::तारा बिरादर नभमा फुल्छन्‌ ।
प्रेरण हावा ऋतुमा डुल्छन्‌
::कविहरू तादीसँगमा झुल्छन्‌ !
मानिस हो संसार !
::उदय नयाँमा नवध्वनि खुल्छन्‌
बादल बन्दै ज्योति माथि
::चढ्दछ पारावार !
फटिक फुटेको लयमा चल्छन्‌
::एक अनेकौँ पार !
विश्वकी देवी सुन्दर छाया
::गाना भर्दै दायाँ बायाँ
आँसुहरूले फूल सिँगारी
::आऊ आऊ सपना प्यारी
गिरिवनहरूका अमृत भारी ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 17:33, 3 May 2025

This page has been validated

[१३]
आफ्नोभन्दा तामाङ्‌ बोली
बैंस मधुरका लाली खोली !
अधर गुलाबी बोली बोली
भन्दछ यौटै मानव मानव
एकै सूतको कञ्चन चोली ।

[१४]
सुन्दा 'म्हेन्दु' गाना इन्दु
छुन्छिन्‌ इन्दीवरका विन्दु
झर्छन्‌ तारा पृथ्वी जलमा
बन्छन्‌ द्यौता मानव बन्धु !
गाँसी नाला सारालाई
लिन्छन्‌ छातीमाथि सिन्धु ।
परमेश्वरले आफ्नो मूर्ति
छाया झार्छन्‌ मानव दिलमा
गाँसिन्छन्‌ सब देश र रीति
माला बन्दै रङ्गी फूलमा ॥

[१५]
भाषा घुम्छन्‌, जाति मिल्छन्‌
यौटै रूखमा हाँगा फुल्छन्‌ !
देव र देवी पन्छी डुल्छन्‌ !
एकै ज्योति फूलमा फुल्छिन्‌ ॥

[१६]
जानें मैले प्रेमले खोले
सिर्जन कुञ्जी परमेश्वरले
एकै दिलले हाँसी बोले
त्यसमा रँगरँग भिन्दै घोले
धेर दिशामा लहरी डोले
शवल बनेका पन्छी बोले ।

[१७]
हेलम्बुमा कान्तिपुरी छन्‌
कान्तिपुरीमा भोट भरी छन्‌
फूल अनेकन बोटभरी छन्‌
कमलहरूमा दिव्य गुलाफ ।

एक छ फुल्दो, फल्दो, बल्दो,
एक अनेकन लहरी चल्दो
आखिर सारा रँगहरू मिल्छन्‌
आखिर सब स्वर मुटुमा मिल्छन्‌
प्रेम प्रेरणा सुन्दर राहा
ब्रह्म अनेक छ एक मिलाप ॥

[१८]
सुनयुग हाम्रा नभमा फुल्छन्‌
मनका सपना बादल झुल्छन्‌ ।
उदयहरूले नवी उछल्छन्‌
तारा बिरादर नभमा फुल्छन्‌ ।
प्रेरण हावा ऋतुमा डुल्छन्‌
कविहरू तादीसँगमा झुल्छन्‌ !
मानिस हो संसार !
उदय नयाँमा नवध्वनि खुल्छन्‌
बादल बन्दै ज्योति माथि
चढ्दछ पारावार !
फटिक फुटेको लयमा चल्छन्‌
एक अनेकौँ पार !
विश्वकी देवी सुन्दर छाया
गाना भर्दै दायाँ बायाँ
आँसुहरूले फूल सिँगारी
आऊ आऊ सपना प्यारी
गिरिवनहरूका अमृत भारी ॥