Jump to content

Page:Ek chihan.pdf/65: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Left|{{larger|'''उन्नाइस'''}}}}
{{Left|{{larger|'''उन्नाइस'''}}}}


डाक्टर गोदत्तप्रसादले भात खाइरहेको बेलामा कोही नभएको मौका  
डाक्टर गोदत्त प्रसादले भात खाइ रहेको वेलामा कोही नभएको मौका  
छोपी रञ्जनादेवीले भनिन्- "होइन, तपाईंको कस्तो बानी यो, के खुड्किलै
छोपी रञ्जनादेवीले भनिन्– "होइन, तपाईंको कस्तो बानी यो, के खुड्किलै
पिच्छे तपाईंलाई स्वास्नी चाहिन्छ कि ? यत्रो बडादमी भएर कस्तो चाला  
पिच्छे तपाईंलाई स्वास्नी चाहिन्छ कि ? यत्रो बडादमी भएर कस्तो चाला  
यो ? कसैले थाहा पाए के भन्ने होला ? यस्तो पनि बानी ! धेरै आँखा चिम्लि
यो ? कसैले थाहा पाए के भन्ने होला ? यस्तो पनि बानी ! धेरै आँखा चिम्लि
सकेँ, अब पनि आँखा चिम्लिरहनु त फसाद मोल्नु सम्झेर आज त भनि
सकेँ, अब पनि आँखा चिम्लि रहनु त फसाद मोल्नु सम्झेर आज त भनि
हालेकी – होस गर्नोस् है, टाउको फोरेर कमाइराखेको इज्जत पानी भएर  
हालेकी– होस गर्नोस् है, टाउको फोरेर कमाइ राखेको इज्जत पानी भएर  
नपोखियोस् ।"
नपोखियोस् ।"


"के ?" अलि आश्चर्य मानेर दबेको स्वरमा डाक्टर गोदत्तप्रसादले भने ।
"के ?" अलि आश्चर्य मानेर दबेको स्वरमा डाक्टर गोदत्त प्रसादले भने ।


"मलाई थाहा छैन ? तपाईंका एकएक कुरा मलाई थाहा छ ।"
"मलाई थाहा छैन ? तपाईंका एक एक कुरा मलाई थाहा छ ।"


"थाहा भए भन न त, भुलचुक गरेको छ भने अर्ती दिएर सुधार ।"  
"थाहा भए भन न त, भुलचुक गरेको छ भने अर्ती दिएर सुधार ।"  
मुसुक्क हाँसेर गोदत्तप्रसादले भने ।
मुसुक्क हाँसेर गोदत्त प्रसादले भने ।


"नरिसाईकन मुसुमुसु हाँस्ने मानिस डरलाग्दा हुँदा रहेछन्, त्यस्ता  
"नरिसाईकन मुसुमुसु हाँस्ने मानिस डरलाग्दा हुँदा रहेछन्, त्यस्ता  
मुसुमन्डलीले मानिसको ज्यान पनि लिन बेर छैन ।" अलि रिसाएको भावमा  
मुसुमन्डलीले मानिसको ज्यान पनि लिन बेर छैन ।" अलि रिसाएको भावमा  
रञ्जनादेवीले भनिन् ।
रञ्जना देवीले भनिन् ।


"हाँस्ने बानी तिमीलाई मन पर्दैन भने के त बहुला कुकुर रिसाए  
"हाँस्ने बानी तिमीलाई मन पर्दैन भने के त बहुला कुकुर रिसाए झैँ
रिसाएको तिमीलाई राम्रो लाग्छ त ? तिमी यस्तै नराम्रो बानी सिकाउँछयौ
रिसाएको तिमीलाई राम्रो लाग्छ त ? तिमी यस्तै नराम्रो बानी सिकाउँछ्यौ
भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिन्नौ रञ्जना !"  
भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिन्नौ रञ्जना !"  
हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।


"चुप लाग्नोस्, धेरै चिप्लो कुरा नगर्नोस्, मुख मिठो भएर के गर्ने,  
"चुप लाग्नोस्, धेरै चिप्लो कुरा नगर्नोस्, मुख मिठो भएर के गर्ने,  
करनीले अर्काको कलेजा कटकट काटिसकेको छ । यसरी मिठो कुरा गरेर  
करनीले अर्काको कलेजा कटकट काटि सकेको छ । यसरी मिठो कुरा गरेर  
ढिलो मार्नुभन्दा बस, खुकुरीले एक चोटि छिनालिदिनु धेरै जाती देख्छु ।"  
ढिलो मार्नुभन्दा बस, खुकुरीले एक चोटि छिनालि दिनु धेरै जाती देख्छु ।"  
अलि अफसोसको भावमा रञ्जनादेवीले भनिन् ।
अलि अफसोसको भावमा रञ्जना देवीले भनिन् ।
{{nop}}
{{nop}}

Latest revision as of 15:13, 22 June 2025

This page has been proofread
उन्नाइस

डाक्टर गोदत्त प्रसादले भात खाइ रहेको वेलामा कोही नभएको मौका छोपी रञ्जनादेवीले भनिन्– "होइन, तपाईंको कस्तो बानी यो, के खुड्किलै पिच्छे तपाईंलाई स्वास्नी चाहिन्छ कि ? यत्रो बडादमी भएर कस्तो चाला यो ? कसैले थाहा पाए के भन्ने होला ? यस्तो पनि बानी ! धेरै आँखा चिम्लि सकेँ, अब पनि आँखा चिम्लि रहनु त फसाद मोल्नु सम्झेर आज त भनि हालेकी– होस गर्नोस् है, टाउको फोरेर कमाइ राखेको इज्जत पानी भएर नपोखियोस् ।"

"के ?" अलि आश्चर्य मानेर दबेको स्वरमा डाक्टर गोदत्त प्रसादले भने ।

"मलाई थाहा छैन ? तपाईंका एक एक कुरा मलाई थाहा छ ।"

"थाहा भए भन न त, भुलचुक गरेको छ भने अर्ती दिएर सुधार ।" मुसुक्क हाँसेर गोदत्त प्रसादले भने ।

"नरिसाईकन मुसुमुसु हाँस्ने मानिस डरलाग्दा हुँदा रहेछन्, त्यस्ता मुसुमन्डलीले मानिसको ज्यान पनि लिन बेर छैन ।" अलि रिसाएको भावमा रञ्जना देवीले भनिन् ।

"हाँस्ने बानी तिमीलाई मन पर्दैन भने के त बहुला कुकुर रिसाए झैँ रिसाएको तिमीलाई राम्रो लाग्छ त ? तिमी यस्तै नराम्रो बानी सिकाउँछ्यौ भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिन्नौ रञ्जना !" हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

"चुप लाग्नोस्, धेरै चिप्लो कुरा नगर्नोस्, मुख मिठो भएर के गर्ने, करनीले अर्काको कलेजा कटकट काटि सकेको छ । यसरी मिठो कुरा गरेर ढिलो मार्नुभन्दा बस, खुकुरीले एक चोटि छिनालि दिनु धेरै जाती देख्छु ।" अलि अफसोसको भावमा रञ्जना देवीले भनिन् ।