Jump to content

Page:Ek chihan.pdf/63: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा  
"क्याजुयल बिदा छँदै छ नि, वर्ष दिनमा पाइने पन्ध्र क्याजुयल बिदामा  
एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि  
एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि  
पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।


डाक्टर गोदत्तप्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर  
डाक्टर गोदत्त प्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर  
नानीथकुंले भनिन्- "मलाई त घर जानै मन लागेन डाक्टरसाहेब !"
नानीथकुँले भनिन्– "मलाई त घर जानै मन लागेन डाक्टर साहेब !"


"तिमी मदेखि साह्रै खुसी भएको सुअवसरमा तिमीसित आज म एक  
"तिमी मदेखि सार्‍है खुसी भएको सुअवसरमा तिमीसित आज म एक  
थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुं ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्त
थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुँ ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्त
प्रसादले भने ।
प्रसादले भने ।


"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नुभयो भने प्रेम गरिरहनु
"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नु भयो भने प्रेम गरि रहनु
भएको छ भन्ने मलाई विश्वास हुन गाह्रो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको  
भएको छ भन्ने मलाई विश्वास हुन गार्‍हो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको  
अदबले ठाउँ नपाओस् डाक्टरसाहेब !" मुस्काउँदै नानीथकुंले भनिन् ।
अदबले ठाउँ नपाओस् डाक्टर साहेब !" मुस्काउँदै नानीथकुँले भनिन् ।


"बातपिच्छे ‘डाक्टरसाहेब, डाक्टरसाहेब’ को धुवाँ र अदबले उल्टो  
"बातपिच्छे 'डाक्टर साहेब, डाक्टर साहेब' को धुवाँ र अदबले उल्टो  
तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा  
तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा  
डाक्टर गोदत्तप्रसादले भने ।
डाक्टर गोदत्त प्रसादले भने ।


आफ्नो छेडले आफैँ लडी नानीथकुं सर्मिन्दा भइन् । लाजले उनी  
आफ्नो छेडले आफैँ लडी नानीथकुँ सर्मिन्दा भइन् । लाजले उनी  
केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।
केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।


"किन उता फर्केकी नानीथकुं ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर  
"किन उता फर्केकी नानीथकुँ ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर  
र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्त
र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्त
प्रसादले व्यङ्ग्य हानेर भने ।
प्रसादले व्यङ्ग्य हानेर भने ।


"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुंले भनिन् ।
"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुँले भनिन् ।


"हारेकोमा हर्जाना ?"
"हारेकोमा हर्जाना ?"
Line 31: Line 31:
"अँ ।"
"अँ ।"


"मैले भनेजस्तो एक चोटि हाँस न त ।"
"मैले भने जस्तो एक चोटि हाँस न त ।"


"छि: भैगो डाक्टरसाहेब ! धेरै नजिस्क्याउनुहोस् ।" अलि नखराएको  
"छिः भैगो डाक्टर साहेब ! धेरै नजिस्क्याउनु होस् ।" अलि नखराएको  
भावमा नानीथकुंले भनिन् ।
भावमा नानीथकुँले भनिन् ।


ल, फेरि ‘डाक्टरसाहेब ?कति ‘डाक्टरसाहेब’, ‘डाक्टरसाहेब ?
ल, फेरि 'डाक्टर साहेब ?' कति 'डाक्टर साहेब', 'डाक्टरसाहेब ?'
ठट्यौलो अनुहारमा डाक्टर गोदत्तप्रसादले भने ।
ठट्यौलो अनुहारमा डाक्टर गोदत्त प्रसादले भने ।


"के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुंले पनि सोधिन् ।
"के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुँले पनि सोधिन् ।
{{nop}}
{{nop}}

Latest revision as of 15:05, 22 June 2025

This page has been proofread

"क्याजुयल बिदा छँदै छ नि, वर्ष दिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

डाक्टर गोदत्त प्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानीथकुँले भनिन्– "मलाई त घर जानै मन लागेन डाक्टर साहेब !"

"तिमी मदेखि सार्‍है खुसी भएको सुअवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुँ ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नु भयो भने प्रेम गरि रहनु भएको छ भन्ने मलाई विश्वास हुन गार्‍हो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको अदबले ठाउँ नपाओस् डाक्टर साहेब !" मुस्काउँदै नानीथकुँले भनिन् ।

"बातपिच्छे 'डाक्टर साहेब, डाक्टर साहेब' को धुवाँ र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा डाक्टर गोदत्त प्रसादले भने ।

आफ्नो छेडले आफैँ लडी नानीथकुँ सर्मिन्दा भइन् । लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।

"किन उता फर्केकी नानीथकुँ ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्त प्रसादले व्यङ्ग्य हानेर भने ।

"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुँले भनिन् ।

"हारेकोमा हर्जाना ?"

"अँ ।"

"मैले भने जस्तो एक चोटि हाँस न त ।"

"छिः भैगो डाक्टर साहेब ! धेरै नजिस्क्याउनु होस् ।" अलि नखराएको भावमा नानीथकुँले भनिन् ।

ल, फेरि 'डाक्टर साहेब ?' कति 'डाक्टर साहेब', 'डाक्टरसाहेब ?' ठट्यौलो अनुहारमा डाक्टर गोदत्त प्रसादले भने ।

"के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुँले पनि सोधिन् ।