Jump to content

Page:Ek chihan.pdf/36: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
"मैले जितेर के पाउँछु ?"
"मैले जितेर के पाउँछु ?"


"मलाई पाउँछ्यौ, अनि जे काम अराउन पनि नोकरलाई झैं ‘उठ् भने  
"मलाई पाउँछ्यौ, अनि जे काम अर्‍हाउन पनि नोकरलाई झैं 'उठ् भने  
उठ्, बस् भने बस्’ भइदिन्छु ।"
उठ्, बस् भने बस्' भइ दिन्छु ।"


"चाहन्नँ म कोही पनि ।"
"चाहन्नँ म कोही पनि ।"


"मलाई जित्न देऊ न त अनि त्यस जिताइमा तिमीलाई पाउने वाचा  
"मलाई जित्न देऊ न त अनि त्यस जिताइमा तिमीलाई पाउने वाचा  
होस् अनि म हाँसुँला खुब खुसी भएर- चकोरले चन्द्रमा पाए, चातकले  
होस् अनि म हाँसुँला खुब खुसी भएर– चकोरले चन्द्रमा पाए झैँ, चातकले  
वृष्टि पाएझैं, कवि र कोइलीले वसन्त पाए अनि प्यासीले पानी पाएझैं
वृष्टि पाए झैँ, कवि र कोइलीले वसन्त पाए झैँ अनि प्यासीले पानी पाए झैँ
आनन्दित हुँला ।"
आनन्दित हुँला ।"


"आफू हार्ने मूर्खता पनि कोही गर्ला ?" बसिरहेको ठाउँबाट उठी  
"आफू हार्ने मूर्खता पनि कोही गर्ला ?" बसि रहेको ठाउँबाट उठी  
झ्यालबाट हेर्न जाँदै नानीथकुंले भनिन् ।
झ्यालबाट हेर्न जाँदै नानीथकुँले भनिन् ।


"म हार्छु भन्ने कबुल गर्दै छु, तिमी नै जित बाबा ! तिमी नै ।"
"म हार्छु भन्ने कबुल गर्दै छु, तिमी नै जित बाबा ! तिमी नै ।"


"जित्ने अभिमान पनि छैन ममा, तपाईंले जित्नुभयो भने के गराउने  
"जित्ने अभिमान पनि छैन ममा, तपाईंले जित्नु भयो भने के गराउने  
नि मलाई ? लडाइँमा हारेको कैदीलाई दुःख दिएझैँ दुःख दिने कि ?"  
नि मलाई ? लडाइँमा हारेको कैदीलाई दुःख दिए झैँ दुःख दिने कि ?"  
झ्यालबाट फर्कंदै नानीथकुंले भनिन् ।
झ्यालबाट फर्कंदै नानीथकुँले भनिन् ।


"मैले जितें भने, भनूँ त ?"
"मैले जितेँ भने, भनूँ त ?"


"भन्नुहोस् न लौ ।"
"भन्नु होस् न लौ ।"


"तिम्रो मधुर कण्ठबाट एउटा मिठो गीत गाउन लाउने ।"
"तिम्रो मधुर कण्ठबाट एउटा मिठो गीत गाउन लाउने ।"


"अहो ! को गाइरहोस्, त्यसो भए मै जित्छु । मैले जितें भने त
"अहो ! को गाइ रहोस्, त्यसो भए मै जित्छु । मैले जितेँ भने त
 
तपाईंलाई गाउन लाउँदिनँ ।"
तपाईंलाई गाउन लाउँदिनँ ।"


"के गराउने त ?"
"के गराउने त ?"


"लाखेनाच नचाउँछु ।" खित्त हाँसेर नानीथकुंले भनिन् ।  
"लाखेनाच नचाउँछु ।" खित्त हाँसेर नानीथकुँले भनिन् ।  
"’लाखे’ हुँ र म ‘लाखेनाच’ नाच्नलाई ?"
"'लाखे' हुँ र म 'लाखेनाच' नाच्नलाई ?"


"म चरी हुँ त गीत गाउनलाई ?"
"म चरी हुँ त गीत गाउनलाई ?"


"उ: क्या तिम्रो वाणी अर्थात् बोलीमा नै लय छ, मिठास छ, अनि पूरा
"उः क्या तिम्रो वाणी अर्थात् बोलीमा नै लय छ, मिठास छ, अनि पुरा
सङ्गीतको प्रकार छ ।"
सङ्गीतको प्रकार छ ।"


"तपाईंको अनुहारमा पनि झम्टिहाल्ला झैं लाखेको ‘पन’ छ, आँखा  
"तपाईंको अनुहारमा पनि झम्टि हाल्ला झैँ लाखेको 'पन' छ, आँखा  
लाखेझैं उफ्रीउफ्री नाचिरहेको छ ।"
लाखे झैँ उफ्री उफ्री नाचि रहेको छ ।"


"तिमीले नै जित्यौ, लौ तिमीले नै, लौ त म लाखेनाच नाचूँ त ?"
"तिमीले नै जित्यौ, लौ तिमीले नै, लौ त म लाखेनाच नाचूँ त ?"
{{nop}}
{{nop}}

Latest revision as of 19:48, 21 June 2025

This page has been proofread

"रिसाएँ भने तिमीले जित्यौ, लौ भो अब ?"

"मैले जितेर के पाउँछु ?"

"मलाई पाउँछ्यौ, अनि जे काम अर्‍हाउन पनि नोकरलाई झैं 'उठ् भने उठ्, बस् भने बस्' भइ दिन्छु ।"

"चाहन्नँ म कोही पनि ।"

"मलाई जित्न देऊ न त अनि त्यस जिताइमा तिमीलाई पाउने वाचा होस् अनि म हाँसुँला खुब खुसी भएर– चकोरले चन्द्रमा पाए झैँ, चातकले वृष्टि पाए झैँ, कवि र कोइलीले वसन्त पाए झैँ अनि प्यासीले पानी पाए झैँ आनन्दित हुँला ।"

"आफू हार्ने मूर्खता पनि कोही गर्ला ?" बसि रहेको ठाउँबाट उठी झ्यालबाट हेर्न जाँदै नानीथकुँले भनिन् ।

"म हार्छु भन्ने कबुल गर्दै छु, तिमी नै जित बाबा ! तिमी नै ।"

"जित्ने अभिमान पनि छैन ममा, तपाईंले जित्नु भयो भने के गराउने नि मलाई ? लडाइँमा हारेको कैदीलाई दुःख दिए झैँ दुःख दिने कि ?" झ्यालबाट फर्कंदै नानीथकुँले भनिन् ।

"मैले जितेँ भने, भनूँ त ?"

"भन्नु होस् न लौ ।"

"तिम्रो मधुर कण्ठबाट एउटा मिठो गीत गाउन लाउने ।"

"अहो ! को गाइ रहोस्, त्यसो भए मै जित्छु । मैले जितेँ भने त तपाईंलाई गाउन लाउँदिनँ ।"

"के गराउने त ?"

"लाखेनाच नचाउँछु ।" खित्त हाँसेर नानीथकुँले भनिन् । "'लाखे' हुँ र म 'लाखेनाच' नाच्नलाई ?"

"म चरी हुँ त गीत गाउनलाई ?"

"उः क्या तिम्रो वाणी अर्थात् बोलीमा नै लय छ, मिठास छ, अनि पुरा सङ्गीतको प्रकार छ ।"

"तपाईंको अनुहारमा पनि झम्टि हाल्ला झैँ लाखेको 'पन' छ, आँखा लाखे झैँ उफ्री उफ्री नाचि रहेको छ ।"

"तिमीले नै जित्यौ, लौ तिमीले नै, लौ त म लाखेनाच नाचूँ त ?"