Jump to content

Page:Ek chihan.pdf/31: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
चमत्कार ! क्या मान्छेको मगज !"
चमत्कार ! क्या मान्छेको मगज !"


"तान मात्र भएर के गर्ने ? कसले सिकाइदिन्छ नि चलाउन, आफैं
"तान मात्र भएर के गर्ने ? कसले सिकाइ दिन्छ नि चलाउन, आफैँ
जानिन्न होला !" अलि खुसी भएको भावमा नानीथकुंले भनिन् ।
जानिन्न होला !" अलि खुसी भएको भावमा नानीथकुँले भनिन् ।


"केही पनि गाह्रो छैन चलाउन, नेपाली तानभन्दा पनि सजिलो छ, गुरु  
"केही पनि गार्‍हो छैन चलाउन, नेपाली तानभन्दा पनि सजिलो छ, गुरु  
राख्नाको केही जरुरतै छैन, आफैं सिक्न सकिन्छ । जो पनि कुनै तान चलाइ
राख्नाको केही जरुरतै छैन, आफैँ सिक्न सकिन्छ । जो पनि कुनै तान चलाइ
रहनेले आफैँ चलाउन सक्छ । भोलिदेखि हालौली ।" रामबहादुरले सोरत्र  
रहनेले आफैँ चलाउन सक्छ । भोलिदेखि हालौली ।" राम बहादुरले सोरत्र  
भाव झिकेर भने ।
भाव झिकेर भने ।


"सुब्बासाहेब मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि  
"सुब्बा साहेब मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि  
छुच्चाजस्ता देखिन्छन् । आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली  
छुच्चा जस्ता देखिन्छन् । आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली  
बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने । सयकडा पच्चिस
बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने । सयकडा २५
बढाएर कागज गरिदिएपछि बल्ल तिनले छोडेर गए। दुई पैसा फाइदाको  
बढाएर कागज गरि दिएपछि बल्ल तिनले छोडेर गए। दुई पैसा फाइदाको  
लोभमा देशी तान त लिउँला फेरि उहाँका छोराहरूले ‘चौटा खान गएकी बुढी  
लोभमा देशी तान त लिउँला फेरि उहाँका छोराहरूले 'चौटा खान गएकी बुढी  
झोलैमा डुबेर मरी’ गरिदिए भने ?" लतमायाले अलि गम्भीर भावमा भनिन् ।
झोलैमा डुबेर मरी' गरि दिए भने ?" लतमायाले अलि गम्भीर भावमा भनिन् ।


"त्यसको केही धन्दा मान्नु पर्दैन । तिम्रा लोग्नेलाई त्यसरी नचाहिँदो  
"त्यसको केही धन्दा मान्नु पर्दैन । तिम्रा लोग्नेलाई त्यसरी नचाहिँदो  
कागज लेखाई ल्याएको हुनाले सुब्बासाहेब छोरादेखि ख्याल रिसाउनुभएको
कागज लेखाई ल्याएको हुनाले सुब्बा साहेब छोरादेखि ख्याल रिसाउनु भएको
थियो ? त्यो कागज पनि सुब्बासाहेबले उनकै अगाडि च्यातचुत पारि
थियो ? त्यो कागज पनि सुब्बा साहेबले उनकै अगाडि च्यातचुत पारिदिइ
सक्नुभैसक्यो ।" रामबहादुरले भने ।
सक्नु भइ सक्यो ।" राम बहादुरले भने ।


"कागज च्याते पनि हामीले तिर्नुपर्ने कुरा तिरिहाल्छौं ।"  
"कागज च्याति सके पनि हामीले आफूले तिर्नु पर्ने कुरा नतिर्ने छैनौँ ।"  
लतमायाले भनिन् । "तिमीहरू त्यस्तै धर्मभाव भएका मोहीहरू भएरै त सुब्बासाहेबले पनि
लतमायाले भनिन् ।  
छोरामाथि त्यस्तरी रिसाएर कागज च्यातिदिनुभएको !"


"त्यस्तै असल भएको हुनाले पनि त सुब्बासाहेबको दिनपरदिन जय
"तिमीहरू त्यस्तै धर्मभाव भएका मोहीहरू भएरै त सुब्बा साहेबले पनि  
भइरहेको !" लतमायाले खुसी मानेर भनिन् ।
छोरामाथि त्यस्तरी रिसाएर कागज च्याति दिनु भएको !"


"सुब्बासाहेबले बालीको नाम पनि लिनुभएको छैन, सुब्बासाहेब
"त्यस्तै असल भएको हुनाले पनि त सुब्बा साहेबको दिन परदिन जय
त्यस्तो मानिस पनि होइन । भन, सुब्बासाहेबलाई बिन्तीभाउ गरेर पोहोरको  
भइ रहेको !" लतमायाले खुसी मानेर भनिन् ।
बाली म माफी गरिदिऊँ ? सुक्खा साल भएको हुनाले बिन्ती गरे माफी दिनु
 
हुने म देख्तछु ।…" आश्वस्त भावमा रामबहादुरले भने ।
"सुब्बा साहेबले बालीको नाम पनि लिनु भएको छैन, सुब्बा साहेब
त्यस्तो मानिस पनि होइन । भन, सुब्बा साहेबलाई बिन्ती भाउ गरेर पोहोरको  
बाली म माफी गरि दिऊँ ? सुक्खा साल भएको हुनाले बिन्ती गरे माफी दिनु
हुने म देख्तछु ।…" आश्वस्त भावमा राम बहादुरले भने ।
{{nop}}
{{nop}}

Latest revision as of 19:17, 21 June 2025

This page has been proofread

चलाउन पनि बडो सजिलो, बल पनि कत्ति खर्च नहुने । क्या विज्ञानको चमत्कार ! क्या मान्छेको मगज !"

"तान मात्र भएर के गर्ने ? कसले सिकाइ दिन्छ नि चलाउन, आफैँ जानिन्न होला !" अलि खुसी भएको भावमा नानीथकुँले भनिन् ।

"केही पनि गार्‍हो छैन चलाउन, नेपाली तानभन्दा पनि सजिलो छ, गुरु राख्नाको केही जरुरतै छैन, आफैँ सिक्न सकिन्छ । जो पनि कुनै तान चलाइ रहनेले आफैँ चलाउन सक्छ । भोलिदेखि हालौली ।" राम बहादुरले सोरत्र भाव झिकेर भने ।

"सुब्बा साहेब मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि छुच्चा जस्ता देखिन्छन् । आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने । सयकडा २५ बढाएर कागज गरि दिएपछि बल्ल तिनले छोडेर गए। दुई पैसा फाइदाको लोभमा देशी तान त लिउँला फेरि उहाँका छोराहरूले 'चौटा खान गएकी बुढी झोलैमा डुबेर मरी' गरि दिए भने ?" लतमायाले अलि गम्भीर भावमा भनिन् ।

"त्यसको केही धन्दा मान्नु पर्दैन । तिम्रा लोग्नेलाई त्यसरी नचाहिँदो कागज लेखाई ल्याएको हुनाले सुब्बा साहेब छोरादेखि ख्याल रिसाउनु भएको थियो ? त्यो कागज पनि सुब्बा साहेबले उनकै अगाडि च्यातचुत पारिदिइ सक्नु भइ सक्यो ।" राम बहादुरले भने ।

"कागज च्याति सके पनि हामीले आफूले तिर्नु पर्ने कुरा नतिर्ने छैनौँ ।" लतमायाले भनिन् ।

"तिमीहरू त्यस्तै धर्मभाव भएका मोहीहरू भएरै त सुब्बा साहेबले पनि छोरामाथि त्यस्तरी रिसाएर कागज च्याति दिनु भएको !"

"त्यस्तै असल भएको हुनाले पनि त सुब्बा साहेबको दिन परदिन जय भइ रहेको !" लतमायाले खुसी मानेर भनिन् ।

"सुब्बा साहेबले बालीको नाम पनि लिनु भएको छैन, सुब्बा साहेब त्यस्तो मानिस पनि होइन । भन, सुब्बा साहेबलाई बिन्ती भाउ गरेर पोहोरको बाली म माफी गरि दिऊँ ? सुक्खा साल भएको हुनाले बिन्ती गरे माफी दिनु हुने म देख्तछु ।…" आश्वस्त भावमा राम बहादुरले भने ।