Jump to content

Page:Ek chihan.pdf/27: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Left|{{larger|'''नौ'''}}}}
{{Left|{{larger|'''नौ'''}}}}


चलनअनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले  
चलन अनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले  
उथलपुथल मच्चाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए ।  
उथलपुथल मच्चाइ रहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए ।  
लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा भक्ति मात्र  
लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा भक्ति मात्र  
होइन, खानमा इच्छा पनि कसैको थिएन ।
होइन, खानमा इच्छा पनि कसैको थिएन ।


भोलिपल्ट बिहानैदेखि बिचाः आउने मानिसहरूको ताँती लाग्न  
भोलि पल्ट बिहानैदेखि बिचाः आउने मानिसहरूको ताँती लाग्न  
थाल्यो । वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परी  
थाल्यो । वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परी  
दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन, यो मानिसहरूको स्वभाव  
दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन, यो मानिसहरूको स्वभाव  
हो । त्यसैले ‘सबै सबैलाई असल लाग्न सक्तैन’ भनेअनुसार अष्टनारान
हो । त्यसैले 'सबै सबैलाई असल लाग्न सक्तैन' भने अनुसार अष्ट नारान
असल नलाग्ने टोलका एकाध मानिसहरूसमेत उनको निधनमा शोक र  
असल नलाग्ने टोलका एकाध मानिसहरू समेत उनको निधनमा शोक र  
सहानुभूति प्रकट गर्न आएका थिए । लोग्नेमानिस नभएका र मानिसअनुकूल
सहानुभूति प्रकट गर्न आएका थिए । लोग्ने मानिस नभएका र मानिस अनुकूल
नमिलेका घरका स्वास्नीमानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए ।  
नमिलेका घरका स्वास्नी मानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए ।  
समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्टनारानको
समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्ट नारानको
परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो ।
परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो ।


अष्टनारानको टोलमा सबभन्दा ठुला, भलादमी, पढेलेखेका र इज्जतदार  
अष्ट नारानको टोलमा सबभन्दा ठुला, भलादमी, पढेलेखेका र इज्जतदार  
मानिस डाक्टर गोदत्तप्रसाद हुन् । उनी पनि अष्टनारानको निधन भएको  
मानिस डाक्टर गोदत्त प्रसाद हुन् । उनी पनि अष्ट नारानको निधन भएको  
भोलिपल्ट बिहान साढे आठ बजेतिर समवेदना प्रकट गर्न आइपुगे । अरू  
भोलि पल्ट बिहान साढे आठ बजेतिर समवेदना प्रकट गर्न आइ पुगे । अरू  
सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए तर डाक्टर  
सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए तर डाक्टर  
गोदत्तप्रसाद पढेलेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक
गोदत्त प्रसाद पढेलेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक

Latest revision as of 18:50, 21 June 2025

This page has been proofread
नौ

चलन अनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथलपुथल मच्चाइ रहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए । लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा भक्ति मात्र होइन, खानमा इच्छा पनि कसैको थिएन ।

भोलि पल्ट बिहानैदेखि बिचाः आउने मानिसहरूको ताँती लाग्न थाल्यो । वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परी दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन, यो मानिसहरूको स्वभाव हो । त्यसैले 'सबै सबैलाई असल लाग्न सक्तैन' भने अनुसार अष्ट नारान असल नलाग्ने टोलका एकाध मानिसहरू समेत उनको निधनमा शोक र सहानुभूति प्रकट गर्न आएका थिए । लोग्ने मानिस नभएका र मानिस अनुकूल नमिलेका घरका स्वास्नी मानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए । समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्ट नारानको परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो ।

अष्ट नारानको टोलमा सबभन्दा ठुला, भलादमी, पढेलेखेका र इज्जतदार मानिस डाक्टर गोदत्त प्रसाद हुन् । उनी पनि अष्ट नारानको निधन भएको भोलि पल्ट बिहान साढे आठ बजेतिर समवेदना प्रकट गर्न आइ पुगे । अरू सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए तर डाक्टर गोदत्त प्रसाद पढेलेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक