Jump to content

Page:Ek chihan.pdf/114: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with " क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुंलाई पठाउने सुरसार पनि गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुंलाई आमा, दाजु, भाउजूहरूले आशिष् दिए । अत्यधिक मायाममताका कारण बिदाइको बेलामा..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुंलाई पठाउने सुरसार पनि गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुंलाई आमा, दाजु, भाउजूहरूले आशिष् दिए । अत्यधिक मायाममताका कारण बिदाइको बेलामा लतमायाले रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुंको मायाममताले चिमोटेको थियो ।
क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुँलाई पठाउने सुरसार पनि  
गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुँलाई आमा, दाजु, भाउजूहरूले  
आशिष् दिए । अत्यधिक माया ममताका कारण बिदाइको बेलामा लतमायाले  
रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा  
गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुँको माया ममताले
चिमोटेको थियो ।


करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुंलाई बिदाइ गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, खालि – एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए ।
करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुँलाई बिदाइ  
गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्,  
खालि– एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो  
आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन,  
एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा  
भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए ।


ढोगभेट र बिदाइसँगै नानीथकुं घरका सबै मानिसबाट पाएका आशिष् शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । रामखेलावन राउत पुतलीसडकमा बसिरहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो । नानीथकुंलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एकछिन बसी फर्के । रामखेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवनसँगिनी नानीथकुंबाहेक अरू कोही छैन ।
ढोगभेट र बिदाइसँगै नानीथकुँ घरका सबै मानिसबाट पाएका आशिष्  
शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । राम खेलावन
राउत पुतली सडकमा बसि रहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो ।  
नानीथकुँलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एक छिन बसी  
फर्के । राम खेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवन सँगिनी
नानीथकुँ बाहेक अरू कोही छैन ।


यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइरहेका छन् ।
यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर  
यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना  
एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइ रहेका छन् ।
{{nop}}

Latest revision as of 23:00, 23 June 2025

This page has been proofread

क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुँलाई पठाउने सुरसार पनि गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुँलाई आमा, दाजु, भाउजूहरूले आशिष् दिए । अत्यधिक माया ममताका कारण बिदाइको बेलामा लतमायाले रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुँको माया ममताले चिमोटेको थियो ।

करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुँलाई बिदाइ गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, खालि– एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए ।

ढोगभेट र बिदाइसँगै नानीथकुँ घरका सबै मानिसबाट पाएका आशिष् शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । राम खेलावन राउत पुतली सडकमा बसि रहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो । नानीथकुँलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एक छिन बसी फर्के । राम खेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवन सँगिनी नानीथकुँ बाहेक अरू कोही छैन ।

यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइ रहेका छन् ।