Page:Ek chihan.pdf/95: Difference between revisions
→Not proofread: Created page with "पच्चीस शिवनारान आज साबिक समयमा खेतमा गए । आजदेखि उनले नानीथकुंलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैम..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पच्चीस | {{left|{{larger|'''पच्चीस'''}}}} | ||
शिव नारान आज साबिक झैँ समयमा खेतमा गए । आजदेखि उनले | |||
नानीथकुँलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका | |||
लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त | |||
पनि शिव नारानले गरे । खास गरेर शिव नारानको कोठाको एक परिवार | |||
खेतैमा बस्न थाल्यो । नानीथकुँ र पुन नारानकी स्वास्नी, अनि उनका दुई | |||
केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे । | |||
शिव नारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै | |||
उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर | |||
कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् । | |||
" | आज पनि हाकुमाया निदाउन निदाउन खोजि रहेकी थिइन्, शिव | ||
नारानले ठट्टा गर्दै भने– "छिः कति सुत्नु पर्ने मानिस ! एक छिन ठट्टा त | |||
गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइ रहेको यो कोठामा | |||
आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपर्यो भने मलाई | |||
शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपि राखेको जस्तो लाग्छ ।" | |||
"तिम्रो यौवनमा | "छिः बुढो भइ सकेर पनि कति ठट्टा गर्नु पर्ने अझ !" मुसुक्क हाँसेर | ||
हाकुमायाले भनिन् । | |||
"तिम्रो यौवनमा खेलि रहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका | |||
परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो | |||
भन्छ्यौ ?" शिव नारानले पनि हाँसेर भने । | |||
{{nop}} |
Latest revision as of 15:52, 23 June 2025
शिव नारान आज साबिक झैँ समयमा खेतमा गए । आजदेखि उनले नानीथकुँलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिव नारानले गरे । खास गरेर शिव नारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्यो । नानीथकुँ र पुन नारानकी स्वास्नी, अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे ।
शिव नारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।
आज पनि हाकुमाया निदाउन निदाउन खोजि रहेकी थिइन्, शिव नारानले ठट्टा गर्दै भने– "छिः कति सुत्नु पर्ने मानिस ! एक छिन ठट्टा त गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइ रहेको यो कोठामा आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपर्यो भने मलाई शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपि राखेको जस्तो लाग्छ ।"
"छिः बुढो भइ सकेर पनि कति ठट्टा गर्नु पर्ने अझ !" मुसुक्क हाँसेर हाकुमायाले भनिन् ।
"तिम्रो यौवनमा खेलि रहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो भन्छ्यौ ?" शिव नारानले पनि हाँसेर भने ।