Page:Ek chihan.pdf/75: Difference between revisions
→Not proofread: Created page with "डाक्टर गोदत्तप्रसाद नानीथकुंको घरमा पुगे । नानीथकुंले उनको हिँडाइको आवाजसमेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ उक्लनासाथ डाक्टर गोदत्तप्रसाद आएको नानीथकुंले चाल पा..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
डाक्टर | डाक्टर गोदत्त प्रसाद नानीथकुँको घरमा पुगे । नानीथकुँले उनको | ||
हिँडाइको आवाज समेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ | |||
उक्लनासाथ डाक्टर गोदत्त प्रसाद आएको नानीथकुँले चाल पाइन् अनि दौडेर | |||
गई नानीथकुँले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्त प्रसादलाई उनले | |||
कोठामा लगिन् र बिस्तारै भनिन्– "किन आउनु भएको ? तपाईं यहाँ | |||
नआउनोस् भनेको होइन ?" | |||
"आज एक बजे घर आउँछु भनेको, | "आज एक बजे घर आउँछु भनेको, कहाँ कहाँबाट एउटा अत्यन्त | ||
जरुरी विशेष काम आइ लागेर त्यसैले आउन पाइनँ । बडो अफसोस लाग्यो | |||
नानीथकुँ ! जरुर क्षमा गर है !" डाक्टर गोदत्त प्रसादले पनि बिस्तारै भने । | |||
"हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर | "हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइ सकेँ ।" नानीथकुँले | ||
बिस्तारै भनिन् । | |||
"मैले थाहा | "मैले थाहा पाइ सकेँ, त्यसैले म तिमीले 'नआइज' भने पनि फाल | ||
हालेर आएको ।" डाक्टर गोदत्त प्रसादले भने । | |||
"अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न | "अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसि रहूँ भयो !" अलि | ||
नखराएको अनुहारमा नानीथकुँले भनिन् । | |||
"त्यसैले | "त्यसैले दौडी दौडीकन क्षमा माग्न आइ पुगेको ।" | ||
"खुब | "खुब आउनु भएको होला क्षमा माग्न ! 'तिमीप्रति मेरो कत्ति प्रेम छ' | ||
भनी धक्कु त छोड्न आउनु भएको होला !" नखराकै भावमा नानीथकुँले | |||
भनिन् । | |||
"लौ लौ, तिमीले नै जित्यौ, त्यसै हो !" | "लौ लौ, तिमीले नै जित्यौ, त्यसै हो !" | ||
Line 17: | Line 29: | ||
"अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !" | "अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !" | ||
"डाक्टर | "डाक्टर आइ पुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको के | ||
लाग्छ ?" | |||
"त्यसैले त सेखी बढेको तपाईंको । | "त्यसैले त सेखी बढेको तपाईंको । 'एक बजे आउँछु' भन्ने मानिस तीन | ||
बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई | |||
त होला । तक्मा दिनु पर्ने डाक्टर हुनु हुँदो रहेछ तपाईं !" आनन्दमा मस्त | |||
भएर नानीथकुँले भनिन् । | |||
"ओ ! माफ गर | "ओ ! माफ गर नानीथकुँ ! होसै भएनछ ।" | ||
{{nop}} |
Latest revision as of 21:43, 22 June 2025
डाक्टर गोदत्त प्रसाद नानीथकुँको घरमा पुगे । नानीथकुँले उनको हिँडाइको आवाज समेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ उक्लनासाथ डाक्टर गोदत्त प्रसाद आएको नानीथकुँले चाल पाइन् अनि दौडेर गई नानीथकुँले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्त प्रसादलाई उनले कोठामा लगिन् र बिस्तारै भनिन्– "किन आउनु भएको ? तपाईं यहाँ नआउनोस् भनेको होइन ?"
"आज एक बजे घर आउँछु भनेको, कहाँ कहाँबाट एउटा अत्यन्त जरुरी विशेष काम आइ लागेर त्यसैले आउन पाइनँ । बडो अफसोस लाग्यो नानीथकुँ ! जरुर क्षमा गर है !" डाक्टर गोदत्त प्रसादले पनि बिस्तारै भने ।
"हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइ सकेँ ।" नानीथकुँले बिस्तारै भनिन् ।
"मैले थाहा पाइ सकेँ, त्यसैले म तिमीले 'नआइज' भने पनि फाल हालेर आएको ।" डाक्टर गोदत्त प्रसादले भने ।
"अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसि रहूँ भयो !" अलि नखराएको अनुहारमा नानीथकुँले भनिन् ।
"त्यसैले दौडी दौडीकन क्षमा माग्न आइ पुगेको ।"
"खुब आउनु भएको होला क्षमा माग्न ! 'तिमीप्रति मेरो कत्ति प्रेम छ' भनी धक्कु त छोड्न आउनु भएको होला !" नखराकै भावमा नानीथकुँले भनिन् ।
"लौ लौ, तिमीले नै जित्यौ, त्यसै हो !"
"अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !"
"डाक्टर आइ पुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको के लाग्छ ?"
"त्यसैले त सेखी बढेको तपाईंको । 'एक बजे आउँछु' भन्ने मानिस तीन बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई त होला । तक्मा दिनु पर्ने डाक्टर हुनु हुँदो रहेछ तपाईं !" आनन्दमा मस्त भएर नानीथकुँले भनिन् ।
"ओ ! माफ गर नानीथकुँ ! होसै भएनछ ।"