Jump to content

Page:Ek chihan.pdf/76: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट कट्टै, नत्र मफतमा नचाहिँदो आपत् ओढ्नुपर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस लिन्छु ।" अलि गम्भीर बन्न खोज्दै नानीथकुंले भनिन् । "प्र..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट कट्टै, नत्र मफतमा नचाहिँदो आपत् ओढ्नुपर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस लिन्छु ।" अलि गम्भीर बन्न खोज्दै नानीथकुंले भनिन् ।
"माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट झट्टै, नत्र मफतमा  
नचाहिँदो आपत् ओढ्नु पर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस  
लिन्छु ।" अलि गम्भीर बन्न खोज्दै नानीथकुँले भनिन् ।


"प्रेम वापस लिने ? म तिमीले भने पनि पत्याउन सक्तिनँ, प्रेम वापस लिइन्न, न लिन सकिने नै कुरा हो, कुनै चुनाउमा उम्मेदवार हुनु त होइन कि मन नलागेपछि नाम वापस लिइन्छ । प्रेम ठट्टाको कुरा त होइन, गरेपछि छोड्न सकिन्छ ? तिमीले भन्दैमा म त्यसै पत्याउन सक्छु नानीथकुँ ?" मन्दमन्द मुस्कुराउँदै डाक्टर गोदत्तप्रसादले भने- "त्यसरी नतर्साऊ न हत्तेरी !"
"प्रेम वापस लिने ? म तिमीले भने पनि पत्याउन सक्तिनँ, प्रेम वापस  
लिइन्न, न लिन सकिने नै कुरा हो, कुनै चुनाउमा उम्मेदवार हुनु त होइन  
कि मन नलागे पछि नाम वापस लिइन्छ । प्रेम ठट्टाको कुरा त होइन,  
गरेपछि छोड्न सकिन्छ ? तिमीले भन्दैमा म त्यसै पत्याउन सक्छु नानीथकुँ ?"  
मन्द मन्द मुस्कुराउँदै डाक्टर गोदत्त प्रसादले भने– "त्यसरी नतर्साऊ न  
हत्तेरी !"


"भैगो, ठीक पार्नु पर्दैन । खुब नाटक गर्न जान्दछन् तपाईंजस्ता लोग्नेमान्छेहरू । यता मसित प्रेम, उता नोकरनीसित प्रेम, फेरि उता अर्कैसित, झन् उता फेरि अर्कैसित, यस्तरी पनि भाउ नराखेर हिँड्नु ? मैले एकएक सुनिसकेँ तपाईंको यमुनातटमा बज्ने वंशीको धुन ?" मुसुक्क हाँस्तै खुब व्यङ्ग्य भावमा नानीथकुंले भनिन् ।
"भैगो, ठीक पार्नु पर्दैन । खुब नाटक गर्न जान्दछन् तपाईं जस्ता लोग्ने
मान्छेहरू । यता मसित प्रेम, उता नोकरनीसित प्रेम, फेरि उता अर्कैसित, झन्  
उता फेरि अर्कैसित, यस्तरी पनि भाउ नराखेर हिँड्नु ? मैले एक एक सुनि सकेँ
तपाईंको यमुना तटमा बज्ने वंशीको धुन ?" मुसुक्क हाँस्तै खुब व्यङ्ग्य  
भावमा नानीथकुँले भनिन् ।


"ओहो ! पाठ त खुब पढाएर पठाएको रहेछ । मलाई शङ्का मात्र लागेको थियो । त्यत्तिका बेर मौका पाएको किन छोड्थी । तर नानीथकुं ! तिमी कसैका कुरामा नलाग, मलाई विश्वास गर, कहिल्यै धोका खानुपर्ने छैन ।" आश्वासनको भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"ओहो ! पाठ त खुब पढाएर पठाएको रहेछ । मलाई शङ्का मात्र  
लागेको थियो । त्यत्तिका बेर मौका पाएको किन छोड्थी । तर नानीथकुँ !  
तिमी कसैका कुरामा नलाग, मलाई विश्वास गर, कहिल्यै धोका खानु पर्ने
छैन ।" आश्वासनको भावमा डाक्टर गोदत्त प्रसादले भने ।


"भो, मलाई धोका नदिनुहोला तर मलाई एकतर्फी भएर गर्नुभएको निगाह, अनुग्रह, कृपा, दया, माया तपाईंको चाकरनीका निम्ति त धोकै हुन जाला । उसलाई पनि त तपाईंले यस्तै विश्वास गराउनुभएको होला ! उसले पनि त तपाईंको विश्वासमा एकोहोरिएर प्रेम गरिरहेकी होली !"
"भो, मलाई धोका नदिनु होला तर मलाई एकतर्फी भएर गर्नु भएको
निगाह, अनुग्रह, कृपा, दया, माया तपाईंको चाकरनीका निम्ति त धोकै हुन  
जाला । उसलाई पनि त तपाईंले यस्तै विश्वास गराउनु भएको होला ! उसले  
पनि त तपाईंको विश्वासमा एकोहोरिएर प्रेम गरि रहेकी होली !"


"हत्तेरी ! तिमी अर्काको कुरा जे पनि यसरी पत्याइरहन्छ्यौ भने मेरो के लाग्छ !" अलि खेद प्रकट गरेर डाक्टर गोदत्तप्रसादले भने ।
"हत्तेरी ! तिमी अर्काको कुरा जे पनि यसरी पत्याइ रहन्छ्यौ भने मेरो  
के लाग्छ !" अलि खेद प्रकट गरेर डाक्टर गोदत्त प्रसादले भने ।


"बतास नआईकन पात हल्लन्छ त ? कहाँबाट आयो यो कुरा ?" नानीथकुंले भनिन् ।
"बतास नआईकन पात हल्लन्छ त ? कहाँबाट आयो यो कुरा ?"  
नानीथकुँले भनिन् ।


"यही त अफसोसको कुरा छ । हो, बतास नआईकन पात हल्लन सक्तैन, यो म पनि मान्दछु, तर कोही बलियो मानिसले फेदमा बसेर रूख
"यही त अफसोसको कुरा छ । हो, बतास नआईकन पात हल्लन  
सक्तैन, यो म पनि मान्दछु, तर कोही बलियो मानिसले फेदमा बसेर रूख

Latest revision as of 22:21, 22 June 2025

This page has been proofread

"माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट झट्टै, नत्र मफतमा नचाहिँदो आपत् ओढ्नु पर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस लिन्छु ।" अलि गम्भीर बन्न खोज्दै नानीथकुँले भनिन् ।

"प्रेम वापस लिने ? म तिमीले भने पनि पत्याउन सक्तिनँ, प्रेम वापस लिइन्न, न लिन सकिने नै कुरा हो, कुनै चुनाउमा उम्मेदवार हुनु त होइन कि मन नलागे पछि नाम वापस लिइन्छ । प्रेम ठट्टाको कुरा त होइन, गरेपछि छोड्न सकिन्छ ? तिमीले भन्दैमा म त्यसै पत्याउन सक्छु नानीथकुँ ?" मन्द मन्द मुस्कुराउँदै डाक्टर गोदत्त प्रसादले भने– "त्यसरी नतर्साऊ न हत्तेरी !"

"भैगो, ठीक पार्नु पर्दैन । खुब नाटक गर्न जान्दछन् तपाईं जस्ता लोग्ने मान्छेहरू । यता मसित प्रेम, उता नोकरनीसित प्रेम, फेरि उता अर्कैसित, झन् उता फेरि अर्कैसित, यस्तरी पनि भाउ नराखेर हिँड्नु ? मैले एक एक सुनि सकेँ तपाईंको यमुना तटमा बज्ने वंशीको धुन ?" मुसुक्क हाँस्तै खुब व्यङ्ग्य भावमा नानीथकुँले भनिन् ।

"ओहो ! पाठ त खुब पढाएर पठाएको रहेछ । मलाई शङ्का मात्र लागेको थियो । त्यत्तिका बेर मौका पाएको किन छोड्थी । तर नानीथकुँ ! तिमी कसैका कुरामा नलाग, मलाई विश्वास गर, कहिल्यै धोका खानु पर्ने छैन ।" आश्वासनको भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"भो, मलाई धोका नदिनु होला तर मलाई एकतर्फी भएर गर्नु भएको निगाह, अनुग्रह, कृपा, दया, माया तपाईंको चाकरनीका निम्ति त धोकै हुन जाला । उसलाई पनि त तपाईंले यस्तै विश्वास गराउनु भएको होला ! उसले पनि त तपाईंको विश्वासमा एकोहोरिएर प्रेम गरि रहेकी होली !"

"हत्तेरी ! तिमी अर्काको कुरा जे पनि यसरी पत्याइ रहन्छ्यौ भने मेरो के लाग्छ !" अलि खेद प्रकट गरेर डाक्टर गोदत्त प्रसादले भने ।

"बतास नआईकन पात हल्लन्छ त ? कहाँबाट आयो यो कुरा ?" नानीथकुँले भनिन् ।

"यही त अफसोसको कुरा छ । हो, बतास नआईकन पात हल्लन सक्तैन, यो म पनि मान्दछु, तर कोही बलियो मानिसले फेदमा बसेर रूख