Page:Ek chihan.pdf/79: Difference between revisions
→Not proofread: Created page with "रहनोस् ! दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसीबसी द्यौता भाकल गरिरहनोस् । हिजो पनि यहाँबाट ओर्लिरहेको देखें, आज आ..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
रहनोस् ! | रहनोस् ! दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, | ||
तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसी बसी द्यौता भाकल | |||
गरि रहनोस् । हिजो पनि यहाँबाट ओर्लि रहेको देखेँ, आज आउँदा पनि फर्कि | |||
रहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा | |||
नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर शिव नारानले भने । | |||
सधैँ रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक | |||
यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि | |||
नचलाईकन त्यसै बसेको बस्यै गरि रहिन् । उनी केही पनि बोलिनन् । | |||
लतमायालाई तानमा त्यसै बसि रहेको देखेर झन् रिसाएर शिव नारानले | |||
भने– "छोरीले पट्ठा खेलाइ रहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? | |||
पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न | |||
सकिएला, तीन तीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन | |||
लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा | |||
नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !" | |||
"भइगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर | |||
ठिक गर्ने छु ।" सान्त्वनापूर्ण भावमा लतमायाले भनिन् । | |||
" | "अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर | ||
मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी | |||
ढुक्क भइ रहनु भएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई | |||
डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला | |||
भन्ठान्नु भएको ?" रिसको आवेशमा शिव नारानले भने । | |||
" | 'योसित अहिले नबोल्नु बेस' भन्ने विचार गरी लतमाया चुप लागिन् । | ||
शिव नारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै 'आज म | |||
छ्यास्नसम्म नछ्यासी छोड्दिनँ' भन्ने विचार गरी नानीथकुँलाई शिव नारानले | |||
नै बोलाए । दुई तीन बोलावटसम्मलाई नानीथकुँले वास्तै नगरीकन सुन्या नसुन्यै | |||
गरेकी थिइन् तर लगातार बोलाइ रहेपछि केही सिप नलागेर नानीथकुँ डराई | |||
डराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुँ तानकोठामा | |||
पुग्नासाथै शिव नारानले एटम बम छोडि हाले– "क्या हो, क्या हो यो ? डाक्टर | |||
गोदत्त प्रसाद दिनदिनै किन आइ रहेको, किन आउँछ, त्यो दिनदिनै ?" | |||
"म के थाहा पाऊँ ?" बडो साहस गरेर नानीथकुँले भनिन् । | |||
{{nop}} | |||
"म के थाहा पाऊँ ?" बडो साहस गरेर |
Latest revision as of 22:29, 22 June 2025
रहनोस् ! दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसी बसी द्यौता भाकल गरि रहनोस् । हिजो पनि यहाँबाट ओर्लि रहेको देखेँ, आज आउँदा पनि फर्कि रहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर शिव नारानले भने ।
सधैँ रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि नचलाईकन त्यसै बसेको बस्यै गरि रहिन् । उनी केही पनि बोलिनन् ।
लतमायालाई तानमा त्यसै बसि रहेको देखेर झन् रिसाएर शिव नारानले भने– "छोरीले पट्ठा खेलाइ रहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न सकिएला, तीन तीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !"
"भइगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर ठिक गर्ने छु ।" सान्त्वनापूर्ण भावमा लतमायाले भनिन् ।
"अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी ढुक्क भइ रहनु भएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला भन्ठान्नु भएको ?" रिसको आवेशमा शिव नारानले भने ।
'योसित अहिले नबोल्नु बेस' भन्ने विचार गरी लतमाया चुप लागिन् । शिव नारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै 'आज म छ्यास्नसम्म नछ्यासी छोड्दिनँ' भन्ने विचार गरी नानीथकुँलाई शिव नारानले नै बोलाए । दुई तीन बोलावटसम्मलाई नानीथकुँले वास्तै नगरीकन सुन्या नसुन्यै गरेकी थिइन् तर लगातार बोलाइ रहेपछि केही सिप नलागेर नानीथकुँ डराई डराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुँ तानकोठामा पुग्नासाथै शिव नारानले एटम बम छोडि हाले– "क्या हो, क्या हो यो ? डाक्टर गोदत्त प्रसाद दिनदिनै किन आइ रहेको, किन आउँछ, त्यो दिनदिनै ?"
"म के थाहा पाऊँ ?" बडो साहस गरेर नानीथकुँले भनिन् ।