Page:Ek chihan.pdf/80: Difference between revisions
→Not proofread: Created page with ""म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज गर्न आउँछ ?" | "म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा | ||
गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? | |||
भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको त्यो दिनहुँ इलाज गर्न | |||
आउँछ ?" | |||
नानीथकुँ एक शब्द बोलिनन् । शिव नारानले बोलेका कुरा भित्ताको | |||
मयूरले झैँ केवल सुनि रहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन | |||
नारान, हर्ष नारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले । | |||
उनीहरू आउँदा पनि शिव नारान कराइ नै रहेका थिए । एक छिन जिल्ल परेर | |||
पुन नारानले भने– "किन दाइ ! मामिला के छ ?" | |||
"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण फेला | "उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण | ||
फेला पर्यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्वाह गरिनन् ।" शिव नारानले | |||
रन्केर भने । | |||
"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी | "यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइ राख्न त | ||
हुँदैन । यो त म पनि सहन्नँ ।" पुन नारानले भने । | |||
"तिमी | "तिमी चाहन्छ्यौ भने हामी उहीसँग बिहे गराइ दिन सक्छौँ तर यसरी | ||
लुकी चोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्ष नारानले भने । | |||
कान्छो दाजु | कान्छो दाजु हर्ष नारानको कुरा सुनेर नानीथकुँलाई आश्वासन भयो । | ||
तर उनले शिव नारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै | |||
भौँतारिनु पर्यो– "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो | |||
डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइ दिन्छु ।" | |||
"तैपनि उनको पसन्दलाई हामीले | "तैपनि उनको पसन्दलाई हामीले हेर्नै पर्ला । स्वतन्त्रताको कदर गर्ने | ||
जमाना आइ सकेको छ ।" हर्ष नारानले फेरि भने । | |||
"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" | "तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई | ||
प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्ष नारानदेखि पनि अलि रिसाएर शिव | |||
नारानले भने । | |||
"युगको गति हेरेर मैले | "युगको गति हेरेर मैले भनि रहेको हुँ ।' | ||
"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र | "मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव | ||
इच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम | |||
गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि | |||
फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ, |
Latest revision as of 22:33, 22 June 2025
"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको त्यो दिनहुँ इलाज गर्न आउँछ ?"
नानीथकुँ एक शब्द बोलिनन् । शिव नारानले बोलेका कुरा भित्ताको मयूरले झैँ केवल सुनि रहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन नारान, हर्ष नारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले । उनीहरू आउँदा पनि शिव नारान कराइ नै रहेका थिए । एक छिन जिल्ल परेर पुन नारानले भने– "किन दाइ ! मामिला के छ ?"
"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण फेला पर्यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्वाह गरिनन् ।" शिव नारानले रन्केर भने ।
"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइ राख्न त हुँदैन । यो त म पनि सहन्नँ ।" पुन नारानले भने ।
"तिमी चाहन्छ्यौ भने हामी उहीसँग बिहे गराइ दिन सक्छौँ तर यसरी लुकी चोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्ष नारानले भने ।
कान्छो दाजु हर्ष नारानको कुरा सुनेर नानीथकुँलाई आश्वासन भयो । तर उनले शिव नारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै भौँतारिनु पर्यो– "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइ दिन्छु ।"
"तैपनि उनको पसन्दलाई हामीले हेर्नै पर्ला । स्वतन्त्रताको कदर गर्ने जमाना आइ सकेको छ ।" हर्ष नारानले फेरि भने ।
"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्ष नारानदेखि पनि अलि रिसाएर शिव नारानले भने ।
"युगको गति हेरेर मैले भनि रहेको हुँ ।'
"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव इच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ,