Page:Ek chihan.pdf/83: Difference between revisions
→Not proofread: Created page with "अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ ।..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अत्यन्त मसिनो पानी | अत्यन्त मसिनो पानी परि रहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर | ||
रसिला भइ रहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत | |||
मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जि रहेको छ । | |||
धरतीका रतिकहरूले गाएको गीतको गुञ्जन रूपी प्रवाहको बदला आकाशका | |||
बादलले वृष्टिदान गरी आदान प्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ | |||
गरि रहेको देखिन्छ । | |||
आज | आज शिव नारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न | ||
दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरि | |||
रहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरि रहेका छन् । शिव | |||
नारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको | |||
र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस | |||
फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि | |||
नेपालमा यस पालि सर्वप्रथम रोपाइँ नै शिव नारानको खेतमा हो भने पनि | |||
अत्युक्ति नहोला । | |||
रोपाइँमा ज्यादै आनन्द लागेको र | रोपाइँमा ज्यादै आनन्द लागेको र जाँड रक्सीको सुरले गर्दा एक छिन | ||
त नानीथकुँको मनमा वज्रलेप भएर टाँसि रहेको पिर पनि उप्केर गएको भान | |||
भयो । बस, यसै बखत रोपाहारहरूलाई पान सुपारी खुवाउने निहुँमा घनिष्ठता | |||
बढाउने आशा गरी डाक्टर गोदत्त प्रसाद पनि टुप्लुक्क आइ पुगे । लागछाडको | |||
रूपमा कहिले काहीँ अलि अलि पानी परि रहेको हुनाले गोदत्त प्रसाद छाता | |||
ओढेर आएका थिए । | |||
मस्तसित | मस्तसित जाँड रक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा | ||
बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइ रहेको बेला एकाएक पानसुपारी खुवाउन | |||
आएका डाक्टर गोदत्त प्रसादलाई देखेर नानीथकुँको निदाउन खोजि सकेको | |||
व्यथा एक चोटि फेरि जागेर आयो । | |||
डाक्टर | डाक्टर गोदत्त प्रसादलाई देख्नासाथ शिव नारानलाई रोपाइँको मस्तीमा | ||
पनि झडङ्ग रिस उठि सकेको थियो, तर लत्क्षणै उनलाई सभ्यताको पनि याद | |||
भएर आयो र केही वास्ता गरेनन् । | |||
डाक्टर | डाक्टर गोदत्त प्रसाद पान सुपारी खुवाउन आएको देखेर अरू | ||
खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पान सुपारी खुवाउन |
Latest revision as of 22:45, 22 June 2025
अत्यन्त मसिनो पानी परि रहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइ रहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जि रहेको छ । धरतीका रतिकहरूले गाएको गीतको गुञ्जन रूपी प्रवाहको बदला आकाशका बादलले वृष्टिदान गरी आदान प्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ गरि रहेको देखिन्छ ।
आज शिव नारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरि रहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरि रहेका छन् । शिव नारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि नेपालमा यस पालि सर्वप्रथम रोपाइँ नै शिव नारानको खेतमा हो भने पनि अत्युक्ति नहोला ।
रोपाइँमा ज्यादै आनन्द लागेको र जाँड रक्सीको सुरले गर्दा एक छिन त नानीथकुँको मनमा वज्रलेप भएर टाँसि रहेको पिर पनि उप्केर गएको भान भयो । बस, यसै बखत रोपाहारहरूलाई पान सुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी डाक्टर गोदत्त प्रसाद पनि टुप्लुक्क आइ पुगे । लागछाडको रूपमा कहिले काहीँ अलि अलि पानी परि रहेको हुनाले गोदत्त प्रसाद छाता ओढेर आएका थिए ।
मस्तसित जाँड रक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइ रहेको बेला एकाएक पानसुपारी खुवाउन आएका डाक्टर गोदत्त प्रसादलाई देखेर नानीथकुँको निदाउन खोजि सकेको व्यथा एक चोटि फेरि जागेर आयो ।
डाक्टर गोदत्त प्रसादलाई देख्नासाथ शिव नारानलाई रोपाइँको मस्तीमा पनि झडङ्ग रिस उठि सकेको थियो, तर लत्क्षणै उनलाई सभ्यताको पनि याद भएर आयो र केही वास्ता गरेनन् ।
डाक्टर गोदत्त प्रसाद पान सुपारी खुवाउन आएको देखेर अरू खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पान सुपारी खुवाउन