Jump to content

Page:Ek chihan.pdf/84: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइपुग्नाका साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे । डाक्टर गोदत्तप्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । चला..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइपुग्नाका साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे ।
आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइ पुग्नाका
साथसाथै उनीहरूले नाच्तै गाउँदै उनको खुब स्वागत गरे ।


डाक्टर गोदत्तप्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत गर्दै बडो गहिरो शुभेच्छा भाव देखाएर पानसुपारी बाँड्न थाले पानसुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, अनेक जातका खाने मसलाहरू सकेसम्म सफासुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा बेरिएका होइनन्; आठ-आठ पैसा जाने खुला बिरा; पानमा मगमग बास्ना आउने मसला पनि हाल्न लगाइएको थियो ।
डाक्टर गोदत्त प्रसाद आइ पुग्दा रोपाइँ झन्डै सिद्धिइ सकेकाले, अलि
कती मात्र बाँकी थियो । उनी चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त !  
आउना साथै रोपाइँ गरि रहेकाहरूलाई आफ्नो प्रसन्नताको चेहराले स्वागत  
गर्दै, बडो गहिरो शुभेच्छाको भाव देखाएर पान सुपारी बाँड्ने काम हरे पान
सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, भएभरका जातका खाने  
मसलाहरू सकेसम्म सफा सुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा  
बेरिएका होइनन्; आठ आठ पैसा जाने खुला बिरा थिए; पानमा मगमग बास्ना  
आउने मसला पनि हाल्न लगाइएको थियो ।


डाक्टर गोदत्तप्रसादले सबभन्दा पहिले शिवनारानलाई नै पान अर्पण गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिवनारानले पानसुपारी अँजुलीमा थापेर लिए । यस क्रियाले डाक्टर गोदत्तप्रसादलाई बडो सन्तोष र आनन्द भयो । अनि उनले शिवनारानको परिवारका अरू सदस्यलाई पनि यस्तै भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको हुनाले नानीथकुंको हात थाप्ने समय झन्डै बीचक्रममा परेको थियो । सबै परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्तप्रसादले खेतालाहरूलाई पनि त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए ।
डाक्टर गोदत्त प्रसादले सबभन्दा पहिले शिव नारानलाई नै पान अर्पण  
गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिव नारानले पान सुपारी अँजुलीमा  
थापेर लिए । यस क्रियाले डाक्टर गोदत्त प्रसादलाई बडो सन्तोष र आनन्द  
भयो । अनि उनले शिव नारानको परिवारका अरू सदस्यलाई पनि यस्तै  
भावनामा पान सुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको  
हुनाले नानीथकुँको हात थाप्ने समय झन्डै बीच क्रममा परेको थियो । सबै  
परिवारलाई बाँडि सकेपछि डाक्टर गोदत्त प्रसादले खेतालाहरूलाई पनि  
त्यत्तिकै श्रद्धा र स्नेहमा पान सुपारी बाँडेका थिए ।


रोपाइँको काम अन्तिम समयमा पुगिसकेको हुनाले त्यसबाट रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगिरहेको थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतारचढाउ, आरोहअवरोह अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढिरहेको थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकु‌ंले पनि हिलेपानी आकाशमा छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्तप्रसाद उभिइरहेको ठाउँमा हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्तप्रसाद हिलेपानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँडरक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्तप्रसाद
रोपाइँको काम अन्तिम समयमा पुगि सकेको हुनाले त्यसबाट  
रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगि रहेको
थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतार चढाउ, आरोह अवरोह
अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढि रहेको
थियो । यही चरम सीमामा पुगेको आवेशमा रोपाहारहरू हिले पानी आकाशमा  
छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकुँले पनि हिले पानी आकाशमा  
छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्त प्रसाद उभिइ रहेको ठाउँमा  
हिले पानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त
प्रसाद हिले पानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड
रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्त प्रसाद

Latest revision as of 22:51, 22 June 2025

This page has been proofread

आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइ पुग्नाका साथसाथै उनीहरूले नाच्तै गाउँदै उनको खुब स्वागत गरे ।

डाक्टर गोदत्त प्रसाद आइ पुग्दा रोपाइँ झन्डै सिद्धिइ सकेकाले, अलि कती मात्र बाँकी थियो । उनी चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! आउना साथै रोपाइँ गरि रहेकाहरूलाई आफ्नो प्रसन्नताको चेहराले स्वागत गर्दै, बडो गहिरो शुभेच्छाको भाव देखाएर पान सुपारी बाँड्ने काम हरे । पान सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, भएभरका जातका खाने मसलाहरू सकेसम्म सफा सुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा बेरिएका होइनन्; आठ आठ पैसा जाने खुला बिरा थिए; पानमा मगमग बास्ना आउने मसला पनि हाल्न लगाइएको थियो ।

डाक्टर गोदत्त प्रसादले सबभन्दा पहिले शिव नारानलाई नै पान अर्पण गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिव नारानले पान सुपारी अँजुलीमा थापेर लिए । यस क्रियाले डाक्टर गोदत्त प्रसादलाई बडो सन्तोष र आनन्द भयो । अनि उनले शिव नारानको परिवारका अरू सदस्यलाई पनि यस्तै भावनामा पान सुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको हुनाले नानीथकुँको हात थाप्ने समय झन्डै बीच क्रममा परेको थियो । सबै परिवारलाई बाँडि सकेपछि डाक्टर गोदत्त प्रसादले खेतालाहरूलाई पनि त्यत्तिकै श्रद्धा र स्नेहमा पान सुपारी बाँडेका थिए ।

रोपाइँको काम अन्तिम समयमा पुगि सकेको हुनाले त्यसबाट रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगि रहेको थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतार चढाउ, आरोह अवरोह अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढि रहेको थियो । यही चरम सीमामा पुगेको आवेशमा रोपाहारहरू हिले पानी आकाशमा छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकुँले पनि हिले पानी आकाशमा छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्त प्रसाद उभिइ रहेको ठाउँमा हिले पानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त प्रसाद हिले पानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्त प्रसाद