Page:Ek chihan.pdf/69: Difference between revisions
→Not proofread: Created page with "बिस डाक्टर गोदत्तप्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रञ्जनादेवीले नानीथकुंलाई बोलाउन पठाइन् । उनले सोचिन्- ‘नहुनुपर्ने कुरा भइरहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूस..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बिस | {{left|{{larger|'''बिस'''}}}} | ||
डाक्टर | डाक्टर गोदत्त प्रसाद अस्पताल गइ सकेपछि झटपट भात खाई रञ्जना | ||
देवीले नानीथकुँलाई बोलाउन पठाइन् । उनले सोचिन्– 'नहुनु पर्ने कुरा भइ | |||
रहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइ रहला, सुख | |||
अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो | |||
डढेलोमा सुकेका पात सल्केर गए झैँ जान सक्छ ।' यही सोच विचारको | |||
निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुँलाई बोलाउन पठाएकी हुन् । | |||
डाक्टर गोदत्त प्रसादको घरको कुकुर पनि नानीथकुँलाई देवता सिद्ध | |||
भइ रहेको थियो ! त्यसैले 'आउनू' भन्ने सन्देश पाउना साथ फाल हालेर | |||
नानीथकुँ डाक्टर गोदत्त प्रसादको घर पुगिन् । | |||
तुरुन्तै आइ दिँदा बडो खुसी भएर रञ्जना देवीले नानीथकुँलाई आफ्नो | |||
घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुँको मनमा अनेक तर्क वितर्क | |||
उठ्न थाल्यो । तर बाहिर बाहिर खुब समालेर उनी रञ्जना देवीसँगै हाँस्तै | |||
आफूलाई लगेको कोठामा गइन् । | |||
रञ्जना देवीले भनिन्– "नानीथकुँ ! तिमी त सिधासाधा किसानकी | |||
सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो ।" | |||
रञ्जना देवीको यो कुराले साँच्चीकै सिधीसोझी नानीथकुँ जिल्ल | |||
परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् । | |||
रञ्जना देवीले फेरि भनिन्– "किसानको जीवन वास्तवमा दुःखी भएर | |||
पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैँ तितोपनमा डुबि रहेको |
Latest revision as of 21:23, 22 June 2025
डाक्टर गोदत्त प्रसाद अस्पताल गइ सकेपछि झटपट भात खाई रञ्जना देवीले नानीथकुँलाई बोलाउन पठाइन् । उनले सोचिन्– 'नहुनु पर्ने कुरा भइ रहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइ रहला, सुख अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो डढेलोमा सुकेका पात सल्केर गए झैँ जान सक्छ ।' यही सोच विचारको निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुँलाई बोलाउन पठाएकी हुन् ।
डाक्टर गोदत्त प्रसादको घरको कुकुर पनि नानीथकुँलाई देवता सिद्ध भइ रहेको थियो ! त्यसैले 'आउनू' भन्ने सन्देश पाउना साथ फाल हालेर नानीथकुँ डाक्टर गोदत्त प्रसादको घर पुगिन् ।
तुरुन्तै आइ दिँदा बडो खुसी भएर रञ्जना देवीले नानीथकुँलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुँको मनमा अनेक तर्क वितर्क उठ्न थाल्यो । तर बाहिर बाहिर खुब समालेर उनी रञ्जना देवीसँगै हाँस्तै आफूलाई लगेको कोठामा गइन् ।
रञ्जना देवीले भनिन्– "नानीथकुँ ! तिमी त सिधासाधा किसानकी सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो ।"
रञ्जना देवीको यो कुराले साँच्चीकै सिधीसोझी नानीथकुँ जिल्ल परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् ।
रञ्जना देवीले फेरि भनिन्– "किसानको जीवन वास्तवमा दुःखी भएर पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैँ तितोपनमा डुबि रहेको