Page:Champa.pdf/18: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा | जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा | ||
तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी | तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी | ||
पहाडबाट यता झरेका | पहाडबाट यता झरेका ठालु, बेठालु,बुद्धू सबसँग राजासँग भएका | ||
कुरा जुँघाको ताउ लाउँदै सुनाउन लागे । रवाफ पनि बढ्यो । | कुरा जुँघाको ताउ लाउँदै सुनाउन लागे । रवाफ पनि बढ्यो । | ||
कमान्डचीफको पेवाको बन्दोबस्त उनले पाए । | |||
दुई चार यस्ता हात | दुई-चार चीज यस्ता हात लाउन पाए केको दुःख ए ! व्यापारमा | ||
भने | भने अघ्घोरै बाठा पो रान् बा नेवारहरू त नेपालका ! बाहुनहरूको | ||
के टिकाउ थियो र | के टिकाउ थियो र ! एउटा बाहुन सप्र्या देखिएन बा ! ग्वालियरमा भोटे | ||
वस्ताद गा जस्तो । | वस्ताद गा जस्तो । | ||
अब छोराछोरीहरूलाई | अब छोराछोरीहरूलाई अङ्ग्रेजी पढाएर दरबारमा | ||
घुसाउनुपर्छ । | घुसाउनुपर्छ । | ||
उनको जेठो छोरो उमाकान्त अधिकारीको बिहे भइसकेको | उनको जेठो छोरो उमाकान्त अधिकारीको बिहे भइसकेको | ||
थियो । पहाडी पोखरेलकी छोरी थिइन्, | थियो । पहाडी पोखरेलकी छोरी थिइन्, धम्मरधुस । तीनौटा पोइलाई | ||
फ्याँक्न | फ्याँक्न सक्ने अब । मापाकी ! चाकार्नीलाई ढुस्याएर तह लाउने अब । | ||
काम पनि भन्नै नपर्ने, | काम पनि भन्नै नपर्ने, स्वाइँस्वाइँ मस्यौटा, चाइँचाइँ जाँतो, | ||
भ्याङलाङभ्याङलाङ ढिक्की । तर रिस उठ्यो भने मार्न पनि बेर नलाउने । | |||
सासूलाई पनि | सासूलाई पनि नटेर्ने अब, त्यस्ती मापाकी बूढी । उमाकान्त अधिकारी | ||
त्रिचन्द्र कलेजमा विज्ञान पढ्दथे । माहिलो छोरो भीमकान्त अधिकारी | त्रिचन्द्र कलेजमा विज्ञान पढ्दथे । माहिलो छोरो भीमकान्त अधिकारी | ||
यस साल प्रवेशिका पास गर्ने | यस साल प्रवेशिका पास गर्ने भएका थियो । उनको पनि विहा भएको | ||
थियो । बुहारी ठूलाकी छोरी थिइन् । तर यति सुकुमारी, यति | थियो । बुहारी ठूलाकी छोरी थिइन् । तर यति सुकुमारी, यति पम्पा, | ||
बयान गरी नसक्नु । एक दिन मस्यौटो पिसे, तीन दिन थला पर्थिन् | बयान गरी नसक्नु । एक दिन मस्यौटो पिसे, तीन दिन थला पर्थिन् । | ||
साहिंला छोरो रामकान्तलाई प्रकृतिले अलि कम निगाह | साहिंला छोरो रामकान्तलाई प्रकृतिले अलि कम निगाह | ||
गरेकी थिइन् । उसको मुख केही | गरेकी थिइन् । उसको मुख केही बाङ्गो थियो । ओखरको बोटबाट | ||
लडेर बायाँ गालामा चार | लडेर बायाँ गालामा चार अङ्गुलको खत परेको थियो । मुखभरि | ||
मखिबुट्टे चायाँ, | मखिबुट्टे चायाँ, डन्डीफोर तथा चिरिएको चिउँडो, गाला लिपिक्क, हाड | ||
टङ्ग्रङ्ग, आँखा च्याँसे । तर अघोर ठाँटिनुपर्ने उनैलाई । | |||
प्राकृतिक आकर्षणको कमीको चेतले नौजवानलाई आत्माको | प्राकृतिक आकर्षणको कमीको चेतले नौजवानलाई आत्माको | ||
दोस्रो बोक्रो, परिधानतर्फ ज्यादा जोडदार आश्रय लिन लगाउँछ । | दोस्रो बोक्रो, परिधानतर्फ ज्यादा जोडदार आश्रय लिन लगाउँछ । | ||
रामकान्तको तलाश एक घण्टाको हुन्थ्यो । | रामकान्तको तलाश एक घण्टाको हुन्थ्यो । डन्डीफोरका चोसामा हेज्लिन |
Latest revision as of 17:15, 11 June 2025
फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी पहाडबाट यता झरेका ठालु, बेठालु,बुद्धू सबसँग राजासँग भएका कुरा जुँघाको ताउ लाउँदै सुनाउन लागे । रवाफ पनि बढ्यो । कमान्डचीफको पेवाको बन्दोबस्त उनले पाए ।
दुई-चार चीज यस्ता हात लाउन पाए केको दुःख ए ! व्यापारमा भने अघ्घोरै बाठा पो रान् बा नेवारहरू त नेपालका ! बाहुनहरूको के टिकाउ थियो र ! एउटा बाहुन सप्र्या देखिएन बा ! ग्वालियरमा भोटे वस्ताद गा जस्तो ।
अब छोराछोरीहरूलाई अङ्ग्रेजी पढाएर दरबारमा घुसाउनुपर्छ ।
उनको जेठो छोरो उमाकान्त अधिकारीको बिहे भइसकेको थियो । पहाडी पोखरेलकी छोरी थिइन्, धम्मरधुस । तीनौटा पोइलाई फ्याँक्न सक्ने अब । मापाकी ! चाकार्नीलाई ढुस्याएर तह लाउने अब । काम पनि भन्नै नपर्ने, स्वाइँस्वाइँ मस्यौटा, चाइँचाइँ जाँतो, भ्याङलाङभ्याङलाङ ढिक्की । तर रिस उठ्यो भने मार्न पनि बेर नलाउने । सासूलाई पनि नटेर्ने अब, त्यस्ती मापाकी बूढी । उमाकान्त अधिकारी त्रिचन्द्र कलेजमा विज्ञान पढ्दथे । माहिलो छोरो भीमकान्त अधिकारी यस साल प्रवेशिका पास गर्ने भएका थियो । उनको पनि विहा भएको थियो । बुहारी ठूलाकी छोरी थिइन् । तर यति सुकुमारी, यति पम्पा, बयान गरी नसक्नु । एक दिन मस्यौटो पिसे, तीन दिन थला पर्थिन् ।
साहिंला छोरो रामकान्तलाई प्रकृतिले अलि कम निगाह गरेकी थिइन् । उसको मुख केही बाङ्गो थियो । ओखरको बोटबाट लडेर बायाँ गालामा चार अङ्गुलको खत परेको थियो । मुखभरि मखिबुट्टे चायाँ, डन्डीफोर तथा चिरिएको चिउँडो, गाला लिपिक्क, हाड टङ्ग्रङ्ग, आँखा च्याँसे । तर अघोर ठाँटिनुपर्ने उनैलाई । प्राकृतिक आकर्षणको कमीको चेतले नौजवानलाई आत्माको दोस्रो बोक्रो, परिधानतर्फ ज्यादा जोडदार आश्रय लिन लगाउँछ । रामकान्तको तलाश एक घण्टाको हुन्थ्यो । डन्डीफोरका चोसामा हेज्लिन