Jump to content

Page:Champa.pdf/13: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"माक्क" शब्दउपर बूढाले यति जोड दिए कि चुनुले जिभ्रो  
'माक्क' शब्दउपर बूढाले यति जोड दिए कि चुनुले जिभ्रो  
निकालिन् । बुलुले आँखीभौँ खुम्चाएर भनिन्,"जाऊ मोरी !  
निकालिन् । बुलुले आँखीभौँ खुम्चाएर भनिन्,"जाऊ मोरी !  
कस्तो हेपेर गुच्छा पार्‍या ? फूलै पुग्या छैन, मोरी !" बुहारीहरु
कस्तो हेपेर गुच्छा पार्‍या ? फूलै पुग्या छैन, मोरी !" बुहारीहरू
विचार गर्दथे कि बूढाबूढीहरु एक किसिमका जीव हुन् जो ठिटीलाई  
विचार गर्दथे कि बूढाबूढीहरू एक किसिमका जीव हुन् जो ठिटीलाई  
हप्काउनु आफ्नो पवित्र कर्तव्य सम्झन्छन् । बैँसमा नठाँटिए कहिले  
हप्काउनु आफ्नो पवित्र कर्तव्य सम्झन्छन् । बैँसमा नठाँटिए कहिले  
त ? अँ, रेशम नलाए, सौता आइलागे भने नि ….. मोहनी त बैँसको  
त ? अँ, रेशम नलाए, सौता आइलागे भने नि, मोहनी त बैँसको  
धन हो । उनीहरु दुवैले बूढो मर्न लाग्या- फ्याउरोको काहानी  
धन हो । उनीहरू दुवैले बूढो, मर्न लाग्या फ्याउरोको काहानी  
सम्झे । फेरि जवान हुन पाए, कम हुन्थ्यौ बूढा ……. ? तिमी पनि उनको  
सम्झे । फेरि जवान हुन पाए, कम हुन्थ्यो बूढा… ? तिमी पनि उनको  
कुतकुते बैँस हरहमेशा श्रेष्ठताको भाव लिएर बूढ्याइँ नामको  
कुतकुते बैँस हरहमेशा श्रेष्ठताको भाव लिएर बूढ्याइँ नामको  
लबार पाँडेको नक्कल हेथ्र्यौ रीसले भन्दा चाखले । के अनौठा छिः ? …….
लबरपाँडेको नक्कल हेर्थ्यौ रीसले भन्दा चाखले । के अनौठा छिः ?  
छालामा त्यति मुजा पर्‍या ल, के विघ्न ? चञ्चल नानीको पिउनी जस्तो ……..
छालामा त्यति मुजा पर्‍या ल, के विघ्न ? चञ्चल नानीको पिउनीजस्तो…


बूढाले तब धेरै कुरा सम्झाउँदै बताए कि चम्पा नातिनी यस  
बूढाले तब धेरै कुरा सम्झाउँदै बताए कि चम्पा नातिनी यस  
साल विवाह गर्न सकिने उमेरमा पुगेकी थिइनन् । १/२ वर्ष  
साल विवाह गर्न सकिने उमेरमा पुगेकी थिइनन् । एक-दुई वर्ष  
हड्बडाउनुको जरुरत थिएन ।
हडबडाउनको जरुरत थिएन ।


बूढाले भने, "बिचरी कोपिलै छ, आँग फुकेकै छैन ।  
बूढाले भने, "बिचरी कोपिलै छ आँग फुकेकै छैन ।  
पिटिबक जान्न पराई घरमा ?"
पिटिक्क जान्न पराईघरमा ?"


बूढीको चित्त बुझेन त्यत्रो उमेर भैसक्यो । बहत्तर वर्ष  
बूढीको चित्त बुझेन- "त्यत्रो उमेर भैसक्यो । बहत्तर वर्ष  
थोरा हो ?.. अनि आफूलाई ज्यामराजले निम्तादिइसके । मौका आँउछ,  
थोरा हो ! अनि आफूलाई ज्यमराजले निम्ता दिइसके, मौका आँउछ,  
पर्खदैन । मुट्ठी फुक्यो, चरो उड्यो । गुमाउन हुने हो ?  
पर्खदैन । मुट्ठी फुक्यो, चरो उड्यो । गुमाउन हुने हो ?  
अचम्म ! यो साल कि नकसाल । बाह्र वर्ष थोरै हो त ? च्वाट्ट पर सरे,  
अचम्म ! यो साल कि नकसाल । बार्‍ह वर्ष थोरै हो त ! च्वाट्ट पर सरे,  
बिताएन ? कुनामा बसेकी छोरी भन्दैन दुनियाँले ? बाहुनको  
बिताएन ? कुनामा पसिसकेकी छोरी भन्दैन दुनियाँले ? बाहुनको  
घर पो त ! त्यत्तिको फेरि ठाउँ आउनु, सत्ययुग फर्कन्छ भन्या  
घर पो त ! त्यत्तिको फेरि ठाउँ आउनु, सत्ययुग फर्कन्छ भन्या  
जस्तो, एः ? ….. अनि कन्यादानको पुण्यलाई कत्रो बयान छ ! स्वर्गको यति  
जस्तो, एः ! अनि कन्यादानको पुण्यलाई कत्रो बयान छ ! स्वर्गको यति  
सजिलो बाटो होइन हुन्थ्यो, अहिले ? आफ्नो हृदयको सन्तोष  
सजिलो बाटो छोड्न हुन्थ्यो, अहिले ? आफ्नो हृदयको सन्तोष  
पनि त हो नि ! फेरि, जिइरहियो भने पनातिको मुख देख्न पाइने पनि  
पनि त हो नि ! फेरि, जिइरहियो भने पनातिको मुख देख्न पाइने पनि  
त सम्भावना थियो ।
त सम्भावना थियो ।"


घरेलु इजलासमा स्त्रीको वकालतलाई पुरुषको भाले  
घरेलु इजलासमा स्त्रीको वकालतलाई पुरुषको भाले  
जिभ्रोले जित्न सक्तैन । आँटेपछि उनीहरु भए गर्छन्, खुकुलो  
जिभ्रोले जित्न सक्तैन । आँटेपछि उनीहरू भए गर्छन्, खुकुलो  
भए जोड लगाउँछन्, नहुने भए रुन थाल्छन् । शान्तिभङ्ग एक आन्दोलन  
भए जोड लगाउँछन्, नहुने भए रुन थाल्छन् । शान्तिभङ्ग एक आन्दोलन  
असहयोगभन्दा कडा ।
छ असहयोगभन्दा कडा ।
{{nop}}
{{nop}}

Latest revision as of 15:57, 11 June 2025

This page has been proofread

'माक्क' शब्दउपर बूढाले यति जोड दिए कि चुनुले जिभ्रो निकालिन् । बुलुले आँखीभौँ खुम्चाएर भनिन्,"जाऊ मोरी ! कस्तो हेपेर गुच्छा पार्‍या ? फूलै पुग्या छैन, मोरी !" बुहारीहरू विचार गर्दथे कि बूढाबूढीहरू एक किसिमका जीव हुन् जो ठिटीलाई हप्काउनु आफ्नो पवित्र कर्तव्य सम्झन्छन् । बैँसमा नठाँटिए कहिले त ? अँ, रेशम नलाए, सौता आइलागे भने नि, मोहनी त बैँसको धन हो । उनीहरू दुवैले बूढो, मर्न लाग्या फ्याउरोको काहानी सम्झे । फेरि जवान हुन पाए, कम हुन्थ्यो बूढा… ? तिमी पनि उनको कुतकुते बैँस हरहमेशा श्रेष्ठताको भाव लिएर बूढ्याइँ नामको लबरपाँडेको नक्कल हेर्थ्यौ रीसले भन्दा चाखले । के अनौठा छिः ? छालामा त्यति मुजा पर्‍या ल, के विघ्न ? चञ्चल नानीको पिउनीजस्तो…

बूढाले तब धेरै कुरा सम्झाउँदै बताए कि चम्पा नातिनी यस साल विवाह गर्न सकिने उमेरमा पुगेकी थिइनन् । एक-दुई वर्ष हडबडाउनको जरुरत थिएन ।

बूढाले भने, "बिचरी कोपिलै छ । आँग फुकेकै छैन । पिटिक्क जान्न पराईघरमा ?"

बूढीको चित्त बुझेन- "त्यत्रो उमेर भैसक्यो । बहत्तर वर्ष थोरा हो ! अनि आफूलाई ज्यमराजले निम्ता दिइसके, मौका आँउछ, पर्खदैन । मुट्ठी फुक्यो, चरो उड्यो । गुमाउन हुने हो ? अचम्म ! यो साल कि नकसाल । बार्‍ह वर्ष थोरै हो त ! च्वाट्ट पर सरे, बिताएन ? कुनामा पसिसकेकी छोरी भन्दैन दुनियाँले ? बाहुनको घर पो त ! त्यत्तिको फेरि ठाउँ आउनु, सत्ययुग फर्कन्छ भन्या जस्तो, एः ! अनि कन्यादानको पुण्यलाई कत्रो बयान छ ! स्वर्गको यति सजिलो बाटो छोड्न हुन्थ्यो, अहिले ? आफ्नो हृदयको सन्तोष पनि त हो नि ! फेरि, जिइरहियो भने पनातिको मुख देख्न पाइने पनि त सम्भावना थियो ।"

घरेलु इजलासमा स्त्रीको वकालतलाई पुरुषको भाले जिभ्रोले जित्न सक्तैन । आँटेपछि उनीहरू भए गर्छन्, खुकुलो भए जोड लगाउँछन्, नहुने भए रुन थाल्छन् । शान्तिभङ्ग एक आन्दोलन छ असहयोगभन्दा कडा ।