Jump to content

Page:Champa.pdf/42: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले । एक दिन रमादेवीले थाहा पाइन् । धा..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले ।
उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे ।  
कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर  
स्नान गर्ने आदत बसाले ।


एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बाह्र बजे राति नुहाउन लागिरहेछ । यो के गजब ? रहेछ आफ्नो छोरो । हप्काइन् । बदमास ! उल्लू ! के गरिरहेको यस वेला ? उनी मरेकी थिइन् र ? माउसुलीले छोयो रे ! फटाहा ! अवश्य यसले देवीको साधन गर्न लागेकी हुनुपर्दछ ।
एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बार्‍ह
बजे राति नुहाउन लागिरहेछ । यो के गजव ! रहेछ आफ्नो छोरो ।  
हप्काइन्— "बदमाश ! उल्लु ! के गरिरहेको यस बेला ? उनी मरेकी  
थिइन् र ? माउसुलीले छोयो रे ? फटाहा ! अवश्य यसले देवीको  
साधना गर्न लागेको हुनुपर्दछ ।"


बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्, रामकान्तका निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो, कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो हाँसोको पहिलो भाग मात्र नानीको चमचमिलो चमकबाट छेडेर । बराबर मेनका नाचेझैँ वस्तुहरूको घरेलु वनमा नाचेर हिँड्दथ्यो । उसको लचक, उसको लोचन, ! उसको पुष्टता, हाँकदार विकचता । कति बेसरम सर्माइलो मिठास ! मानो मनुष्य उसको बागमा फूल थियो- शिखर सौन्दर्यमा- र त्यही रूपको पुनरुत्थान र अमरत्वको सङ्केतका निमित्त त्यसको पूर्ण आत्मविकाशका सजीव क्रिया चलिरहन्थे- मानो पुष्पवनमा ।
बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्,  
रामकान्तको निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो,  
कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो हाँसोको पहिलो  
बाग मात्र नानीको चमचमिलो चमकबाट छोडेर । बराबर मेनका  
नाचेझैं वस्तुहरुको घरेलु वनमा नाचेर हिँड्दथ्यो । उसको  
लचक, उसको लोचन, उसको पुष्टता हाँकदार विकचता । कति बेसरम  
रमाइलो मिठास ! मानौँ मनुष्य उसको बागमा फूल थिई— शिखर  
सौन्दर्यमा— र त्यही रुपको पुनरुत्पादन र अमरत्वको सङ्केतका  
निमित्त त्यसको पूर्ण आत्मविकासका सजीव क्रिया चलिरहन्थे— मानौँ
पुष्पवनमा ।


एक दिन रामकान्तले टेनिसनको एक कवितात्मक पङ्क्ति पढे, "एकबाजि प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा नपरेको हुनुभन्दा उत्तम छ ।"
एक दिन रामकान्तले टेनिसनको एक कवितात्मक पङ्क्ति पढे,  
"एकबाजि प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा  
नपरेको हुनुभन्दा उत्तम छ ।"


उनको भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे वैरागीहरूको फुस्रो आँसु यस दुनियाँको प्राकृत क्रियाउपर ! उनको अस्वाभाविक कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको स्पन्दनमै ब्रह्मबाट पनि संसार रचना भएन । प्रेम प्राकृत क्रिया हो । भालेपोथी, पोथीभाले यहाँभन्दा दुनियाँमा अर्को के छ ? ….. पशुपति-गुह्वेश्वरी-पशुपति लिङ्गदर्शन संसारको उच्चात्युच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति होइन- पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाका
उनका भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे "वैरागीहरूको  
फुस्रो आँसु यस दुनियाँको प्रकृतिक्रियाउपर ! उनको अस्वाभाविक  
कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको  
स्पन्दनमै ब्रह्माबाट पनि संसार रचना भएन । प्रेम प्रकृतक्रिया हो ।  
भाले–पोथी, पोथी-भाले यहाँभन्दा दुनियाँमा अर्को के छ ?  
…पशुपति–गुह्येश्वरी, गुह्येश्वरी–पशुपति । कि जाने
शङ्कराचार्यले जीवनको रहस्य कि जाने सिग्मन्ड फ्रायडले लिङ्ग
दर्शन संसारको उच्चातिउच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति  
होइन ? पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाको

Latest revision as of 10:23, 20 June 2025

This page has been proofread

उपनिषद् पढ्न लागे । साधुमहात्माको सभातर्फ जाने गर्न लागे । कम बोल्न लागे । उनले महात्मा गान्धीको जीवनका पाना पल्टाएर बराबर स्नान गर्ने आदत बसाले ।

एक दिन रमादेवीले थाहा पाइन् । धारामा गएर कोही मानिस बार्‍ह बजे राति नुहाउन लागिरहेछ । यो के गजव ! रहेछ आफ्नो छोरो । हप्काइन्— "बदमाश ! उल्लु ! के गरिरहेको यस बेला ? उनी मरेकी थिइन् र ? माउसुलीले छोयो रे ? फटाहा ! अवश्य यसले देवीको साधना गर्न लागेको हुनुपर्दछ ।"

बदमाश बैँस, जसलाई फेरि उनले कहिल्यै बोलाएनन्, रामकान्तको निमित्त कस्तो छापको ज्वालाजस्तो थियो । कति राम्रो, कति छिटो, कति मिठो ! आँखाले गिज्याउँथ्यो हाँसोको पहिलो बाग मात्र नानीको चमचमिलो चमकबाट छोडेर । बराबर मेनका नाचेझैं वस्तुहरुको घरेलु वनमा नाचेर हिँड्दथ्यो । उसको लचक, उसको लोचन, उसको पुष्टता हाँकदार विकचता । कति बेसरम रमाइलो मिठास ! मानौँ मनुष्य उसको बागमा फूल थिई— शिखर सौन्दर्यमा— र त्यही रुपको पुनरुत्पादन र अमरत्वको सङ्केतका निमित्त त्यसको पूर्ण आत्मविकासका सजीव क्रिया चलिरहन्थे— मानौँ पुष्पवनमा ।

एक दिन रामकान्तले टेनिसनको एक कवितात्मक पङ्क्ति पढे, "एकबाजि प्रेम गरेको हुनु र गुमाएको हुनु कहिले पनि प्रेममा नपरेको हुनुभन्दा उत्तम छ ।"

उनका भावनालहरी फेरि प्रेमतर्फ लहसिन लागे "वैरागीहरूको फुस्रो आँसु यस दुनियाँको प्रकृतिक्रियाउपर ! उनको अस्वाभाविक कामनिन्दा ! कामदेव नै संसारको सच्चा राजा हो जब प्रथम कामको स्पन्दनमै ब्रह्माबाट पनि संसार रचना भएन । प्रेम प्रकृतक्रिया हो । भाले–पोथी, पोथी-भाले यहाँभन्दा दुनियाँमा अर्को के छ ? …पशुपति–गुह्येश्वरी, गुह्येश्वरी–पशुपति । कि जाने शङ्कराचार्यले जीवनको रहस्य कि जाने सिग्मन्ड फ्रायडले । लिङ्ग दर्शन संसारको उच्चातिउच्च दर्शन हो । के हरेक मनुष्य यौनमूर्ति होइन ? पर्दाभित्र आत्मा भनेकै त्यही हो । जीवन संवर्द्धनको क्रियाको