Page:Shakuntala.pdf/150: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
अवनितिर | अवनितिर झरेकी रत्नको व्योम ज्योति । | ||
::पयर | ::पयर मधुर चल्ने फूलको झैं छ लोती ॥ | ||
मधुर | मधुर मधुर गिर्छन् मुस्किँदा चारु मोती । | ||
::तिनि चारु | ::अरुसरि तिनि छैनन् चारु सङ्कोचकी ती ॥ | ||
{{pcn|(५६)}} | {{pcn|(५६)}} | ||
अलि परतिर सर्ने मर्द देखेर सामु । | अलि परतिर सर्ने मर्द देखेर सामु । | ||
::प्रकृत शरमवाली कोपिला झैं खुला छन् ॥ | ::प्रकृत शरमवाली कोपिला झैं खुला छन् ॥ | ||
रँग चढ्दी कोपिला झैं सुगन्ध । | रँग सुमधुर चढ्दी कोपिला झैं सुगन्ध । | ||
::सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥ | ::सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥ | ||
{{pcn|(५७)}} | {{pcn|(५७)}} | ||
डर छ भ्रमर बस्ला चट्ट काहीँ भनेर । | डर छ भ्रमर बस्ला चट्ट काहीँ भनेर । | ||
::छिन घिन | ::छिन घिन मृदु गाला छोप्दछिन् ती नुहेर ॥ | ||
शिर रससित कान यौटा उचाली । | शिर रससित कर्के, कान यौटा उचाली । | ||
::छिन छिन अलि छोपी छैन झैं भान पारी ॥ | ::छिन छिन अलि छोपी छैन झैं भान पारी ॥ | ||
{{pcn|(५८)}} | {{pcn|(५८)}} | ||
अलिकति पर | अलिकति पर सर्दी फेरि झस्केर छर्दी । | ||
::अलक अनि 'कहाँ गो' | ::अलक अनि 'कहाँ गो' झैं भनी चट्ट हेर्दी ॥ | ||
मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन् । | मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन् । | ||
::नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन् ॥ | ::नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन् ॥ | ||
Line 36: | Line 36: | ||
::हृदयज-जल जस्ता भावना छाल पोखी ॥ | ::हृदयज-जल जस्ता भावना छाल पोखी ॥ | ||
विपिन कुसुम-पोस्ने देवकन्यासमान । | विपिन कुसुम-पोस्ने देवकन्यासमान । | ||
::उपवनकन | ::उपवनकन दिन्थिन् स्वर्गको चारु भान ॥ | ||
{{pcn|(६०)}} | {{pcn|(६०)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 15:02, 29 April 2025
कवि-हृदय रसीली ज्योति जस्ती सजीव ।
अरुण सुमन-गाला वल्लरी लोल चाला ॥
मदनकि बहिनी झैं, ती उषाकी सँगी छन् ।
अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥
(५५)
अवनितिर झरेकी रत्नको व्योम ज्योति ।
पयर मधुर चल्ने फूलको झैं छ लोती ॥
मधुर मधुर गिर्छन् मुस्किँदा चारु मोती ।
अरुसरि तिनि छैनन् चारु सङ्कोचकी ती ॥
(५६)
अलि परतिर सर्ने मर्द देखेर सामु ।
प्रकृत शरमवाली कोपिला झैं खुला छन् ॥
रँग सुमधुर चढ्दी कोपिला झैं सुगन्ध ।
सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥
(५७)
डर छ भ्रमर बस्ला चट्ट काहीँ भनेर ।
छिन घिन मृदु गाला छोप्दछिन् ती नुहेर ॥
शिर रससित कर्के, कान यौटा उचाली ।
छिन छिन अलि छोपी छैन झैं भान पारी ॥
(५८)
अलिकति पर सर्दी फेरि झस्केर छर्दी ।
अलक अनि 'कहाँ गो' झैं भनी चट्ट हेर्दी ॥
मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन् ।
नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन् ॥
(५९)
जलभृत घट बस्दा लच्किएका कटी ती ।
छचल जल छचल्की झल्किएकी छचल्का ॥
तरुण रस ककल् कल् फूलका बोट पोषी ।
हृदयज-जल जस्ता भावना छाल पोखी ॥
विपिन कुसुम-पोस्ने देवकन्यासमान ।
उपवनकन दिन्थिन् स्वर्गको चारु भान ॥
(६०)