Jump to content

Page:Shakuntala.pdf/125: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
“मञ्जरी- सुम -रुद्ध भै गला ।
मञ्जरी-कुसुम-रुद्ध भै गला ।
::कि भन कण्ठकोकिला ?
::मूकि छौ कि भन कण्ठकोकिला ?
या पुगेर मृदुबैस सुन्तला !
या फुलेर मृदुबैंस सुन्तला !
::खोज्छ भैँवरा. सुमञ्जुला ?
::खोज्छ प्रेम भँवरा सुमञ्जुला ?
के छ उत्तर खुला शकुन्तला ?"
के छ उत्तर खुला शकुन्तला ?"
{{pcn|(२३)}}
{{pcn|(२३)}}
Line 13: Line 13:
::लाम्चिईकन कुना विमोहन ॥
::लाम्चिईकन कुना विमोहन ॥
रोक्न कोशिश गरेर मुस्मुस ।
रोक्न कोशिश गरेर मुस्मुस ।
::पालुवा ओठ क्रमका विकासले ॥
::चारु ओठ क्रमका विकासले ॥
पालुवासरि प्रवालका ॥ ५
पालुवासरि प्रवालका खुले ।
::बक कपोल क जोन भै फुले ॥
::ती कपोल कलि लाल भै फुले ॥
मुहारमा ।
रेखियो मधुरता मुहारमा ।
::आखिभी अव उचालिँदा चले ॥
::आँखिभौँ अव उचालिँदा चले ॥
वक्र लोचन बनेर हट्ने
वक्र लोचन बनेर दृष्टिले
::चारु उत्तर कुरै फुले॥
::चारु उत्तर दिइन् कुरै फुले ॥
{{pcn|(२४)}}
{{pcn|(२४)}}


थप्दछिन्‌ तब प्रियम्वदा त्यहाँ ।
थप्दछिन्‌ तब प्रियम्वदा त्यहाँ ।
::"क्र्या फुली मृदुलता लतासरि ।
::"क्या फुली मृदुलता लतासरि ।
लाज फुल्छ लिन लाल माधुरी ।
लाज फुल्छ लिन लाल माधुरी ।
::एक डाकन मिनिन्द सुन्दरी ॥”
::एक डाकन मिलिन्द सुन्दरी ॥"
{{pcn|(२५)}}
{{pcn|(२५)}}


आँखिभौँ मृदुलरेख(वुनिचिदी ॥
आँखिभौँ मृदुलरेख खुम्चिँदी ।
::लाजसाध चट्ट फर्किँदी
::लाजसाथ अलि चट्ट फर्किंदी
त्यो अशोक तरुलाइ ककिँदी
त्यो अशोक तरुलाइ कर्किंदी
::अप्रसन्नगनसाथ तकिँदी
::अप्रसन्नपनसाथ तर्किंदी
छन्‌ खडा अलि घडा छचल्किँदी ।
छन्‌ खडा अलि घडा छचल्किँदी ।
::बैंसको ढलकसाघ ढल्किँदी ॥
::बैंसको ढलकसाघ ढल्किँदी ॥
मैघका विपिनबीचकी कला ।
मेघका विपिनबीचकी कला ।
::वारुणी मधुरता शकुन्तला ॥
::वारुणी मधुरता शकुन्तला ॥
{{pcn|(२६)}}
{{pcn|(२६)}}


</poem>}}
</poem>}}

Latest revision as of 15:06, 6 March 2025

This page has been proofread

मञ्जरी-कुसुम-रुद्ध भै गला ।
मूकि छौ कि भन कण्ठकोकिला ?
या फुलेर मृदुबैंस सुन्तला !
खोज्छ प्रेम भँवरा सुमञ्जुला ?
के छ उत्तर खुला शकुन्तला ?"
(२३)

मुस्कुराउँछ विनम्र लोचन ।
तेज चढ्छ, बिजुली कि मोहन ?
भाव झल्किन गई छुँदो मन ।
लाम्चिईकन कुना विमोहन ॥
रोक्न कोशिश गरेर मुस्मुस ।
चारु ओठ क्रमका विकासले ॥
पालुवासरि प्रवालका खुले ।
ती कपोल कलि लाल भै फुले ॥
रेखियो मधुरता मुहारमा ।
आँखिभौँ अव उचालिँदा चले ॥
वक्र लोचन बनेर दृष्टिले ।
चारु उत्तर दिइन् कुरै फुले ॥
(२४)

थप्दछिन्‌ तब प्रियम्वदा त्यहाँ ।
"क्या फुली मृदुलता लतासरि ।
लाज फुल्छ लिन लाल माधुरी ।
एक डाकन मिलिन्द सुन्दरी ॥"
(२५)

आँखिभौँ मृदुलरेख खुम्चिँदी ।
लाजसाथ अलि चट्ट फर्किंदी ॥
त्यो अशोक तरुलाइ कर्किंदी ।
अप्रसन्नपनसाथ तर्किंदी ॥
छन्‌ खडा अलि घडा छचल्किँदी ।
बैंसको ढलकसाघ ढल्किँदी ॥
मेघका विपिनबीचकी कला ।
वारुणी मधुरता शकुन्तला ॥
(२६)