Page:Shakuntala.pdf/123: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
::हुरी वहाँ बन्दछ खालि कोमल ॥ | ::हुरी वहाँ बन्दछ खालि कोमल ॥ | ||
बन्दो छ दाना खँदिलो जहाँ तल । | बन्दो छ दाना खँदिलो जहाँ तल । | ||
:: | ::उम्रीरहेछन् जल झ्याउ चल्मल ॥ | ||
विचित्र छन् जन्तु जहाँ सुशीतल । | विचित्र छन् जन्तु जहाँ सुशीतल । | ||
::ती | ::ती पीङका सुन्दरता सफा सफा ॥ | ||
पानी भरेका मृदु कोमल । | पानी भरेका मृदु दाँत कोमल । | ||
::लिएर मृदु बैंसका फल ॥ | ::लिएर मुस्के मृदु बैंसका फल ॥ | ||
सौन्दर्यको वन्यमा तल । | सौन्दर्यको वारिधि वन्यमा तल । | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
Line 25: | Line 24: | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
जहाँ शाशीको छवि टाकुरा । | जहाँ शाशीको छवि हुन्छ टाकुरा । | ||
::सेतो उज्यालो शरद् सफा ॥ | ::सेतो उज्यालो हिउँका शरद् सफा ॥ | ||
ती भाल हुन् कोमल, कर्ण-कन्दरा । | ती भाल हुन् कोमल, कर्ण-कन्दरा । | ||
::ती केश हुन् कृष्णलता | ::ती केश हुन् कृष्णलता हराभरा ॥ | ||
गला त्यही हो जुन छन् त्यहाँ | गला त्यही हो जुन छन् त्यहाँ चरा । | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
श्रीकृष्णले सुन्दर बैंस चालको । | श्रीकृष्णले सुन्दर बैंस चालको । | ||
:: | ::हेरूँ भनी चारु खुलस्त माधुरी ॥ | ||
लुकेर | लुकेर वृन्दावनबीच झाँगमा । | ||
::देखिनेछन् मृदु गोपिनीहरू ॥ | ::जो देखिनेछन् मृदु गोपिनीहरू ॥ | ||
</poem>}} | </poem>}} | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 21:33, 5 March 2025
विशाल वक्षस्थलमा छचल्किँदा ।
बनेर राम्रो सपना जलैजल ॥
हवा तथा स्वर्ग प्रकाशमा चल ।
कुँदिन्छ छल्छल् जल छालले छुँदा ॥
सफेद मोती लिइ स्पर्श कोमल ।
सिपीहरूमा ध्वनि मात्रको बल ॥
पसेर रेखा दिन जान्छ मञ्जुल ।
हुरी वहाँ बन्दछ खालि कोमल ॥
बन्दो छ दाना खँदिलो जहाँ तल ।
उम्रीरहेछन् जल झ्याउ चल्मल ॥
विचित्र छन् जन्तु जहाँ सुशीतल ।
ती पीङका सुन्दरता सफा सफा ॥
पानी भरेका मृदु दाँत कोमल ।
लिएर मुस्के मृदु बैंसका फल ॥
सौन्दर्यको वारिधि वन्यमा तल ।
(१५)
जहाँ छ फुल्दी नलिनी लिई दल ।
सलक्क बान्कीसित छाल कोमल ॥
देखाउँदै मोहन सृष्टि मञ्जुल ।
त्यो ठाउँ हो नाक निधारको तल ॥
(१६)
जहाँ शाशीको छवि हुन्छ टाकुरा ।
सेतो उज्यालो हिउँका शरद् सफा ॥
ती भाल हुन् कोमल, कर्ण-कन्दरा ।
ती केश हुन् कृष्णलता हराभरा ॥
गला त्यही हो जुन छन् त्यहाँ चरा ।
(१७)
श्रीकृष्णले सुन्दर बैंस चालको ।
हेरूँ भनी चारु खुलस्त माधुरी ॥
लुकेर वृन्दावनबीच झाँगमा ।
जो देखिनेछन् मृदु गोपिनीहरू ॥