Page:Shakuntala.pdf/122: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
घडा लिएका वनमा सुरा भरी । | घडा लिएका वनमा सुरा भरी । | ||
::खन्याउँदा लच्लच अङ्ग माधुरी ॥ | ::खन्याउँदा लच्लच अङ्ग माधुरी ॥ | ||
कुलो र राम्रो रँग, बोटका जरा । | |||
::भिजाउँदै ती मदिरा छरीबरी ॥ | ::भिजाउँदै ती मदिरा छरीबरी ॥ | ||
जो | जो रश्मिमा रङ्ग हुँदो छिरीबिरी । | ||
::बनेर उक्लिन्छ नशा भरी भरी ॥ | ::बनेर उक्लिन्छ नशा भरी भरी ॥ | ||
त्यस्ता परीका रसपूर्ण ती घडा । | त्यस्ता परीका रसपूर्ण ती घडा । | ||
::कटी झिना लच्किनुले छचल्किँदा ॥ | ::कटी झिना लच्किनुले छचल्किँदा ॥ | ||
दायाँ बनी सुन्दर | दायाँ बनी सुन्दर बैंस ढल्किँदा । | ||
::बाङ्गो बनाई अलि चाल माधुरी ॥ | ::बाङ्गो बनाई अलि चाल माधुरी ॥ | ||
देखीरहेको कवि मुग्ध पर्दछ । | देखीरहेको कवि मुग्ध पर्दछ । | ||
Line 17: | Line 17: | ||
वर्षासुता बादलसूतका तनु । | वर्षासुता बादलसूतका तनु । | ||
::पोखेर जाग्छन् घटबाट जो झरी ॥ | ::पोखेर जाग्छन् घटबाट जो झरी ॥ | ||
वनस्पति प्रस्फुट भाव- | वनस्पति प्रस्फुट भाव-माधुरी । | ||
::त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥ | ::त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥ | ||
लिएर गर्दो कविता | लिएर गर्दो कविता थरी थरी । | ||
::देखीरहेको छ त्यहाँ सफा जल ॥ | ::देखीरहेको छ त्यहाँ सफा जल ॥ | ||
काला कुना बीच झलल्ल चञ्चल । | काला कुना बीच झलल्ल चञ्चल । | ||
::भौँ त्यो उचालिन्छ मिही बराबर ॥ | ::भौँ त्यो उचालिन्छ मिही बराबर ॥ | ||
ठट्टाहरूले शिर हिल्छ सुन्दर । | |||
::मसक्क मस्किन्छ लचक्क भै | ::मसक्क मस्किन्छ लचक्क भै उर ॥ | ||
ढलक्क | ढलक्क ढल्कीकन फेरि मञ्जुल । | ||
::घलल्ल घल्चा जल चल्दछन् तल ॥ | ::घलल्ल घल्चा जल चल्दछन् तल ॥ | ||
मानो त्यहाँ छन् जलका परीहरू । | मानो त्यहाँ छन् जलका परीहरू । | ||
::जो बस्दछन् बादल बाग शीतल ॥ | ::जो बस्दछन् बादल बाग शीतल ॥ | ||
भिजाउने, कुञ्ज हरा गराउने । | भिजाउने, कुञ्ज हरा गराउने । | ||
::लिएर | ::लिएर पुष्पाऽमृतका घडाजल ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 21:22, 5 March 2025
देख्दो छ कोही कवि बागमा हरा ।
परीहरू चञ्चल चारु लोचनी ॥
घडा लिएका वनमा सुरा भरी ।
खन्याउँदा लच्लच अङ्ग माधुरी ॥
कुलो र राम्रो रँग, बोटका जरा ।
भिजाउँदै ती मदिरा छरीबरी ॥
जो रश्मिमा रङ्ग हुँदो छिरीबिरी ।
बनेर उक्लिन्छ नशा भरी भरी ॥
त्यस्ता परीका रसपूर्ण ती घडा ।
कटी झिना लच्किनुले छचल्किँदा ॥
दायाँ बनी सुन्दर बैंस ढल्किँदा ।
बाङ्गो बनाई अलि चाल माधुरी ॥
देखीरहेको कवि मुग्ध पर्दछ ।
र कल्पना देख्दछ व्योमका परी ॥
वर्षासुता बादलसूतका तनु ।
पोखेर जाग्छन् घटबाट जो झरी ॥
वनस्पति प्रस्फुट भाव-माधुरी ।
त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥
लिएर गर्दो कविता थरी थरी ।
देखीरहेको छ त्यहाँ सफा जल ॥
काला कुना बीच झलल्ल चञ्चल ।
भौँ त्यो उचालिन्छ मिही बराबर ॥
ठट्टाहरूले शिर हिल्छ सुन्दर ।
मसक्क मस्किन्छ लचक्क भै उर ॥
ढलक्क ढल्कीकन फेरि मञ्जुल ।
घलल्ल घल्चा जल चल्दछन् तल ॥
मानो त्यहाँ छन् जलका परीहरू ।
जो बस्दछन् बादल बाग शीतल ॥
भिजाउने, कुञ्ज हरा गराउने ।
लिएर पुष्पाऽमृतका घडाजल ॥
(१४)