Jump to content

Page:Shakuntala.pdf/107: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
{{center block|
{{center block|
<poem>
<poem>
छुटे सबै पदाति ती, पछाड़ि अश्व पर्दछन् ।
छुटे सबै पदाति ती, पछाड़ अश्व पर्दछन् ।
::सवेग अश्व चार छन् रथाधिरूढ़ बढ्दछन् ॥
::सवेग अश्व चार छन् रथाधिरूढ बढ्दछन् ॥
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक ।
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक ।
::हजार वृष्टि आँधिका हजार पड्ख वादक ॥
::हजार वृष्टि आँधिका हजार पङ्ख वादक ॥
{{pcn|(१)}}
{{pcn|(१)}}


खुला छ मार्ग यानको शिला छरेर खड्खड़े
खुला छ मार्ग यानको शिला छरेर खड्खडे
::शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कड़े
::शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कडे
घरर्र चार चक्र ती बने गुडेर गड्गड़े
घरर्र चार चक्र ती बने गुडेर गड्गडे
::थरर्र बन्द घच्छचा रथै समस्त हड्बड़े
::थरर्र बन्छ घच्घचा रथै समस्त हड्बडे
{{pcn|(२)}}
{{pcn|(२)}}


चरा अनेक चिर्बिरे फर्र पड्ख छिर्गिरे
चरा अनेक चिर्बिरे फरर्र पङ्ख छिर्बिरे
::हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥
::हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे ।
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे ।
::दगुर्छ यान धर्थरे लिएर मार्ग धरधरी
::दगुर्छ यान थर्थरे लिएर मार्ग धर्धरे
{{pcn|(३)}}
{{pcn|(३)}}


विशालमा उडान ली दिएर दृष्टि नीडमा ।
विशालमा उडान ली दिएर दृष्टि नीडमा ।
::भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥
::भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥
अनेक पड्खका मजा उड़ी, बही, धकेलिंदै
अनेक पङ्ख मजा उडी, बही, धकेलिँदै
::सवेग हानिंदै लिने चरा सुनेर भीत भैं
::सवेग हानिँदै लिने चरा सुनेर भीत भै
अवश्य लौ विपद् परे भनी डराउँदे भरे
अवश्य लौ विपद् परे भनी डराउँदै झरे
::बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ॥
::बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ॥
{{pcn|(४)}}
{{pcn|(४)}}
</poem>
</poem>
}}
}}

Latest revision as of 18:16, 4 March 2025

This page has been proofread
एकादश सर्ग
(पञ्चचामर)

छुटे सबै पदाति ती, पछाड़ अश्व पर्दछन् ।
सवेग अश्व चार छन् रथाधिरूढ बढ्दछन् ॥
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक ।
हजार वृष्टि आँधिका हजार पङ्ख वादक ॥
(१)

खुला छ मार्ग यानको शिला छरेर खड्खडे ।
शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कडे ।
घरर्र चार चक्र ती बने गुडेर गड्गडे ।
थरर्र बन्छ घच्घचा रथै समस्त हड्बडे ।
(२)

चरा अनेक चिर्बिरे फरर्र पङ्ख छिर्बिरे ।
हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे ।
दगुर्छ यान थर्थरे लिएर मार्ग धर्धरे ॥
(३)

विशालमा उडान ली दिएर दृष्टि नीडमा ।
भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥
अनेक पङ्ख मजा उडी, बही, धकेलिँदै ।
सवेग हानिँदै लिने चरा सुनेर भीत भै ॥
अवश्य लौ विपद् परे भनी डराउँदै झरे ।
बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ॥
(४)