Jump to content

Page:Shakuntala.pdf/108: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
“अडा" भनेर कीर्तिमान्‌ यताउती निहार्दछन्‌ ।
"अडा" भनेर कीर्तिमान्‌ यताउती निहार्दछन्‌ ।
::खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन्‌ ॥
::खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन्‌ ॥
लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन्‌ ।
लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन्‌ ।
::अधीर चाल टापले अगाडि सुस्त बढ्दछन्‌ ॥
::अधीर चाल टापले अगाडि सुस्त बढ्दछन्‌ ॥
लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर ।
लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर ।
::सफेद दाँत बाउँछन्‌ पछाडि याल फर्किँदा
::सफेद दाँत बाउँछन्‌ पछाडि याल फर्किंदा
अगाडि टाप वेगका उठूँ भनी उचालिँदा ।
अगाडि टाप वेगका उठूँ भनी उचालिँदा ।
::पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥
::पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥
{{pcn|(५)}}
{{pcn|(५)}}


नजीक भट्ट देखियो सशङ्ग मिर्ग सुन्दर ।
नजीक झट्ट देखियो सशङ्ग मिर्ग सुन्दर ।
::सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥
::सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥
सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर ।
सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर ।
::टिपी मुना रमाउँदो मिठासदार फीँजले
::टिपी मुना रमाउँदो मिठासदार फींजले
सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले ।
सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले ।
::सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥
::सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥
Line 21: Line 21:
उचाल्छ कान दीर्घ ती फरक्क फर्किईकन ।
उचाल्छ कान दीर्घ ती फरक्क फर्किईकन ।
::चपाउँदै गरी गरी मुनाहरू बराबर ॥
::चपाउँदै गरी गरी मुनाहरू बराबर ॥
सत्रास फेरि फर्कदो, भुलेर दाँत सत्वर ।
सत्रास फेरि फर्कंदो, भुलेर दाँत सत्वर ।
::अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥
::अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥
खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शार
खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शर
::बुझेर तर्सिई झन्यो फरक्क त्यो तलैतिर ॥
::बुझेर तर्सिई झर्यो फरक्क त्यो तलैतिर ॥
{{pcn|(६)}}
{{pcn|(६)}}


“सवेग हाँक्‌” भनी त्यहाँ पछाडि दृष्टि जो दिने ।
"सवेग हाँक्‌” भनी त्यहाँ पछाडि दृष्टि जो दिने ।
::लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥
::लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥
चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ ।
चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ ।
::सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥
::सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥
सवेग अश्व कामका चढेर पुष्पमार्गले। .
सवेग अश्व कामका चढेर पुष्पमार्गले ।
::सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥
::सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥
{{pcn|(७)}}
{{pcn|(७)}}


</poem>}}
</poem>}}

Latest revision as of 18:22, 4 March 2025

This page has been proofread

"अडा" भनेर कीर्तिमान्‌ यताउती निहार्दछन्‌ ।
खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन्‌ ॥
लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन्‌ ।
अधीर चाल टापले अगाडि सुस्त बढ्दछन्‌ ॥
लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर ।
सफेद दाँत बाउँछन्‌ पछाडि याल फर्किंदा ॥
अगाडि टाप वेगका उठूँ भनी उचालिँदा ।
पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥
(५)

नजीक झट्ट देखियो सशङ्ग मिर्ग सुन्दर ।
सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥
सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर ।
टिपी मुना रमाउँदो मिठासदार फींजले ॥
सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले ।
सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥
पुलुक्क हेर्छ व्योममा, फरक्क घुम्छ पुच्छर ।
सभीति पार्शवदृष्टिले चटक्क अड्छ चर्बण ॥
उचाल्छ कान दीर्घ ती फरक्क फर्किईकन ।
चपाउँदै गरी गरी मुनाहरू बराबर ॥
सत्रास फेरि फर्कंदो, भुलेर दाँत सत्वर ।
अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥
खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शर ।
बुझेर तर्सिई झर्यो फरक्क त्यो तलैतिर ॥
(६)

"सवेग हाँक्‌” भनी त्यहाँ पछाडि दृष्टि जो दिने ।
लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥
चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ ।
सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥
सवेग अश्व कामका चढेर पुष्पमार्गले ।
सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥
(७)